टिचिङलाई भाटभटेनीको दोस्रो उपहार, साढे नौ करोडमा इएचएस भवन निर्माण
३० असार २०८२
•
३ मिनेट पाठ
टिचिङलाई भाटभटेनीको दोस्रो उपहार, साढे नौ करोडमा इएचएस भवन निर्माण
भाटभटेनी सुपरमार्केटले टिचिङ अस्पताल महाराजगंञ्जलाई दोस्रो  भवन हस्तान्तरण गरेको छ ।




सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको औपचारिक उद्घाटन गरेका हुन् । अस्पताल हाताभित्रै सुपरमार्केटले निर्माण गरिदिएको इएचएस (विस्तारित सेवा भवन) हस्तान्तरण गरेको हो । उक्त भवन ९ करोड ५० लाखमा निर्माण सम्पन्न भएको भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङले बताए । भवनको साँचो उनले अस्पतालका निर्देशक डा. सुभाष आचार्यलाई हस्तान्तरण गरेका हुन् ।

यो भन्दा अघि २०६८ सालमा गुरुङले यो अस्पताललाई पहिलो भवन स्वरूप अस्पतलको आकस्मिक कक्ष भवन हस्तान्तरण गरेका थिए । स्वर्गीय पिता बृष बहादुर गुरुङ र माता धनमायाको स्मृतिमा भवन निर्माण गरेका थिए । उक्त भवन भने १३ करोड रुपैंया बराबर लागतमा बनेको थियो।  आवश्यक परेमा थप सहयोग गर्न सक्ने मीन गुरुङले नागरिकसँगको कुराकानीमा बताएका हुन्।

‘मेरो उद्देश्य समाज सेवा गर्नु हो, समाज सेवाको क्रममा जहाँ आवश्यक पर्छ, केही सेवा गर्छु’ उनले भने । सोही क्रममा गुरुङले  टिचिङ अस्पतालमा उपचारको लागि सर्वसाधारण देशैभरीबाट आउने हुनाले उनीहरूको उपचारमा सुविधा प्रदान गर्ने उद्देश्यले दोस्रो पटक पनि सहयोग गरेको बताए । दुवै अस्पताल सहित भाटभटेनीले टिचिङमा मात्र २३ करोड ५० लाख सहयोग प्रदान गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले भवन निर्माणमा सहयोग गरिदिने गुरुङलाई सबै नेपाली जनताको तर्फबाट धन्यवाद दिए । सो क्रममा कतिपय मानिसहरूले सम्पत्ति कमाएर क्यासिनो जाने चलनमा गुरुङ दम्पतीले भने अस्पतालमा दान गरेर प्रशंसनीय काम गरेको बताए । ‘ कोही पैसा कमाएर क्यासिनो जान्छ, कसैले अस्पताल बनाउँछन्’ ओलीले भने ।

गुरुङको  अस्पतालमा मात्र नभएर शिक्षा क्षेत्रमा समेत रहेको योगदान अतुलनीय रहेको बताए । ‘ सम्पत्ति उहाँको बढोस्,अस्पताल हाम्रो बढोस्’ उनले भने । अस्पताल बने पनि नेपाली नागरिकले बिरामी हुनै नदिने सूत्र अपनाउन अपिल गरे। ‘ निरोगी नेपाल’ अभियानको सूत्र बिरामी अस्पताल जानु भन्दा अस्पताल जानै नपर्ने गरी स्वस्थ जीवनशैली अपनाउनु रहेको उनले बताए ।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालका निर्देशक डा.सुभाष आचार्यले भाटभटेनी सुपरमार्केटले टिचिङ अस्पताल प्रति देखाएको माया ममता प्रति आभार व्यक्त गरे । अस्पतालमै पुगेर भवन हस्तान्तरण गरेकोमा प्रधानमन्त्री प्रति आभार व्यक्त गरे । भवन अस्पतालको ४३ औ जन्म उत्सवको अवसरमा पनि हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ ।

नयाँ भवनमा औषधी बिक्री कक्ष र विस्तारित सेवाहरु सञ्चालन हुने अस्पतालले जनाएको छ । चार महिना अघि नै भवन निर्माण कार्य सम्पन्न भएपनि केही महिना ढिला गरी हस्तान्तरण गरेका हुन । भवन २०७९ सालमा निर्माण सुरु भएको थियो । 

दान गर्दा आनन्द आउँछ: गुरुङ 

सोमबार टिचिङ  अस्पताललाई नयाँ भवन हस्तान्तरण गरेका गुरुङले समाजसेवा गर्दा आनन्दित हुने बताएका छन् । दान र समाजसेवाको शिक्षा स्वर्गीय माता र योगीबाट धन आर्जन गरी दान गर्ने शिक्षा पाएकोले यो लागु गर्दै गएको बताए ।  भिडियो प्रस्तुति मार्फत गुरुङले पचास वर्ष अघि एक योगीले धन कमाउने हो भने दान गर्नु पर्छ भनेको र स्वर्गीय माताबाट पनि यो शिक्षा पाएको बताए । ‘ आमा  दान गरिरहनु  हुन्थ्यो, योगीले पनि दान गरे आनन्द मिल्छ भनेका थिए’गुरुङको भनाइ छ । ‘ मैले राष्ट्रवाट केही पाउँला भनेर सहयोग गरेको हैन, दान गरेर जनताको मनमा बस्न सकिन्छ भन्ने लाग्छ’ उनले भने । 

समाजसेवाको भावनाकै कारण गुरुङले विगतदेखि नै अस्पताल, विद्यालय, छात्रवृत्ति जस्ता क्षेत्रमा उल्लेखनीय सहयोग गरिसकेका छन्, । बुढानीलकण्ठमा बन्दै गरेको बाल अस्पताललाई करोडौँ सहयोग गरिसकेका छन् । खोटाङमा विद्यालय निर्माण, नेपाल सरकारलाई भूकम्प पछि राहत स्वरूप १ करोड, कोरोना महामारीमा संघीय सरकारलाई १ करोड  र   प्रत्येक प्रदेशलाई २५ लाखको दरले राहत सहयोग प्रदान गरेका थिए ।

त्यसैगरी अघिल्लो वर्ष भएको बाढीपहिरो जाँदा १ करोड ११ लाख, भूकम्प पछि सुलभ खाद्यान्न वितरण, भारतमा पशुपति मन्दिर स्थापना लगायतका सहयोगका काम गरिसकेका छन् ।हालै इट्टा भट्टामा काम गर्ने एसइई उत्र्तिण गरेकी बालिकालाई अबको एमबिबिएस सम्मको लागि छात्रवृत्ति शिक्षाको लागि सहयोग अघि बढाइसकेका  छन् ।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
यो पनि पढौँ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस