कोरोना खोप लगाउन मान्दैनन् चेपाङ
२९ पौष २०७८
•
५ मिनेट पाठ
कोरोना खोप लगाउन मान्दैनन् चेपाङ
कोरोनाको तेस्रो लहर सुरु हुँदासमेत अल्पसङ्ख्यक समुदायका रूपमा रहेको चेपाङ समुदाय खोप लगाउन मान्दैनन्। जिल्लामा बसोबास गर्ने चेपाङ समुदायले खासै कोभिड खोपमा चासो नदिने गरेको पाइएको छ। जिल्लाका सात पालिकामध्ये छ पालिकामा चेपाङ्ग समुदायको बसोबास छ।




जिल्लाको इच्छाकामना गाउँपालिका तथा कालिका, राप्ती, खैरहनी, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चेपाङको बसोबास रहेको छ। यी पालिकामा विसं २०६८ सालको जनगणनाअनुसार २८ हजार ९८९ चेपाङको बसोबास रहेको छ। त्यसमध्ये अहिलेसम्म छ हजार ३२७ अर्थात २१ दशमलव ८२ प्रतिशत चेपाङले कोरोनाविरुद्धको खोप लगाएका छन्। जिल्लामा रहेका सात पालिकामध्ये राप्तीमा दुई हजार ७०० चेपाङले खोप लगाएका छन्।

राप्ती नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेकाअनुसार वडा नम्बर १०, ११, १२ र १३ मा चेपाङ समुदायको बाहुल्यता छ। ती वडामा ९० प्रतिशत चेपाङ समुदायको बसोबास रहेको र ती वडामा १८ वर्षमाथिका मात्र आठ हजारले खोप लगाउनुपर्ने हो।

चेपाङ समुहदायमा सानो उमेरमा नै विवाह गर्ने परिपाटिका कारण खोप लगाउनेको सङ्ख्या कम भएको हुनसक्ने उनको भनाइ छ। अठार वर्षमुनिका बालबालिकालाई खोप लगाउँदा कस्तो परिणाम आउँछ त्यसमा भर पर्ने उनले बताए। उनले भने, 'यस समुदायमा सानो उमेरमा नै विवाह गर्ने प्रचलन छ, १८ वर्षमुनिकालाई खोप लगाउने क्रममा कस्तो सहभागिता रहन्छ हेरौँ।'

कालिका नगरपालिकामा तीन हजार ८९ चेपाङ समुदायले खोप लगाएका छन्। यस पालिकाको वडा नम्बर ९, १० र ११ मा चेपाङ समुदायको बसोबास छ। यहाँ पहाडी क्षेत्र र खोप केन्द्रभन्दा टाढा बसोबास भएका केन्द्रसम्म आउनसमेत नखोजेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले जानकारी दिए।

भण्डारीकाअनुसार स्थानीय तहमा रहेका चेपाङ समुदायले खोप किन आवश्यक पर्छ भन्नेजस्ता कुराहरु गर्ने गरेका छन्। उनले भने 'पहाडी क्षेत्रमा बसोबास गर्नेले कहीँ जानु छैन भन्दै खोप लगाउन नमान्ने गरेका छन्।' यस्तै इच्छाकामना गाउँपालिकाको सबैजसो वडामा चेपाङ समुदायको बसोबास रहेको छ। विशेष गरी वडा नम्बर १, २ र ६ मा चेपाङ समुदायको बसोबास छ। ती बसोबास रहेको क्षेत्रबाट दुई हजार ३५० ले कोरोनाको खोप लगाएका छन्। 

यस पालिकामा १८ हजारभन्दा बढीले खोप लगाएको स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाले जानकारी दिए। सापकोटाका अनुसार उमेरअनुसार खोप लगाउने क्रममा अब सो सङ्ख्या बढ्ने छ। चेपाङ समुदायको बस्ती विकटमा हुने र त्यस क्षेत्रबाट खोप केन्द्रसम्म आउनसमेत नखोज्ने गरेका कारण सङ्ख्या कम भएको हो।

यस्तै खैरहनी नगरपालिकामा ३५० ले कोरोनाविरुद्धको खोप लगाएका छन्। पालिकाका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीकाअनुसार यस पालिकामा रहेका ८५ प्रतिशतले खोप लगाएकामा सो सङ्ख्यामा चेपाङ समुदाय रहेको बताए। यस पालिकामा खासै नगन्य सङ्ख्यामा मात्रै यस समुदायका बासिन्दाको बसोबास रहेको उनले जानकारी दिए।

भरतपुर महानगरपालिकाको वडा नम्बर २९ मा बसोबास गर्ने ती समुदायका व्यक्तिमध्ये १७४ ले कोरोनाविरुद्धको खोप लगाएका छन्। सो वडामा रहेका रातोमाटे, चिप्लेटी र किपट क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदाय खोपमा सहभागी हुन नसकेको महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ।

टोलटोलमा शिविर सञ्चालन गर्दासमेत उनीहरू सहभागी नभएको सकेको कार्यालयले जनाएको छ। महाशाखा प्रमुख दीपक सुवेदीका अनुसार महानगर क्षेत्रमा चेपाङको सङ्ख्या ठूलो छैन। उनीहरूको बसोबास रहेको वडा नम्बर २९ को पहाडी क्षेत्र हो।

माडी नगरपालिका वडा नम्बर ८ र ९ मा चेपाङ समुदायको बसोबास रहेको छ। नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख भोजराज खनालका अनुसार माडीमा १३० चेपाङ समुदायका व्यक्तिले खोप लगाएका छन्।

छरिएर रहेको यस समुदायमा सूचनाको अभाव वा बेवास्ता गरेका कारण खोप लगाउन आउनेको सङ्ख्या कम भएको हो। उनले भने, 'चेपाङको बसोबास बढी सङ्ख्यामा बाँदरझुला क्षेत्रमा रहेको र आउ जाउमा कठिनाइ भएका कारण यस खोपबाट वञ्चित भएका हुन सक्छन्।'

चेपाङ सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष गोविन्द चेपाङ कोभिड खोपमा यस समुदायको सहभागिता न्यून रहेको बताउँछन। उनले भने, 'कोभिडको विषयमा गलत प्रचार भएकाले थोरैले मात्रै खोप लगाएका छन्।' कोरोना खोप लगाएपछि प्रजननमा समस्या हुने डर चेपाङमा देखिएको उनले बताए।

कोरोना खोपका लागि चेपाङ भाषामा नै लेखिएको सन्देश प्रचारप्रसार गर्न जरुरी रहेको उनले बताए। विसं २०६८ को जनगणनाअनुसार नेपालमा ६८ हजार ३९९ चेपाङको बसोबास रहेको छ। विशेष गरी चितवन, मकवानपुर, धादिङ, गोरखा, लमजुङ, तनहुँलगायत जिल्लामा चेपाङ बसोबास गर्दै आएका छन्।

चेपाङ सङ्घ चितवनका अध्यक्ष भीमबहादुर चेपाङले डाँडाकाँडामा बसोबास गर्ने भएकाले खोप लगाउन आउने अवस्था नभएको बताए। खोप केन्द्र आसपास बसोबास गर्नेहरुले मात्रै खोप लगाएको जनाउँदै उनले कोरोना खोपका बारेमा सूचना सम्प्रेषण प्रभावकारी बनाउन सरोकारवालालाई आग्रह गरिएको बताए।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले चेपाङ समुदायमा कोरोनाको विषयमा विभिन्न किसिमका नकारात्मक हल्ला चलाइएका कारण समस्या रहेको बताए। यो समुदाय बजारको जनजीवनसँग प्रत्यक्षरुपमा सम्पर्कमा नआउने भएकाले पनि सङ्ख्यामा कमी आएको हुनसक्ने उनको अनुमान छ।

स्वास्थ्य कार्यालयले खोपको व्यवस्थापन मात्रै गर्ने भएकाले स्थानीय पालिकाले प्रचारप्रसारमा जोड दिनु आवश्यक रहेको उनको भनाइ छ। तिवारीले भने, 'हरेक वडामा स्वास्थ्य सङ्स्थामार्फत खोपको व्यवस्थापन गरिएको छ, केन्द्रसम्म आउन नचाहानु समुदायको कमजोरी हो।' 

कार्यालयका अनुसार जिल्लामा हालसम्म तीन लाख ७० हजार ५४४ ले खोप लगाएका छन्। पहिलो मात्रा लगाएकामध्ये तीन लाख २० हजार नौले पूर्ण मात्रामा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ। तिवारीका अनुसार पहिलो मात्रा कोभिसिल्ड ४० हजार ४४३ ले, भेरोसेल दुई लाख ३७ हजार ६०२ ले, एष्ट्राजेनिका ५१ हजार ९६२ ले, फाइजर बायोएनटेक एक हजार ८६७ ले र जोन्सन ३८ हजार ६७० ले लगाएका छन्।

यसैगरी पूर्ण मात्रा खोप कोभिसिल्ड/एष्ट्राजेनिका ८२ हजार ८५३ ले, भेरोसेल एक लाख ९६ हजार ७२९ ले, जोन्सन ३८ हजार ६७० जले र फाइजर बायोएनटेक एक हजार ७५७ ले लगाएका छन्। पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा लगाउने समय भइनसकेको सङ्ख्या २० हजार हाराहारी रहेको छ।
अर्को समाचार
खोप लगाउन थाले चेपाङ
२८ फागुन २०८०
•
३ मिनेट पाठ
खोप लगाउन थाले चेपाङ
चितवनको पहाडी भूभागका चेपाङ समुदाय ‘दादुरा रुबेला’ को खोप लगाउन नआउने हुन् कि भन्ने चिन्ता स्वास्थ्य कार्यालय चितवनलाई थियो।




दादुरा रुबेला खोप अभियान, २०८० सञ्चालन गर्नुअघि फागुन ४ गते भरतपुरमा गरिएको पत्रकार सम्मेलनमा कार्यालयले यसअघि खोप लगाउँदाको अनुभवका आधारमा भनेको थियो, ‘अझै पनि ग्रामीण भेगका मानिस अन्धविश्वासका कारण खोप लगाउन आउँदैनन्।’

यतिखेर भने कार्यालयले सोचेजस्तो भएन। इच्छाकामना गाउँपालिका र राप्ती नगरपालिकामा दादुरा रुबेलाको खोपमा उनीहरूको उत्साह जनक सहभागिता रह्यो।

‘यसअघि खोप लगाउन मान्दा रहेनछन्। अहिले खोपसम्बन्धी सचेतना बढेर होला, उपस्थिति राम्रो देखियो,’ स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रूपाखेतीले भने। कोरोना महामारी पछि चेपाङ समुदायमा खोपसम्बन्धी जनचेतना बढेको हुन सक्ने रूपाखेतीले बताए।

उनका अनुसार, चितवनमा ९० प्रतिशतले दादुरा रुबेलाको खोप लगाइसकेका छन्। चैत १ गतेसम्म शतप्रतिशतले खोप लगाउने विश्वास उनको छ। चितवनमा प्रत्येक विद्यालयमा खोप केन्द्र तोकिएको छ। जसकारण पनि समस्या नभएको उनको भनाइ छ।

चेपाङ समुदायमा कोरोना महामारीको समयमा स्वास्थ्यकर्मीलाई खोप लगाउन सकस नै भएको थियो। ‘इच्छाकामना, राप्तीलगायत केही क्षेत्रमा धार्मिक गुरुले लगाउन अनुमति दिए लगाउनुहुन्थ्यो। अनुमति नदिए नलगाउने प्रचलन नै थियो,’ स्वास्थ्य कार्यालय चितवनका क्षय कुष्ठरोग अधिकृत जयराम दवाडीले भने, ‘यसपटक धार्मिक गुरु तथा जनप्रतिनिधिको सामूहिक प्रयासमा सहज रूपमै लगाउनुभयो।’

स्वास्थ्य कार्यालय चितवनले खोप अभियानलाई प्रभावकारी बनाउन जिल्लामा रहेका ९८ वडामा वडाध्यक्षको अध्यक्षतामा खोप समन्वय समिति बनाएको थियो। एक लाख ६१ हजार जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको जिल्लामा हालसम्म एक लाख ४६ हजार बालबालिकाले खोप लगाएका छन्।

स्वास्थ्य कार्यालय चितवनले यहाँका सातवटा स्थानीय तहमार्फत फागुन १३ गतेदेखि खोप अभियान सञ्चालन गरेको छ। खोप अभियान दुई चरणमा सञ्चालन भइरहेको छ। पहिलो चरणमा भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा फागुन १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको थियो।

दोस्रो चरणमा कालिका, रत्ननगर राप्ती र खैरहनी नगरपालिकामा फागुन २२ गतेदेखि सञ्चालन भइरहेको छ। यहाँ चैत १ गतेसम्म सञ्चालन हुनेछ। यो खोप नौ महिनादेखि १५ वर्षमुनिका बालकालिकालाई लगाइएको छ।

अभियानमा पाँच वर्षमुनिका बालबालिकालाई छुट भएको नियमित खोप पनि लगाइएको अधिकृत दवाडीले जानकारी दिए।

खोप लगाउन जिल्लामा सात सयवटा खोप केन्द्र तोकिएको थियो। त्यसमध्ये अधिकांश विद्यालय रहेको उनले जानकारी दिए। उनका अनुसार कक्षा १० सम्म अध्ययनरत सबै बालबालिकालाई खोप थियो।

चितवन दादुरा रुबेलाको उच्च जोखिम रहेको जिल्लासमेत हो। यहाँ पछिल्लो पुस महिनासम्म ५२ जनामा दादुरा देखिएको थियो। जिल्लामा अझै आठ सय बालबालिका नियमित खोप लगाउन छुटेको उनले जानकारी दिए। नेपालमा बच्चाले नियमित १३ वटा खोप लगाउने गर्दछन्।

त्यसमध्ये अधिकांश डिपिटी, पिसिभी, आइपिभी खोप लगाउन छुटेको उनले बताए। उनका अनुसार जिल्लामा ४ प्रतिशत बालबालिका खोप लगाउनबाट पूर्ण वञ्चित छन्। १६ प्रतिशतले खोप पूर्ण पाएका छैनन् भने ८३ प्रतिशतले मात्र पूर्ण खोप लगाएको कार्यालयको तथ्यांकमा उल्लेख छ।

१९ जिल्लामा एक हजार ३४९ जनामा दादुरा रुबेलाका बिरामी फेला परेपछि देशभर खोप लगाउन थालिएको हो। दादुरा रुबेलाका देखिने जिल्लामा चितवन पनि एक हो। बागमती प्रदेशमा राजधानीका तीन जिल्ला र चितवनमा यस रोगका बिरामी देखा परेका थिए। २०२६ मा यस रोगलाई निवारण गर्ने गरी खोप अभियान सञ्चालन गरिएको उनले बताए। गर्भवती, एड्स, कोमोलगायतका बिरामी, स्टोराइज औषधी खाएका बिरामीलाई यो खोप लगाइएको छैन।
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस