जाजरकोट अस्पतालमा औषधि सकिएपछि बिरामी समस्यामा
०५ भदौ २०७९
•
१ मिनेट पाठ
जाजरकोट अस्पतालमा औषधि सकिएपछि बिरामी समस्यामा
निःशुल्क पाउनेदेखि बीमाबाट उपलब्ध हुने औषधि अभाव हुँदा जाजरकोट अस्पतालका बिरामी समस्यामा परेका छन्। दैनिक भारी मात्रामा बिरामी आउने उक्त अस्पतालमा जाँच गरेर औषधि किन्न आधा घण्टा टाढा जानुपर्ने बाध्यता  छ।  

दुइ हप्ताअघिदेखि औषधि सकिएको भए पनि अस्पताल व्यवस्थापनले ध्यान नदिँदा आफूहरु मारमा परेको स्वास्थ्यकर्मीले  बताए। दैनिक निःशुल्क र बीमा गरेबापत पाइने औषधि खोज्दै बिरामी आए पनि नहुँदा खाली पठाउनु परेको फार्मेसी शाखाले जनाएको छ। मौसमी फ्लुदेखि अन्य रोगका बिरामीका कारण केही दिनदेखि अस्पताल भरिभराउ रहदैँ आएको छ।  

औषधि लिनका लागि बिरामीका आफन्त फार्मेसीमा आए पनि औषधि नहुँदा छैन भन्ने जवाफ दिनुपर्दा  र उनीहरुको गाली खानुपर्दा आफूहरु हैरान भएको स्वास्थ्यकर्मीले  बताए। स्वास्थ्य बीमा गरेको कागज देखाउँदा पनि औषधि नपाएर बाहिर गई औषधि खरिद गर्नुपरेको भेरी नगरपालिका– २ की रमिता कार्कीले गुनासो गरे। औषधि अभाव भए समयमै खरिद गर्नुपर्नेमा अहिलेसम्म के हेरेर बसेको होला उनले प्रश्न गरे। उक्त अस्पताल ५० शय्या छ। यता स्वास्थ्य सेवा कार्यालयका प्रमुख नवराज कँडेलले आजै औषधि जाजरकोट पठाउन लागिएको जानकारी दिए।रासस
अर्को समाचार
‘राष्ट्रपतिज्यू ! अब हामी कहाँ जाने ?’
२२ कार्तिक २०८०
•
४ मिनेट पाठ
‘राष्ट्रपतिज्यू ! अब हामी कहाँ जाने ?’
‘राष्ट्रपतिज्यू ! भूकम्पले घर लग्यो। घरसँगै सारा सपना पनि लग्यो। घरभित्र च्यापिएर परिवारका सबै घाइते भयौं । तीन छोरा र बुहारी जाजरकोट अस्पतालमा छन्। म एक्लै यहाँ छु, हामी अस्पतालबाट फर्केपछि कहाँ जाने हो ?’ कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेकी जाजरकोटको भेरी नगरपालिकाकी मेनुका विकले आँसु झार्दै पीडा पोख्दा राष्ट्रपति रामचन्द्र पौडेल पनि भावुक बने। ‘तपाईंहरूसँग सरकार छ, सरकारले उद्धार र उपचार गरेजस्तै घर पनि बनाएर दिन्छ,’ राष्ट्रपतिले मेनुकालाई शान्त्वना दिँदै भने, ‘लोकतन्त्रमा कसैलाई पनि घरबारविहीन बनाउँदैनौं, पहिला तपाईं सञ्चो हुनुहोस्, अरू चिन्ता लिनु पर्दैन।’

राष्ट्रपतिले अर्को शड्ढयाका बिरामीलाई भेट्दै गर्दा मेनुकाले जाजरकोट अस्पतालमा उपचार गराइरहेका छोरा–बुहारीको अवस्थाबारे सोधीखोजी गरिन्। राष्ट्रपतिसँगै रहेका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जाजरकोटमा उपचार गराइरहेका सबैको अवस्था सामान्य रहेको बताउँदै थप उपचार गर्नुपर्ने एकजनालाई सँगै ल्याएर आएको जानकारी दिए। उपप्रधानमन्त्री खड्काले यसो भन्दा मेनुकाको अनुहारमा केही उज्यालो देखियो।

भूकम्पले घर भत्काएपछि च्यापिएकी जाजरकोटकी लक्ष्मी सुनारको शरीरको तल्लो भाग चलेको छैन। उनको टाउकोमा पनि गम्भीर चोट देखिएपछि अस्पतालले सिटी स्क्यान गर्‍यो। राष्ट्रपति पौडेल उनको स्वास्थ्य अवस्था बुझ्न शड्ढया नजिकै पुगे। ‘अस्पतालबाट छुट्टिएपछि कहाँ बस्ने चिन्ता छ, घर पनि छैन, के गरेर खाने भन्ने चिन्ता छ,’ उनले राष्ट्रपतिसँग भनिन्, ‘तल्लो शरिर चल्दैन, यस्तै रह्यो भने अब काम गरेर पनि खान सकिन्न होला, बाससँगै गासको पनि व्यवस्था गरिदिनुहोला।’ राष्ट्रपतिले उनलाई घर बनाउला नि भन्दै शान्त्वना दिए।  

‘भूकम्पका बेलाका कुरा भुल्नुहोस्, पहिले तपाईंको स्वास्थ्य ठिक होस्, अनि बस्ने, खाने व्यवस्था सरकारले गरिदिन्छ।’ मंगलबार भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम पुगेर फर्किएका राष्ट्रपति पौडेलले सुर्खेतमा उपचार गराइरहेका घाइतेको पनि अवस्था बुझेका हुन्।  

जाजरकोट जिल्ला अस्पतालमा पनि उनले घाइतेसँग भेट गरेका थिए। त्यहाँ उनले घाइतेको उपचार, पुनस्र्थापना र पुनर्निर्माणका विषयमा काठमाडौं फर्किएपछि सरकारसँग कुरा गर्ने बताएका थिए। ‘घाइतेको तत्काल उद्धार गरेर सरकारले प्रभावकारी उपचार गराइरहेको पाएँ,’ जाजरकोट र सुर्खेतमा घाइतेसँगको भेटका क्रममा उनले भने, ‘थप उपचार गर्नुपर्ने भए सरकारले काठमाडौं पनि लैजान्छ । सरकारले निःशुल्क उपचार गर्ने निर्णय गरेको छ, उपचारबारे कसैले चिन्ता नलिनुहोला।’

राष्ट्रपति पौडेलले जाजरकोटको भेरी नगरपालिकामा भूकम्पले पुर्‍याएको क्षतिको अवलोकन गरी भूकम्पको केन्द्रबिन्दु बारेकोटको रामीडाँडा पनि पुगे। रामीडाँडामा स्थानीयसँग भेटमा राष्ट्रपति पौडेलले घाइतेको उद्धार र उपचार प्रभाकारी देखिएको बताउँदै पीडितलाई राहत र घर निर्माणका विषयमा सरकारसँग कुरा गर्ने बताएका थिए। ‘तपाईंहरूसँग सरकार छ, केही चिन्ता लिनुपर्दैन्, आवश्यक राहत सामग्री आइरहेको छ, आउने क्रममा छ,’ बारेकोटमा राष्ट्रपतिले भने, ‘तत्काल राहत सामग्री र भत्किएका घर निर्माण विषयमा सरकारसँग छलफल हुन्छ।’

राष्ट्रपतिसँगै रहेका उपप्रधानमन्त्री खड्काले पीडितका हातहातमा राहत पुग्न थालेको बताउँदै चाँडै भत्किएका घरहरूको पुननिर्माण र पुनस्र्थापनाको काम सुरु हुने बताए। ‘जसरी हामीले तत्कालै राज्यको सबै जनशक्तिलाई घाइतेको उद्धारमा लगायौं, राहत सामग्री पु¥यायौं, त्यसैगरी सरकारले घरवासबिहीन भएर बारीको बासमा पुग्नुभएका सबैलाई घर बनाएर दिन्छ।’

बिरामी लगेर काठमाडौं फर्किए राष्ट्रपति

राष्ट्रपति पौडेलले जाजरकोट अस्पतालमा उपचार गराइरहेका भूकम्पका एक घाइतेलाई काठमाडौं लगेर गएका छन्। खुट्टा र ढाडमा चोट लागेका नलगाढ नगरपालिका–१ पालीका वीरे पुनलाई पौडेलले जाजरकोटबाट सुर्खेतसम्म हेलिकोप्टरमा र सुर्खेतबाट नेपाली सेनाको जहाजमा काठमाडौं लगेका हुन्। वीरेकी छोरी ललिताले जाजरकोट अस्पताल पुगेका राष्ट्रपति पौडेलसमक्ष बुवालाई सुर्खेत अथवा काठमाडौं लगेर उपचार गर्न चाहेको बताएकी थिइन्। ‘राष्ट्रपतिले काठमाडौं जानका लागि तयार गर्न भन्नुभयो,’ ललिताले भनिन्, ‘पहिले हामीलाई सुर्खेत पठाउनुभयो, पछि उहाँसँगै जहाजमा काठमाडौं आइपुग्यौं।’

वीरे सदरमुकाममा होटेल व्यवसाय गर्थे । नजिकै उनको घर पनि थियो। भूकम्पले होटेलसँगै घर पनि ढल्यो। होटलमै रहेका उनी च्यापिए। केही समयपछि स्थानीय र सुरक्षाकर्मीले उद्धार गरेर अस्पताल पुर्‍याए। ‘बाहिर देखिने घाउ नभए पनि ढाड चलेको छैन, राम्रो अस्पतालमा लैजाँदा चाँडो निको होला भनेर राष्ट्रपतिज्यूलाई आग्रह गरेकी थिएँ,’ उनले भनिन्, ‘काठमाडौंमा बुवाको उपचार सुरु भएको छ, चाँडै निको हुने आशामा छौं।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस