भक्तपुरको ख्वप अस्पताल सञ्चालनमा
०२ फागुन २०७८
•
२ मिनेट पाठ
भक्तपुरको ख्वप अस्पताल सञ्चालनमा
अस्पतालको अवलोकन गर्दै बागमति प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसहितको टोली।
भक्तपुरको ख्वप अस्पताल सञ्चालनमा ल्याइएको छ। लामो प्रतिक्षापछि ब्रम्हायणीस्थित कोभिड युनिटको भवनबाट ख्वप अस्पतालले अन्तरङ्ग सेवा सुरु गरेको हो। कोभिड महामारीको समयमा ख्वप अस्पताल कोभिड युनिटको रुपमा सञ्चालित उक्त भवनबाट ख्वप अस्पतालले अन्तरंग सेवा सुरु भएको हो।




ख्वप अस्पतालको भवन निर्माण अन्तिम चरणमा छ। भक्तपुर नगरपालिका वडा नं ९ च्याम्हासिंहमा भवन निर्माण कार्य झण्डै सकिने अवस्थामा छ। यही कारण हाललाई ब्रम्हायणीस्थित भवनबाट भए पनि सेवा सुरु गरेको हो। लामो तयारीपछि भक्तपुर नगरपालिकाले अस्पताल सञ्चालनमा ल्याएको हो।

नगर प्रमुख सुनिल प्रजापतिले नगरवासीहरूको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै भक्तपुर नपाद्वारा सञ्चालित ख्वप अस्पताललाई १०० शैयाको बनाउने तयारी गरिरहेको जनाए। हाल ख्वप अस्पतालले बहिरंग सेवामार्फत् दैनिक ५०० देखि ६०० जनाभन्दा बढी विरामीहरूलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको उनले जनाए।

अस्पतालले ५ शैयाको आइसीयु र २५ शैयाको एचडीयुसहित बिरामी भर्नासमेत सुरु गरेको उनले जनाए। हाल ख्वप अस्पतालबाट इन्टरनल मेडिसिन, हाडजोर्नी, स्त्री रोग, बाल रोग, दन्त रोग, नाक–कान–घाँटी, छाला लगायतमा विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ।

ख्वप अस्पतालले आ.व. २०७७/७८ मा ४० जिल्लाका एक लाख १२ हजार २२ जनालाई स्वास्थ्य उपचार सेवा प्रदान गरिसकेको तथ्यांक छ। आर्थिक एक वर्ष २०७८/७९ को ६ महिनामा ८३ हजार दुई सय ३५ जनालाई उपचार सेवा प्रदान गरेको तथ्यांक अस्पतालसँंग छ।  

अस्पतालले दैनिक ११ घण्टा ओपिडी सेवा प्रदान गर्दै आएकोमा सार्वजनिक विदाका साथै शनिबारमा समेत सो सेवा प्रदान गर्दै आएको छ। साथै वडा वडामा स्वास्थ्य केन्द्रहरू निर्माण गरी नगरवासीहरूलाई छिटोछरिटो स्वास्थ्य सेवा प्रदान गर्ने नीति अनुसार भक्तपुर नपा वडा नं. २ व्यासी, वडा नं. ५ भगवति स्थान र वडा नं. १ सल्लाघारीमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरी सेवा प्रदान गर्दै आएकोमा वडा नं. १० मा पनि आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण भइरहेको अस्पतालले जनाएको छ।

यसैवीच वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ख्वप अस्पताललाई १०० शैया क्षमताको स्वीकृति प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्। भक्तपुर नगरपालिकाका विभिन्न क्षेत्रहरुको स्थलगत अवलोकन गर्दै मुख्यमन्त्री पाण्डेले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई १०० शैय्या क्षमताको स्वीकृति प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

साथै, अस्पताल सञ्चालन तथा व्यवस्थापनको लागि स्वास्थ्य उपकरण तथा सामाग्रीहरु व्यवस्था गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। त्यस क्रममा उनले स्थानीय तहले त्यसअन्तर्गत ख्वप विश्वविद्यालय सञ्चालन गर्न सकिने धारणा व्यक्त गरे।

कार्यक्रमपश्चात मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भक्तपुर नपाद्वारा सञ्चालित ख्वप मावि, ख्वप कलेज, ख्वप अस्पताल, श्वासप्रश्वास पुनःस्थापना केन्द्र, ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको अभिरुचिपूर्वक स्थलगत अवलोकन भ्रमण गरेका थिए।
अर्को समाचार
ख्वप अस्पताल सञ्चालनमा ल्याउने
०३ चैत्र २०७६
•
२ मिनेट पाठ
ख्वप अस्पताल सञ्चालनमा ल्याउने
भक्तपुर – भक्तपुरको च्याम्हासिंहमा ख्वप अस्पताल सञ्चालनमा ल्याइने भएको छ। अस्पतालको लागि हाल अस्पताल भवनको निर्माण भइरहेको छ। ख्वप अस्पताल भवन निर्माण सम्बन्धी प्राविधिक समितिको आइतबारको बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुुनिल प्रजापतिले ख्वप अस्पताल भवन तोकीएको समयभित्र सम्पन्न गर्न सम्बन्धित प्राविधिक टोली, इन्जिनियर र निर्माण कम्पनीलाई निर्देशन दिए। ख्वप अस्पताल भवन निर्माण गरेर यहाँका स्थानीयवासीलाई सेवा दिने आफूहरूको उद्धेश्यले निर्माण कार्यलाई तिव्रता दिन उनले आग्रह गरे।




कार्यक्रममा उपप्रमुख रजनी जोशीले निर्माणाधीन ख्वप अस्पताल भवन संवेदनशील क्षेत्र भएकाले प्राकृतिक तथा अन्य जोखिमलाई न्यूनीकरण गर्न सकिने गरेर पूर्वतयारीका साथ भवनको प्राविधिक प्रतिवेदन तयार गर्न सुझाव दिएकी थिइन्। विज्ञहरूसँगको छलफलले सही मार्गदर्शन दिने उनको विश्वास थियो। कार्यक्रममा आर्किटेक्ट सुसन्ना श्रेष्ठले ख्वप अस्पतालबारे अहिलेसम्म भएको कामका बारेमा जानकारी गराएका थिए। यस्तै नगरपालिका–७ का वडाध्यक्ष उकेश कवां, ख्वप इन्जिनियरिग कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिगका प्राचार्य सुनिल दुवाल, ख्वप अस्पताल निर्माणका आयोजना प्रमुख विजयराम कोजु, आर्किटेक्ट सरोज वैद्यलगायतले आ–आफ्नो सुझाव दिएका थिए।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस