एचआइभी सङ्क्रमितलाई रामपुर अस्पतालबाटै औषधि
३१ साउन २०७९
•
२ मिनेट पाठ
एचआइभी सङ्क्रमितलाई रामपुर अस्पतालबाटै औषधि
एचआइभी सङ्क्रमितहरुलाई दृष्टिगत गरी रामपुर अस्पतालले औषधि उपलब्ध गराउन थालेपछि सहज भएको छ। सङ्क्रमितलाई नियमित औषधि सेवन गर्न अन्यत्र जानुपर्ने समस्याले झन्झट र खर्चिलो भएपछि रामपुरबाटै सेवा सुरु गरिएको हो।  हाल यस अस्पतालबाट नियमित औषधि उपलब्ध, परामर्श  र परीक्षण पनि गर्न थालिएको छ। यसभन्दा अघि सदरमुकाम तानसेनस्थित युनाइटेड मिसन अस्पतालबाट मात्रै नियमित औषधि उपलब्ध हुँदै आएको थियो। बिरामीलाई सहज सेवा दिने उद्देश्यले २०७८ फागुनदेखि उक्त अस्पतालले सङ्क्रमितलाई औषधि  वितरण पनि सुरु गरेको हो। अहिले अस्पताललाई कार्यक्षेत्र बनाएर करिब एक सय २० सङ्क्रमित सम्पर्कमा आएको अस्पताल प्रमुख नेत्रनारायण पोखरेल बताउँछन्।  




रामपुरकी ३२ वर्षीया एक युवती रामपुर अस्पतालबाटै एचआइभी एड्सको नियमित औषधि तथा परामर्श सुविधा पाएपछि सदरमुकाम तानसेन धाउनुपर्ने समस्या टरेको बताउँछिन्। दुई वर्षअघिदेखि उनले युनाइटेड मिसन अस्पतालबाट नियमित रुपमा औषधि सेवन तथा परामर्श सेवा लिँदै आएकी थिईन्। ती युवतीसहित परिवारका चार सदस्य एचआइभी सङ्क्रमित छन्। नियमित खाने औषधि र परामर्श सेवाका लागि तानसेन आवतजावत गर्न खर्चिलो तथा झमेला हुन्थ्यो। अहिले भने गाउँमै रहेको यस  अस्पतालबाट सेवा दिन थालेपछि सहज भएको उनीहरु बताउँछन्।  

एचआइभी सङ्क्रमण भयो भन्दैमा आत्तिनुपर्ने अवस्था नरहेको र नियमित औषधि सेवन, स्वास्थ्यकर्मीसँग परामर्श सेवा लिँदै आत्मबल बलियो बनाइयो भने अरू व्यक्ति सरह नै बाँच्न सकिने सङ्क्रमितहरु आफ्नो अनुभव बताउँछन्। यस क्षेत्रमा एचआइभी सङ्क्रमितका लागि नियमित खाने औषधिको सेवा नहुँदा युनाइटेड मिसन अस्पताल, पोखरालगायत क्षेत्रमा पुगेर बिरामीले सेवा लिँदै आएको अवस्थामा उनीहरुलाई स्थानीयस्तरमा नै रहेको अस्पतालबाट सेवा दिने मनसायले पहल थालिएको अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकाल बताउँछन्।  

पछिल्लो समय नियमित औषधि सेवन, स्वास्थ्यकर्मीको सम्पर्कमा रही परामर्श सेवा लिने बिस्तारै बढ्दैछन्। नियमित औषधि सेवन गरी निर्धक्कसाथ आत्मबल बलियो बनाएर अन्य व्यक्ति सरह नै जीवन जिउन सकिने हुँदा केही व्यक्ति समाजमा  खुलेरै हिँड्ने पनि गरेको पाइन्छ। समाज र आफन्तको डर, लाजका कारण अन्य सङ्क्रमित अझै पनिखुल्न सकिरहेका छैनन्। गाउँमा औषधि सेवा वितरण भइरहे पनि अझै पनि यहाँका केही बिरामी भने डर र लाजका कारण अन्यत्र नै सेवा लिन जाने गरेको पाइएको छ।रासस
अर्को समाचार
‘एचआइभी सङ्क्रमितलाई स्वास्थ्य,शिक्षा र रोजगारीमा विभेद कायमै’
१४ मंसिर २०८०
•
४ मिनेट पाठ
‘एचआइभी सङ्क्रमितलाई स्वास्थ्य,शिक्षा र रोजगारीमा विभेद कायमै’
अन्र्तक्रियामा एचआइभी सङ्क्रमितहरूको समस्याबारे बताउँदै राष्ट्रिय एचआइभी तथा एड्स महासंघ कोसी प्रदेशका सुपरभाइजर रोमन राई (बाँया) र पत्रकार महासंघका अध्यक्ष जनकऋर्षि राई। तस्बिर :रोहित राई
एचआइभी सङ्क्रमित भनेर आफ्नो परिचय खुलाउँदै धरानमा सार्वजनिक भएको घटना दुई दशक बढी समय बितिसकेको छ।२०५८ सालतिर हेटौडाका नरेशलाल श्रेष्ठले धरानमा पहिलो पटक आफू सङ्क्रमित भएको सार्वजनिक गरेका थिए, र संक्रमितहरुप्रति समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्न अभियान थालेका थिए।




उनको सङ्क्रमितहरूलाई परिवार, समाज र राज्यबाट हुने विभेद अन्त्यको लागि निरन्तर बहस, पैरवी गर्दै बिते।श्रेष्ठले सङ्क्रमितहरूको हक अधिकारको लागी अभियान थालेको दुई दशक बित्दा समाजमा धेरै सकरात्मक परिवर्तन भएको छ।तर सङ्क्रमितहरूले अझै पनि विभेदको सामना भोग्नु परिरहेको गुनासो गरेका छन्।विश्व एड्स दिवस मनाउने पुर्वसन्ध्यामा बिहीबार धरानमा राष्ट्रिय एचआइभी तथा एड्स महासंघ कोसी प्रदेशले अन्र्तक्रिया आयोजना गरेको थियो । स्केल इनिसिएटिभको सहयोगमा आयोजित अन्र्तक्रियामा सङ्क्रमितहरूले शिक्षा, स्वास्थ्य र रोजगारीमा अझै विभेदको सामना भोग्नु परिहेको गुनासो पोखे।

महासंघका कोसी प्रदेशका सुपरभाइजर रोमनकुमार राईका अनुसार राज्यले नागरिकहरुलाई प्रत्याभूत गरेको गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य उपचार र रोजगारीमा एचआइभी सङ्क्रमित भएकै कारण वञ्चित हुनुपरेको छ।‘राज्यबाट नागरिकले उपभोग गर्न पाउनुपर्ने सेवासुविधाहरु सङ्क्रमित भएकै कारणबाट अहिले पनि वञ्चित हुनुपरेको छ । खास गरि शिक्षा, स्वास्थ्य सेवा र रोजगारीमा विभेद छ,’राईले भने,‘अहिले केन्द्र, प्रदेश र स्थानीय गरेर तीनै तहका सरकारले ठोस नीति बनाएर सम्बोधन गर्नुपर्छ।’

सङ्क्रमित विद्यार्थी सविना (नाम परिवर्तन)ले विदेश गएर उच्च शिक्षा हासिल गर्ने क्षमता र योग्यता भएर पनि जान नसकिने बताइन्।‘चाहेर पनि विद्यार्थीले विदेशमा पढ्न जान सक्दैन । उसँग क्षमता छ, योग्यता छ तर मेडिकल हुँदा एचआइभी पोजेटिभ आइदिन्छ, र जान पाउँदैनन्,’उनले पीडा पोखिन्,‘नेपालमै पनि आर्थिक रुपमा कमजोर भएकाहरूलाई धेरै समस्या छ । स्थानीय सरकारहरूले एचआइभी सङ्क्रमित बच्चाहरूलाई बजेट छुट्टाउन शिक्षामा सहयोग गर्न सक्छ भन्ने लाग्छ।

’छात्रवृत्तिबाट पनि एचआइभी सङ्क्रमित भएकै कारण वञ्चित हुन्छन् भने कतिपय विद्यालयमा अझै पनि सङ्क्रमितको छोराछोरी भएको वा सङ्क्रमित बच्चा भन्ने खुलेपछि बहाना बनाएर विद्यालय छोड्न लगाउने घटना पनि भइरहेको उनले बताइन्। 

कोसी प्रदेशमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र क्रोनोस्कपीबाहेक एचआइभी सङ्क्रमितहरूलाई सबै स्वास्थ्य उपचार सेवा उपलब्ध छ।तर, अन्य सरकारी अञ्चल र जिल्ला अस्पतालहरूमा सङ्क्रमितहरूलाई सबै उपचार सेवा उपलब्ध नहुँदा रिफर भएर बिपी प्रतिष्ठान धरानमै आउनुपर्ने बाध्यता छ।सङ्क्रमित महिलाले चिकित्सकको निगरानीमा सुरक्षित तरिकाले बच्चा जन्माउने विधि पिएमटिसिटी पनि प्रतिष्ठान र कोसी अस्पताल विराटनगरमा मात्र छ। 

अझ कोसी अस्पतालमा पिएमटिसिटी बाहेक सर्जरी, इण्डोस्कोपी, क्रोनोस्कोपी, डाइलाइसिस केही पनि उपचार सेवा एचआइभी सङ्क्रमितलाई छैन। ‘अझ अन्य जिल्लाको अस्पतालहरूमा त चेकजाँचबाहेक कुनै पनि उपचार सेवाहरू छैनन्, दुर्घटनामा परेको वा गर्भवती हाम्रो सङ्क्रमित साथीहरू रिफर भएर बिपीमा आउँदा कसैको बाटोमै ज्यान जान्छ,’ प्रदेश सुपरभाइजर राईले भने,‘सरकारको अस्पतालमा सङ्क्रमितहरूले उपचार सेवा पाउँदैनन्।’

एचआइभी सङ्क्रमितहरूले भोग्नुपर्ने अर्को प्रमुख समस्या हो रोजगारीमा विभेद । जागिर गर्ने क्षमता र योग्यता भएर पनि एचआइभी सङ्क्रमित भएकै कारणबञ्चित हुनुपर्छ । सङ्क्रमित भएको खुलेपछि रोजगार दिइँदैन भने काम गरिरहेको ठाउँबाट निकालिएको घटना धरानमै भएको सुपरभाइजर राईले बताए । ‘उपचार गर्ने डाक्टरले नै सेक्युरिटी गार्ड एचआइभी सङ्क्रमित हो भनेर बैंक मेनेजरसँग कुरा गरेपछि कामबाट निकालिए।

पछि हामीले कुरा गरेपछि पुनः काममा फर्काइएको थियो,’ उनले भने,‘आर्थिक रुपमा विपन्न, दलित, एकल महिलाहरूले रोजगारी नपाउँदा आर्थिक रुपमा झन् समस्यामा छन्।’ अप्रबासी, एचआइभी सङ्क्रमित बच्चाहरूको जन्म दर्ता, नागरिकता नहुँदा उपचार सेवा र रोजगारीमा समस्या भोगिरहेको उनको भनाई छ । एचआइभी सङ्क्रमणबारे सबै शिक्षित र जानकार भए पनि व्यवहारमा उतार्न नसक्दा सङ्क्रमितहरूले विभेद भोग्नुपरिहेको उनको भनाई। 

एड्स महासंघ र धरान पोजेटिभ ग्रुपको तथ्याङ्क अनुसार कोसी प्रदेशमा एचआइभी सङ्क्रमितहरूको संख्या ३५ सय रहेको अनुमान छ । ती मध्ये ३ हजार सङ्क्रमितहरू पत्ता लागेका छन् । एआरटि सेवा गरिरहेकाहरुको संख्या २४३५ रहेको छ । यस्तै, सुनसरी जिल्लामा मात्र १८ सयको हाराहारीमा एचआइभी सङ्क्रमितहरू भएको अनुमान छ।ती मध्ये १७५९ सङ्क्रमितहरू पत्ता लागेका छन्। ए.आर.टी. सेवन गरिरहेका सङ्क्रमितहरूको तथ्याङ्क ८९८ रहेको धरान पोजेटिभ समूहले जनाएको छ। 
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस