बिरामीको चाप बढ्दा टीकापुर अस्पतालमा शय्या अभाव
०४ साउन २०७९
•
१ मिनेट पाठ
बिरामीको चाप बढ्दा टीकापुर अस्पतालमा शय्या अभाव
कैलालीको टीकापुर अस्पतालमा बिरामीको चाप बढेपछि शय्याको अभाव हुन थालेको छ। दैनिक १० देखि १२ जनाको शल्यक्रिया हुन थालेपछि शय्या अभाव हुन थालेको हो।  




यसअघि प्रसूति र हाडजोर्नी सम्बन्धि शल्यक्रिया गरिँदै आएकोमा अस्पतालले एक हप्तादेखि आफ्नो सेवा विस्तार गरेको छ। टीकापुर अस्पतालबाट अब हाइड्रोशिल, हर्निया, पत्थरी, पाइल्स, फिस्टुला, स्तनका गाँठागुँठी, स्तन ट्युमर, छातीमा रगत र पानी भरिएका बिरामीको  शल्यक्रिया सेवा थालेको छ।  

शल्यक्रिया सेवा पाउन थालेपछि बिरामीको चाप बढेको छ। बल्यक्रिया सेवाका लागि पालो कुर्नुपर्ने भएको छ। शय्या अभावपछि बिरामीले पालो पर्खिनु पर्छ। जोशीपुरकी सरस्वती श्रेष्ठ बुवाको हाइड्रोशिलको शल्यक्रियाका लागि पालो कुर्नुपरेको बताउँछिन्। 'शल्यक्रियाका लागि निकै कुर्नुपर्छ, शल्यक्रियापछि शय्या पाउन झन मुश्किल हुने गरेको छ,' उनले भनीन्।  

चाप बढेपछि बिरामीको अवस्था हेरेर अस्पतालले घर पठाउने र शय्या उपलब्ध गराउन थालेको छ। अस्पतालसँग भौतिक सुविधा अभाव हुँदा बिरामीका कुरुवाले अस्पताल प्रशासनसँग आक्रोश पोख्ने गरेका छन्। अस्पताल ५१ शय्याको मात्र भए पनि अस्पतालले थप शय्या थपेर सेवा दिइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपड सोडारी बताउँछन्। '५१ शय्याले धान्न मुस्किल छ। दैनिक ४० देखि ५० बिरामी भर्ना हुन्छन्, नियमित शल्यक्रिया सेवापछि शय्याको अभाव भएको हो,' उनले भने।  

टीकापुर अस्पतालमा शल्यक्रिया सेवा पाएपछि यहाँका बिरामीलाई धनगढी र नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको छ। अस्पतालमा कैलालीको टीकापुरसहित जानकी, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र बर्दियाको राजापुर नगरपालिकाका बिरामी बढिजसो उपचार गर्न आउने गरेका छन्। स्वास्थ्य बीमामार्फत सेवा लिने समेत बढेको अस्पतालले जनाएको छ।  रासस
अर्को समाचार
कोरोनामा टीकापुर अस्पतालः डाक्टरको टिम, जसले स्थिति सम्हाल्यो
०६ जेष्ठ २०७८
•
३ मिनेट पाठ
कोरोनामा टीकापुर अस्पतालः डाक्टरको टिम, जसले स्थिति सम्हाल्यो
कैलालीको टीकापुर अस्पतालमा वैशाख ८ गते एकजना बिरामी उपचारका लागि आए। कोरोना फोकल पर्सन डा. रमेशप्रसाद उपाध्यायले बिरामीमा फरक स्वास्थ्य समस्या देखे। उनले एक्सरे गरेर हेरे। बिरामीको छाती र फोक्सोमा जटिल समस्या देखियो। उनलाई यो कुनै फरक समस्या हो भन्ने लाग्यो।  




उनले ती बिरामीलाई अस्पताल भर्ना गरेर उपचार थाले। वैशाख १२ गते त्यस्तै स्वास्थ्य समस्या भएका अरु केही बिरामी पनि आए। यो क्रम बढ्दै गयो। वैशाख १६ गते एकजनाले ज्यान गुमाए। अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या र मृत्यु हुने क्रम दिनप्रतिदिन बढ्दै गयो। बिरामीले अस्पतालको कम्पाउण्डसमेत भरियो। एकैदिन ६० जना बिरामी भर्ना भए।  

वैशाख २६ गते एकैदिन ६ जनाले ज्यान गुमाए। स्थिति नियन्त्रणभन्दा बाहिर गयो। सीमित स्वास्थ्यकर्मीले धान्न मुस्किल भयो। त्यसमाथि अक्सिजनको चरम अभाव भैदियो। पछिल्लो दिन थप ८ जनाले ज्यान गुमाए।  

यी सबै बिरामीलाई हेरिरहेका थिए डा. उपाध्यायले। उनी कत्ति आत्तिएनन्। किनकि उनले यसअघि यस्तै अवस्था भोगिसकेका थिए। तीन महिनाअघि टीकापुर पुगेका उनी कोरोना पहिलो लहरमा काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत थिए। त्यहाँको अनुभवले डा. उपाध्यायलाई परिपक्व बनाइसकेको थियो। ‘मेरा लागि त्यो अनुभव हिम्मत बनेर आयो’ उनले भने, ‘मैले मात्रै हैन पूरै टिमले हिम्मत जुटायौं ।’

उनको टिममा थिए डा. संवाद खरेल र डा. सन्दिप यादव। स्टाफ नर्सको कमाण्ड सम्हालिन नर्सिङ अधिकृत कमला बिष्टले। कोभिड जनरल वार्डमा चारजना स्टाफ नर्स खटिए। उनीहरुलाई महामारीको खासै अनुभव थिएन। आँखैअघि मान्छे मर्न थालेपछि स्टाफ नर्स आत्तिए। बिष्टले उनीहरुलाई सम्हालिन्। बिस्तारै उनीहरुले बिरामीलाई सम्हाल्न थाले।  

‘उनीहरुले यस्तो अवस्था कहिल्यै फेस गरेका थिएनन्’ उनले भनिन्, ‘त्यसैले पनि सुरुको अवस्था निकै चुनौतीपूर्ण रह्यो।’

अहिले कोभिड जनरल वार्ड र उच्च उपचार कक्षमा २४ जना स्टाफ नर्स कार्यरत छन्। प्रसुति वार्ड लगायतमा कार्यरत स्टाफ नर्सलाई त्यता परिचालन गरिएको छ। बिरामीको चापअनुसार यो संख्या प्रयाप्त हैन। नर्सिङ अधिकृत बिष्टका अनुसार तैपनि धानेका छन्।  

डा. उपाध्याय लगायतको टिम वैशाख दोस्रो साताबाट पूरै समय अस्पतालमा छ। उनीहरु दिनरात नभनेर बिरामीको उपचारमा संलग्न छन्। ‘कति दिनसम्म त हामी सुत्न पाएनौं’ डा. यादवले भने, ‘हाम्रा लागि सुत्नुभन्दा बिरामीको ज्यान जोगाउनु महत्वपूर्ण थियो।’    

अस्पतालमा वैशाख २८ गतेपछि अवस्था नियन्त्रणमा आएको छ। हाल ३६ जना उपचाररत छन्। ५२ जना उपचार गरेर निको भई घर फर्किएका छन्। करिब १५० जना सामान्य चेकजाँच गरेर निको भएका छन्। डा. उपाध्यायका अनुसार कैयौं व्यक्ति टेलिफोनबाटै भनेको औषधी सेवन गरेरसमेत निको भएका छन्।

अस्पतालले कुनै स्वास्थ्य समस्या भए खबर गर्नु भनेर डा. उपाध्यायको नाम र मोबाइल नम्बर सार्वजनिक गरेको थियो। ‘धेरै व्यक्तिले टेलिफोनबाट सोधेरै औषधी सेवन गरे’ उनले भने, ‘एकजना हिजो निको भएर भेट्न आउनुभएको थियो।’

उनी कुनै स्वास्थ्य समस्या भए अस्पताल आउन सुझाव दिन्छन्। उनका अनुसार रोग पालेर बस्दा समस्या बढ्दै गइरहेको छ। उनले अहिले पनि धेरै व्यक्ति अस्पताल नआएर घरमै बसेको बताए। ‘अन्तिम अवस्थामा अस्पताल आएका व्यक्ति नै समस्यामा परेका छन्’ उनले भने, ‘स्वास्थ्य समस्या हुने बित्तिकै उपचार गर्नुस्।’

कतिपय व्यक्तिहरु उपचारका लागि अस्पताल आउन डराइरहेका छन्। उनीहरु घरमै बसेका कारण जोखिम बढ्दै गएको छ। चिकित्सकका अनुसार त्यस्ता व्यक्तिहरु आफ्नो मात्रै नभई घरपरिवारका सदस्यहरुको स्वास्थ्यसमेत समस्यामा पारिरहेका छन्। 
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस