सिन्धुली अस्पतालमा इन्डोस्कोपी सेवा सुरु
२७ चैत्र २०७८
•
२ मिनेट पाठ
सिन्धुली अस्पतालमा इन्डोस्कोपी सेवा सुरु
सिन्धुली अस्पतालमा सुरु भएको इन्डोस्कोपी सेवाको सञ्चारकर्मीहरुलाई जानकारी गराइदै। तस्बिर: अनिल/नागरिक
जिल्ला अस्तालमा  सिन्धुलीमा इन्डोस्कोपी सेवा सुरु भएको छ। जिल्लामा ग्यास्ट्रिका समस्या भएका विरामी बढ्दै गएपछि अस्पतालले विरामीलाई लक्षित गरेर सिन्धुली अस्पतालले इन्डोस्कोपी सेवा सुरु गरेको हो। बागमती प्रदेश सरकारको करिब २५ लाख लागतमा इन्डोस्कोपी मेसिन एक हप्ता अगाडिनै आइसकेकाले सेवा सुचारु हुन थालेको जिल्ला अस्पताल सिन्धुलीले जनाएको छ।




ग्यास्ट्रिका विरामीले समयमै उपचार गर्न नसक्दा क्यान्सर सम्म हुने खतरा भएकाले समयमै उपचार गर्नका लागि जिल्ला अस्पतालले इन्डोस्कोपी सेवा सुरु गरेको हो। काठमाण्डौका अस्पतालभन्दा जिल्ला अस्पतालमा सस्तो मुल्यमै इन्डोस्कोपी सेवा लिन सकिने जिल्ला अस्पताल सिन्धुलीका मेडिकल सुपरिटेन्टेड डाक्टर उमेश प्रधानले जानकारी दिए। 

काठमाण्डौको टिचिङ अस्पतालमा २३ सय तिर्नपर्छ हामी यहाँ विमा गरेका विरामीलाई १२ र विमा नभएका विरामीलाई १५ सय शुल्क लिएर इन्डोस्कोपी सेवा दिन्छौ उनले भने। डाक्टरहरुको सेवा सुविधा कम हुँदा डाक्टरहरु धेरै बस्न नमानेको भन्दै सेवा निरन्तर सुचारु गर्न राज्यलेनै ध्यान दिनुपर्ने उनको भनाई छ।  

अस्पतालबाट सेवा विस्तार भएको  इन्डोस्कोपी सेवाबाट ग्यास्ट्राइटिस, पेटमा घाउ भएको, पेटको क्यान्सर, विविध कारणबाट रगत उल्टी हुने जस्ता समस्या भएका विरामीको निदान गर्न सकिने अस्पतालका प्रमुख मेसु  डा.प्रधानले जनाए। सेवा लिनका लागि विरामी खाली पेटमै अस्पताल जानुपर्ने, एचआइभी, हेपटाइटिस जस्ता रोग नभएको हुनुपर्ने डा.प्रधानको भनाई छ। 

अल्कोहल बढी खाएर वा अन्य कारणले पेटमा क्यान्सर हुने खतरा भएकालाई तुरुन्तै पहिलो चरणको जाँच गर्ने व्यवस्था मिलाइएको अस्पताल विकास मितिका अध्यक्ष प्रलाद पोखरेलले बताए। पेट रोग विशेषज्ञ डा. अस्पतालमै भएको र थप इन्डोस्कोपी सेवा भएपछि विरामीलाई उपचार गर्न सहज भएको उनले जनाए।  सिन्धुली अस्पतालबाट यो सेवा सुरु भएपछि सेवाग्राहीले धेरै खर्च गरेर काठमाण्डौ लगायत विभिन्न शहर धाउनु नपर्ने विश्वास गरिएको छ।

जिल्ला अस्पतालमा आएको इन्डोस्कोपी मेसिन नयाँ प्रविधिको भएको अस्पतालले जनाएको छ। यो सेवा सँगै सिन्धुली अस्पतालले मुटुको भिडियो, एक्स रे, फोक्सोको जाँच जनरल मेडिसिन सेवा, दन्त चिकित्सक सेवा एड्स तथा यौन रोग सेवा प्रसुती सेवा  लगायतका विशेषज्ञ सेवा दिदै आएको छ।
अर्को समाचार
सिन्धुली अस्पतालमा इन्डोस्कोपी सेवा
२७ चैत्र २०७८
•
२ मिनेट पाठ
सिन्धुली अस्पतालमा इन्डोस्कोपी सेवा
सिन्धुली अस्पतालमा सुरु भएको इन्डोस्कोपी सेवाको सञ्चारकर्मीहरुलाई जानकारी गराइँदै। तस्बिरः अनिल/नागरिक
जिल्ला अस्तालमा सिन्धुलीमा इन्डोस्कोपी सेवा सुरु भएको छ। जिल्लामा ग्यास्ट्रिका समस्या भएका बिरामी बढ्दै गएपछि अस्पतालले बिरामीलाई लक्षित गरेर सिन्धुली अस्पतालले इन्डोस्कोपी सेवा सुरु गरेको हो।  




बागमती प्रदेश सरकारको करिब २५ लाख लागतमा इन्डोस्कोपी मेसिन एक हप्ता अगाडिनै आइसकेकाले सेवा सुचारु हुन थालेको जिल्ला अस्पताल सिन्धुलीले जनाएको छ।  

ग्यास्ट्रिका बिरामीले समयमै उपचार गर्न नसक्दा क्यान्सर सम्म हुने खतरा भएकाले समयमै उपचार गर्नका लागि जिल्ला अस्पतालले इन्डोस्कोपी सेवा सुरु गरेको हो। काठमाण्डौका अस्पतालभन्दा जिल्ला अस्पतालमा सस्तो मुल्यमै इन्डोस्कोपी सेवा लिन सकिने जिल्ला अस्पताल सिन्धुलीका मेडिकल सुपरिटेन्टेड डाक्टर उमेश प्रधानले जानकारी दिए।

'काठमाण्डौको टिचिङ अस्पतालमा २३ सय तिर्नपर्छ हामी यहाँ विमा गरेका बिरामीलाई १२ र विमा नभएका बिरामीलाई १५ सय शुल्क लिएर इन्डोस्कोपी सेवा दिन्छौ,' उनले भने। डाक्टरहरुको सेवा सुविधा कम हुँदा डाक्टरहरु धेरै बस्न नमानेको भन्दै सेवा निरन्तर सुचारु गर्न राज्यलेनै ध्यान दिनुपर्ने उनको भनाई छ।  

अस्पतालबाट सेवा विस्तार भएको  इन्डोस्कोपी सेवाबाट ग्यास्ट्राइटिस, पेटमा घाउ भएको, पेटको क्यान्सर, विविध कारणबाट रगत उल्टी हुने जस्ता समस्या भएका बिरामीको निदान गर्न सकिने अस्पतालका प्रमुख मेसु डा. प्रधानले जनाए। सेवा लिनका लागि बिरामी खाली पेटमै अस्पताल जानुपर्ने, एचआइभी, हेपाटाइटिस जस्ता रोग नभएको हुनुपर्ने डा. प्रधानको भनाइ छ।

अल्कोहल बढी खाएर वा अन्य कारणले पेटमा क्यान्सर हुने खतरा भएकालाई तुरुन्तै पहिलो चरणको जाँच गर्ने व्यवस्था मिलाइएको अस्पताल विकास मितिका अध्यक्ष प्रलाद पोखरेलले बताए। पेट रोग विशेषज्ञ डा. अस्पतालमै भएको र थप इन्डोस्कोपी सेवा भएपछि बिरामीलाई उपचार गर्न सहज भएको उनले जनाए।  सिन्धुली अस्पतालबाट यो सेवा सुरु भएपछि सेवाग्राहीले धेरै खर्च गरेर काठमाण्डौ लगायत विभिन्न शहर धाउनु नपर्ने विश्वास गरिएको छ।

जिल्ला अस्पतालमा आएको इन्डोस्कोपी मेसिन नयाँ प्रविधिको भएको अस्पतालले जनाएको छ। यो सेवा सँगै सिन्धुली अस्पतालले मुटुको भिडियो, एक्स रे, फोक्सोको जाँच जनरल मेडिसिन सेवा, दन्त चिकित्सक सेवा एड्स तथा यौन रोग सेवा प्रसुती सेवा  लगायतका विशेषज्ञ सेवा दिँदै आएको छ।
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस