हेर्दा मोटा मानिस जति भरिला देखिए पनि उनीहरूमा नसर्ने रोगको जोखिम उच्च हुने चिकित्सक बताउँछन्। यो समस्या नेपालसहित विश्वभरि बढ्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
नसर्ने रोगको मुख्य कारक रहेको मोटोपना भएको जनसंख्या बढ्दै जानु नेपालका लागि पनि चिन्ताको विषय बनेको विज्ञहरू बताउँछन्। ‘मोटोपना नसर्ने रोगको प्रमुख कारण हो, जुन समस्या समयमै नियन्त्रण भएन भने अबको दशकमा नसर्ने रोगको भार थप बढेर जान्छ’, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको नसर्ने रोग तथा मानसिक रोग शाखाकी प्रमुख डा. पोमावती थापाले भनिन्।
बालबालिकामा मोटोपनाको समस्या बढ्ने क्रममा रहेको र वयस्कमा पनि यो समस्या बढी देखिएको कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. रामहरि चापागाईंले बताए। ‘सर्वेक्षणले बालबालिकामा रहेको मोटोपना घट्न नसकेको देखाएका छन्। बदलिँदो जीवनशैलीले यो दर झन् बढ्ने संकेत गरेको छ’, उनले भने।
चिकित्सकका अनुसार मोटोपना भएका मानिस मधुमेह, मुटु रोग, उच्च रक्तचाप, मस्तिष्कघात, हृदयाघात, श्वास–प्रश्वास, हड्डी खिइने समस्या, क्यान्सर जस्ता रोगको उच्च जोखिममा हुन्छन्।
नेपाल स्वास्थ्य सर्वेक्षण–२०१६ अनुसार नेपालमा वयस्कक उमेर समूह (२० देखि ४९ वर्ष) का मानिसमध्ये २६.५ प्रतिशतमा मोटोपना थियो। त्यसपछि सन् २०२२ मा गरिएको नेपाल स्वास्थ्य सर्वेक्षणअनुसार यो उमेर समूहका ३५ प्रतिशतमा मोटोपनाको समस्या देखिएको छ। यी दुई सर्वेक्षणलाई हेर्दा नेपालमा ६ वर्षको अवधिमा वयस्क उमेर समूहमा ९.५ प्रतिशतले मोटोपना बढेको देखिन्छ।
२०२२ को सर्वेक्षण अनुसार किशोर उमेर समूहमा ६ प्रतिशत र पाँच वर्ष उमेरमुनिका एक प्रतिशत बालबालिकामा मोटोपना छ। बालबालिकामा हुने मोटोपनाको दर २०१६ मा १ प्रतिशत थियो।
नेपाल सरकारले २०२६ को फ्रेबुअरीदेखि मार्चसम्म सञ्चालन गरेको ‘राष्ट्रिय नसर्ने रोग परीक्षण अभियान’ अन्तर्गत समेटिएका ३० वर्ष उमेरमाथिका ४ लाख ९५ हजार ५९५ जनामध्ये १७ प्रतिशत अर्थात् ८५ हजा १८३ जनामा मोटोपना पाइएको थियो।
प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिममा मोटोपनाको समस्या सबैभन्दा बढी २७ प्रतिशत पाइएको थियो। सन् २०२१ को ‘ग्लोबल बडेर्न अफ डिजेज’को तथ्यांक अनुसार ७३ प्रतिशत मृत्यु नसर्ने रोगको कारणले हुने गरेको छ।
नेपालसहित विश्वभरि बढ्दै गएको मोटोपना जनस्वास्थ्यका क्षेत्रमा मुख्य समस्याका रुपमा देखापरेको भन्दै विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्रहरूले सन् २०३० भित्र ५ प्रतिशतका दरले मोटोपना घटाउने प्रतिबद्धता हालै गरेका छन्।
पछिल्लो तथ्यांकअनुसार विश्वभर १ अर्बभन्दा बढी मानिसमा मोटोपना छ। प्रतिसातजनामध्ये एकलाई मोटोपनाले असर गरिरहेको छ। सन् १९९० यता मोटोपना वयस्कहरूमा दोब्बर र किशोरहरूमा चौगुनाका दरले बढेको सर्वेक्षण तथ्यांकले देखाएका छन्।
विश्व स्वास्थ्य संगठनले सदस्य राष्ट्रहरूलाई मोटोपना घटाउन तीव्र पहल गर्न र मोटोपना भएका मानिसको उपचारमा सहज पहुँच पुर्याउने नीति तथा कार्यक्रम बनाएर कार्यान्वयनमा ल्याउन निर्देश गरेको छ। उसले बालबालिकामा मोटोपना रोकथामका लागि विद्यालय र समुदायको पहल बढाउन, स्तनपान गराउन, प्याकेटका खानामा पोषणको लेबल कायम गर्न, अस्वस्थकर खानाहरूको विज्ञापनमा प्रतिबन्ध लगाउन, पर्याप्त सन्तुलित भोजनको पहुँच सुनिश्चित गन, शारीरिक व्यायाममैत्री विद्यालयको विकासमा जोड दिन पनि सुझाएको छ।
मोटोपना नियन्त्रणले मात्रै नसर्ने रोग नियन्त्रण सम्भव हुने शाखा प्रमुख डा. थापा बताउँछिन्। मोटोपनाका कारण उच्च रक्तचाप, मधुमेह, मुटु रोग, मस्तिष्कघात, क्यान्सर जस्ता रोग बढ्दै गएकाले मोटोपना नियन्त्रण नगरी स्वस्थ नागरिकको परिकल्पना सम्भव नभएको उनले बताइन्।
गलत जीवनशैली, कुपोषण, ट्रान्सफ्याटजन्य खाना, अस्वस्थकर खानपान, निष्क्रिय बस्नु मोटोपनाका मुख्य कारण हुन्। सहरी बालबालिकाको हकमा व्यायाम तथा खेलकुदको कमी, जंकफुड र तयारी खानाको बढ्दो प्रयोगले मोटोपना बढाएको डा. चापागाईं बताउँछन्।
मोटोपना नियन्त्रणका लागि नेपाल सरकारले केही प्रयास गरेको भए पनि बहुपक्षीय निकायको प्राथमिकताबिना नियन्त्रण सम्भव नहुने डा. थापा बताउँछिन्। सरकारले पछिल्ला वर्षहरूमा नसर्ने रोगको परीक्षणलाई तीव्रता दिनुका साथै मोटोपना अर्थात् बिएमआई (स्वास्थ्य मूल्यांकन सूचक) हेर्दै आएको छ।
फागुनमा पनि मोटोपना सूचक हेर्ने कार्यक्रम रहेको जानकारी डा. थापाले दिइन्। सामुदायिक आरोग्य जीवनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले देशैभरि नागरिक आरोग्य कार्यक्रम नीति अघि सारेको छ तर खेलकुद, स्वस्थ खानपानका लागि खाद्य तथा कृषि मन्त्रालय लगायतको सक्रिय भूमिका आवश्यक रहेको उनले औंल्याइन्।