भक्तपुर क्यान्सर अस्पतालमा एकैदिन चार सेवा विस्तार
२६ असार २०८२
•
२ मिनेट पाठ
भक्तपुर क्यान्सर अस्पतालमा एकैदिन चार सेवा विस्तार
भक्तपुर क्यान्सर अस्पतालमा विहीबारदेखि एकैपटक चार वटा सेवाहरु थप भएका छन् । अस्पतालमा सिस्टोस्कोप, इन्डोस्कोप, अपरेटिङ न्युरोमाइक्रोस्कोप र सि–आर्म एक्स–रे प्रणालीको विस्तार गरिएका हुन् । 




यी उपकरणहरूको प्रयोगद्वारा अब सिस्टोस्कोपी, इन्डोस्कोपी र न्युरो सर्जरी सम्बन्धी प्रक्रिया अत्यन्तै सुलभ, सुरक्षित र कुशलतापूर्वक गर्न सकिने भएको जनाइएको छ । विशेषगरी पेट, मुत्रथैली तथा मस्तिष्कमा हुने ट्युमरको पहिचान र उपचारमा यी उपकरणहरूले क्रान्तिकारी परिवर्तन ल्याउने अस्पताले जनाएको छ । 

नयाँ सेवाबाट क्यान्सरको प्रारम्भिक अवस्था, ब्ल्याडर क्यान्सर, पेटको आन्द्राको समस्या र मस्तिष्कको ट्युमरको उपचारमा विशेष राहत मिल्ने जनाइएको छ । विशेषगरी सिस्टोस्कोप मार्फत मूत्रनली र मूत्रथैलीको अवस्था हेर्न सकिनेछ । इन्डोस्कोपले पेट र आन्द्राको अवलोकन सहज बनाउनेछ । अपरेटिङ न्युरोस्कोपले मस्तिष्क र मेरुदण्डको जटिल शल्यक्रियालाई सम्भव बनाउनेछ । सिआर्म एक्सरे मेसिनले एक्स–रेमार्फत वास्तविक समयमै छायाँ हेरेर सर्जरी गाइड गर्न सकिनेछ । 

अस्पतालका कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले सेवा विस्तारले रोगको जटिल अवस्था नपर्खीकन प्रारम्भिक अवस्थामा नै यसको सही निदान गर्न सक्षम भएको बताए । यसले उपचारको सफलतामा उल्लेखनीय वृद्धि ल्याउने विश्वास उनको छ । उपकरणहरूको जडानसँगै अब कतिपय प्रक्रिया जुन अघिसम्म अन्य ठूला अस्पताल वा भारतसम्म जानुपर्ने भएको तर अहिले भक्तपुरमै सम्भव भएको उनले बताए । 

शुभारम्भ कार्यक्रममा न्यूरोसर्जरी, युरोलोजी र ग्याँस्ट्रोइन्टेरोलोजीका क्षेत्रमा महारथ हाँसिल गरेका चिकित्सकहरू डा. बसन्त पन्त, डा. सुनिल शर्मा र डा. रोमियो कन्साकारको उपस्थित थिए । उनीहरूले नयाँ उपकरणहरूको अवलोकन पनि गरे । साथै यिनको सम्भावित प्रयोग र उपचारमा हुने फाइदाहरूबारे समेत सहकर्मी चिकित्सक र प्राविधिकहरूलाई जानकारी गराएका थिए । 

डा. बसन्त पन्तले अपरेटिङ न्युरोस्कोप जडानसँगै अब मस्तिष्कको सूक्ष्म शल्यक्रिया अझै राम्रो तरिकाले गर्न सक्षम हुने बताए । यसले रोगीको जीवनको गुणस्तरमा प्रत्यक्ष सुधार ल्याउने उनले बताए । 

काठमाडौं उपत्यकामा अवस्थित भए पनि भक्तपुर क्यान्सर अस्पतालले लामो समयदेखि क्यान्सरका बिरामीहरूको उपचारमा योगदान पुर्‍याउँदै आएको छ । तर पछिल्ला वर्षहरूमा अस्पतालले आफ्नो पूर्वाधार विस्तार थप विशेषज्ञ सेवा र प्रविधिमैत्री उपचार प्रणाली विकासमा उल्लेखनीय फड्को मारेको छ । 

डा उज्ज्वल चालिसे नेतृत्वमा पछिल्लो एक वर्षमा मात्र अस्पतालले धेरै नयाँ सेवा तथा विभाग थप गरेको छ, जसमध्ये आधुनिक उपकरणहरूको हालैको जडान अस्पतालको भिजन २०८५ अन्तर्गतको एउटा महत्वपूर्ण उपलब्धि भएको जनाइएको छ । 

सेवा विस्तारले अस्पतालका बिरामीहरूको जीवनमा नयाँ आशाको किरण ल्याएको छ । साथै समग्रमा नेपालको क्यान्सर उपचार प्रणालीमा नै एउटा सकारात्मक सन्देश प्रवाह गरेको छ । 

कार्यक्रमको समापनमा निर्देशक डा.चालिसेले भने, ‘हामी प्रविधिको सदुपयोग गर्दै जनताको सेवामा समर्पित छौं । आगामी दिनमा भक्तपुर क्यान्सर अस्पताललाई राष्ट्रिय केन्द्र बनाउने हाम्रो लक्ष्य छ ।’
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस