वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले असार २० गतेदेखि स्वास्थ्य वीमा अन्र्तगतका वीमितहरुलाई सम्पुर्ण सेवाहरु स्थगन गर्ने भएको छ।
सेवा दिएवापत वीमा बोर्डबाट प्रतिष्ठानले दाबी गरेअनुसार पाउनु पर्ने रकम उपलब्ध नभएपछि तलब भत्ता, दैनिक प्रशासनिक तथा अस्पताल खर्चमा प्रतिकुल प्रभाव परेको प्रतिष्ठानले जनाएको छ। उपकुलपति डा.ज्ञानेन्द्र गिरीले सोमबार एक सुचना जारी गर्दै प्रतिष्ठानलाई दिइनुपर्ने दाबी अनुसारको सम्पुर्ण रकम तत्काल भुक्तानी नगरिए र उठान गरिएको समस्याहरु समाधान नगरिए बहिरंग(ओपिडी), इर्मजेन्सी र अन्तरंग(इनपेसेन्ट) अन्र्तगत दिइने सम्पुर्ण सेवाहरु असार २० गतेदेखि स्थगित गर्ने जानकारी दिएका छन्।
उपकुलपति डा.गिरीका अनुसार वीमा कार्यक्रम सञ्चालन गर्दा देखिएको प्राविधिक तथा अन्य समस्याहरुको सहजीकरण गर्न वीमा बोर्डलाई पटक पटक अनुरोध गरिएको थियो। त्यसपछि, जेठ २० गते प्रधानमन्त्री कार्यालय, वीमा बोर्डका पदाधिकारीहरु तथा सम्बद्ध अधिकारीहरुबीच प्रतिष्ठानमा छलफलसमेत भएको थियो। वीमा बोर्डबाट पाउनुपर्ने रकम उपलब्ध नहुदा प्रतिष्ठान आर्थिक संकटबाट गुज्रिरहेको कारण चाडो समस्या हल गरेर रकम उपलब्ध गराउन आग्रह गरिए पनि वेवास्ता भएको प्रतिष्ठानको भनाई छ।
वीमा बोर्डले सहजीकरण नगरी एकतर्फीरुपमा विभिन्न सर्तहरु तेस्र्याएर दाबी रकमलाई कम भ्यालुएसन गरिदिने तथा रिजेक्सन गरिदिने गरेको प्रतिष्ठानको भनाई छ। कम भ्यालुएसन तथा रिजेक्सन भएको रकम ९ करोड बढीसहित प्रतिष्ठानले वीमा बोर्डबाट ३४ करोड बढी पाउनुपर्नेछ। प्रतिष्ठानको प्रमुख आम्दानीको स्रोत उपचार गर्न आउने विरामीहरुलाई उपचार सेवा दिएवापतको शुल्क नै हो।
तर, वीमा कार्यक्रमको कारण नियमित आम्दानीको ७० प्रतिशत रकम वीमीतहरुलाई प्रतिष्ठानले निःशुल्क सेवा दिएवापत वीमा बोर्डबाट प्राप्त गर्नुपर्ने रहेको छ। ‘उक्त रकम समयमा नै प्राप्त हुन नसक्दा प्रतिष्ठानमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी नर्सिङ तथा अन्य कर्मचारीहरुको नियमित तलब भत्तालगायत दैनिक प्रशासनिक खर्च एवं अस्पतालको दैनिक सञ्चालन खर्चमा समेत प्रतिकुल प्रभाव परेको छ,’उपकुलपति डा.गिरीले जारी गरेको सुचनामा भनिएको छ।
वीपी प्रतिष्ठान स्वयत्त संस्था भएकोले सरकारले भौतिक पुर्वाधार निर्माणबाहेक अन्य खर्चको लागि बजेट उपलब्ध गराउदैन। यहाँको दैनिक प्रशासनिक तथा सञ्चालनको लागि आवश्यक खर्च, तलबभत्ता लगायत सबै प्रतिष्ठान आफैले नै व्यवस्थापन गर्नुपर्ने हुन्छ। प्रतिष्ठानले प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय, वीमा बोर्ड, प्रदेश सरकार, स्थानीय सरकार, जिल्ला प्रशासनलगायत सबै निकायमा पत्राचार गरेपनि निकास नपाएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए।
वीमा बोर्डले भने केही दिनअघि (असार ९ गते) एक विज्ञप्ती जारी गर्दै दैनिक हुने दाबी बढ्दो क्रममा भएको कारण दाबी प्रविष्ट हुने र दाबी परिक्षण गर्ने अनुपातमा तादाम्यता मिलाउन जनशक्ति अभावमा विलम्ब हुन गएको जनाएको थियो। बोर्डका कार्यकारी निर्देशक दामोदार बसौलाले जारी गरेको विज्ञप्तीमा आगामी आर्थिक बर्षमा उक्त कार्यलाई वैज्ञानिक प्रविधि अपनाएर परिक्षण गर्ने तयारी भइरहेको उल्लेख गरेका थिए। उनले चालु आर्थिक बर्षको जेठ १५ गतेसम्मको १८ लाख ५३ हजार ९ सय ५३ वटा दाबीलाई प्राथमिकताका साथ परिक्षण गर्ने कार्य भइरहेको जानकारी दिएका थिए।
स्वास्थ्य वीमा सेवाबारे वीपी प्रतिष्ठानले सोमबार जारी गरेको सुचना। तस्बिर: नागरिक
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चैत १५ गतेदेखि स्वास्थ्य वीमा अन्तर्गत सम्पूर्ण सेवा रोक्ने भनेपनि एक महिनाको लागि सुचारु गर्ने भएको छ।
स्वास्थ्य वीमाको सेवा नरोक्न चौतर्फी दबाब परेपछि प्रतिष्ठानले चैत १५ गतेदेखि थप एक महिनाको लागि सेवा सुचारु गर्ने भएको हो। प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले सोमबार एक विज्ञप्ती जारी गर्दै समस्या समाधान नभए पनि वीमाको उपचार सेवा एक महिनासम्म सुचारु हुने जानकारी दिएका छन्। प्रतिष्ठानमा आम्दानीको प्रमुख स्रोत महिनौंसम्म शोधभर्ना वापत प्राप्त नहुदा अस्पताल सञ्चालनमा कठिनाइ भएकोले बाध्य भएर सेवा बन्द गर्ने सुचना जारी गरिएको पनि उपकुलपति डा.गिरीले विज्ञप्तीमा प्रष्ट्याएका छन्।
उपकुलपति डा.गिरीले प्रतिष्ठानको समग्र आर्थिक अवस्था, बाध्यतालाई मध्यनजनर गरि आवश्यक समन्वय गरेर प्रतिष्ठान सञ्चालनमा सहयोग गर्न पनि स्थानीय सरकार, नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सरकारसँग आग्रह गरेका छन्। उनले एक महिनासम्म उपचारको लागि आउने विरामीको स्वास्थ्य उपचार सेवामा कुनै पनि प्रकारको बाधा अवरोध सृर्जना नहुने र सेवा सुचारु हुने पनि बताएका छन्।
स्वास्थ्य वीमा बोर्डबाट शोधभर्ना वापत २६ करोड बढी रकम प्राप्त नभएको र यसले आर्थिक संकटमा परेको भन्दै चैत १५ गतेदेखि स्वास्थ्य वीमा सेवा स्थगन गर्ने प्रतिषठनले निर्णय गरेको थियो। प्रतिष्ठानको प्रमुख आम्दानीको स्रोत विरामीको उपचार सेवा वापतको शुल्क हो। वीमा गरेका सेवाग्राहीहरुको जिरो विलिङ हुने र प्रतिष्ठानले शोधभर्नाको लागि वीमा बोर्डमा आवश्यक कागजपत्र पेश गर्नुपर्ने हुन्छ। बोर्डले दाबी गरे वमोजिम शोधभर्ना रकम भुक्तानी नदिदा बक्यौता २६ करोड बढी पुगेको र संस्था आर्थिक संकटमा पुगेको भन्दै चैत १५ गतेदेखि सेवा रोक्ने चेतावनी पत्र एक महिना अघि नै प्रतिष्ठानले बोर्डलाई पठाएको थियो।
प्रतिष्ठानमा दैनिक १२ सयदेखि १५ सयको हाराहारीमा स्वास्थ्य वीमा गरेका सेवाग्राहीहरु उपचारको लागि आउने गरेका छन्। यो संख्या दैनिक आउने कुल विरामीको ६० देखि ७० प्रतिशत हो। यसले प्रतिष्ठानको दैनिक आम्दानीमा ५० प्रतिशत प्रभावित हुन पुगेको छ।
बोर्डबाट ३ करोड ५७ लाख बढी रकम भुक्तानी
वीमा बोर्डले शोधभर्ना वापतको वीपी प्रतिष्ठानलाई ३ करोड ५७ लाख बढी रकम भुक्तानी गरेको छ। सोमबार दिउँसो वीमा बोर्डबाट ३ करोड ५७ लाख ५१ हजार ७ सय ५४ रुपैयाँ प्रतिष्ठानको खातामा जम्मा भएको वीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदार बसौलाले जानकारी दिए।
बसौलाका अनुसार बोर्डले चैत ६ गते नै उक्त रकम प्रतिष्ठानलाई पठाएको हो। तर, बैंकबाट प्रतिष्ठानको खातामा जम्मा हुन ढिलाई भएको उनले जानकारी दिए। प्रतिष्ठानलाई थप रकम यसै साता पठाउने पनि उनले बताए। बसौलाका अनुसार प्रतिष्ठानलाई बोर्डले हालसम्म कुल ४९ करोड ३५ लाख २१ हजार ६५३ रुपैयाँ भुक्तानी गरिसकेको छ। त्यसमध्ये पनि चालु आर्थिक वर्षमा मात्र १५ करोड ७७ लाख ९० हजार २ सय ९७ रुपैयाँ भुक्तानी गरेको उनले बताए।
देशभरका ४४० वटा सेवा प्रदायक अस्पतालहरुलाई शोधभर्ना रकम भुक्तानी गर्नुपर्ने भएकोले दाबी गरेअनुसारको सबै रकम एकैपटक भुक्तानी दिन नसक्ने पनि डा.बसौलाको भनाई छ। उनले भने, ‘वीपी प्रतिष्ठानको बिषयमा आइतबार वीमा बोर्डको बैठकमा गम्भीरतापूर्वक छलफल भयो।’
बोर्डको बैठकले भुक्तानीको समस्या स्थायीरुपमा हल गर्न डा.भगवान कोइरालाको संयोजकत्वमा ५ सदस्यीय परामर्श समिति पनि गठन गरेको डा.बसौलाले जानकारी दिए। उनले भने,‘देशभरिको सेवा प्रदायकको अवस्था के छ, नागरिकको गुनासो के छ, समस्या के छ भनेर कमिटी गठन गरिएको हो। समस्या बिस्तारै समाधान गर्छौं, गुणस्तर सुधार गर्न लागिर्छौं।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...