‘रेफरल सेन्टर’ प्रतिष्ठान
३१ असार २०८२
•
४ मिनेट पाठ
‘रेफरल सेन्टर’ प्रतिष्ठान
चिकित्सा शिक्षालयका रुपमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान जिल्लामा स्थापना भएपछि यसलाई दाङ सहित साबिक राप्ती अञ्चलका पहाडी जिल्लाहरूको भरपर्दो उपचार थलोका रुपमा आशा गरियो । उपचार सेवा प्रभावकारी र सर्वसुलभ बन्ने लख काटिएको भएपनि प्रतिष्ठान नागरिकलाई भरपर्दो सेवा प्रदान गर्नबाट अहिले सम्म चुकेकै छ । कहिले उपचार प्रविधिको अभाव, कहिले चिकित्सकको अभाव अनि अस्पतालको अव्यवस्थित सेवाले उपचारका लागि जाने जो कोही बिरामीलाई दिक्क बनाइरहेकै छ ।




केही समय अघि मात्रै एमआरआई मेशिनको भुक्तानी नगरेका कारण मेशिन सप्लायर्स कम्पनीले मेशिन चल्न नै बन्द गरिदियो । सप्लायर्सलाई एकलौटी दोष देखाएर प्रतिष्ठान यो बेला पन्छिन खोज्यो । तर कमजोरी प्रतिष्ठानको थियो । आफ्नो कमजोरी लुकाएर एमआरआई सेवा नै बन्द गरेको प्रतिष्ठान नेतृत्वको तीव्र आलोचना भयो । आलोचना खेप्न नसकेको प्रतिष्ठानले पछि उक्त मेशिन सञ्चालन गर्न बाध्य भएको थियो ।

भरपर्दो सेवा प्रदान गर्न नसकेर आम नागरिकको मन जित्न नसकेको प्रतिष्ठान स्वास्थ्य बिमाका कारण थप बदनाम बन्दै गइरहेको छ । आफ्नो आय स्रोत नभएको र बिमा कम्पनीले रकम नदिएको भनेर प्रतिष्ठानले पटक पटक बिमितहरुलाई धोका दिइरहेको छ । स्वास्थ्य बिमाकै कारण प्रतिष्ठानप्रति अहिले फेरी आम नागरिकको धारणा थप नकारात्मक बनेको छ ।

बिमा बोर्डले प्रतिष्ठानलाई रेफरल सेन्टरका रुपमा मात्रै कायम गरिदिएपछि स्वास्थ्य बिमा मार्फत पाउनु पर्ने उपचार सेवा नागरिकले सिधै प्रतिष्ठानमा नपाउने भएका छन्। आगामी १ साउन देखि लागु हुने गरी बिमा बोर्डले यो प्रतिष्ठानलाई रेफरल सेन्टरका रुपमा मात्रै दर्ज गरिदिएको छ अर्थात यहाँ स्वास्थ्य बिमा बापतको उपचार सेवा पाउनका लागि अन्यत्रबाट सिफारिस ल्याउनै पर्ने बाध्यता बनेको छ । बिमा बोर्डले गरेको यो निर्णयको मारमा मुख्यतया जिल्लाका घोराही उपमहानगरपालिकाका बिमितहरुलाई अधिक सकस बन्ने छ ।

यो पालिकामा अन्य विशेषज्ञ अस्पताल छैनन् । ‘जसरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रेफरल सेन्टरका रुपमा मात्रै तोकियो, यसले आम नागरिकले स्वास्थ्य सेवा पाउने सहज बाटो बन्द गराइदिने काम भएको छ,’ नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले भने ‘स्वास्थ्यमा आम नागरिकको सहज पहुँच कायम गरिनु पर्नेमा स्वास्थ्य सेवा लिन अप्ठ्यारो पार्ने काम जायज हैन, नागरिकले घर आँगनमै स्वास्थ्य उपचार खोजेको अवस्था छ , तर राज्यले नै घोषणा गरे अनुरूपमा स्वास्थ्य सेवा पाउनका लागि अनावश्यक झन्झट दिने काम गरिनु हुन्न ।’

घोराहीका बासिन्दाहरू अव स्वास्थ्य बिमाको सेवा लिन बिमा बोर्डले प्रथम बिन्दु तोकेका स्वास्थ्य संस्थाहरूमा पुग्नु पर्ने हुन्छ । त्यहाँ पुगेर उपचार गराइ रेफर भएपछि मात्रै प्रतिष्ठानले अब स्वास्थ्य बिमा अन्तर्गतको उपचार प्रदान गर्ने छ । प्रथम विन्दु तोकिएका स्वास्थ्य संस्थामा बिमा बापतको सेवा लिन घोराहीका नागरिकलाई लमही, तुलसीपुर वा पहाडी पालिका बंगलाचुली गाउँपालिका सम्म पुग्नु पर्ने हुन्छ । यी स्थानीय तह मार्फत १५ शय्याका अस्पताल रहेको र यी अस्पतलाहरुलाई बिमा बोर्डले प्रथम बिन्दुका रुपमा सुचीकृत गरेको छ । बिमा वोर्डले गरेको निर्णय कार्यान्वयन भए घोराही क्षेत्रका ३० हजार बढी बिमितहरु अधिक समस्यामा पर्ने छन् ।

यता घोराही उपमहानगरपालिकाले पनि आफू मातहतको १५ शय्याको अस्पताल सञ्चालन गर्न सकेको छैन । हाल निर्माणाधीन अवस्थामा रहेको अस्पताल तत्कालै सञ्चालन हुने अवस्था पनि देखिन्न । प्रतिष्ठानलाई रेफरल सेन्टर मात्रै तोकिनुमा कसको कमजोरी भन्ने आङ्कलन फरक फरक ढङ्गबाट गरिएका छन् । केहीले बिमा बोर्डको प्रतिशोध पूर्ण निर्णय भनेका छन् केहीले संघीय सरकारको कमजोरीका रुपमा अर्थ्याएका छन् ।

तर प्रतिष्ठान नेतृत्व पनि यो कमजोरीबाट पन्छिन नमिल्ने तर्क केहीको छ । स्वास्थ्य बिमाको प्रथम विन्दुमा कायम रहेको प्रतिष्ठान रेफरल सेन्टरका रुपमा कायम गरिँदा सम्म प्रतिष्ठानले बिमा बोर्ड सम्म पहल नगरेकै कारण पनि यो समस्या निम्तिएको तर्क गरिएको छ । ‘आम नागरिकलाई असहज हुने गरी निर्णय आउँदा सम्म प्रतिष्ठानले के हेरेर बस्यो ?’ घोराहीका एक स्थानीयले भने ‘प्रथम विन्दुमै कायम रहनका लागि नेतृत्वले कुनै पहल गर्नु पर्थेन ? बिमा बोर्डलाई वा संघीय सरकारलाई मात्रै दोष दिएर प्रतिष्ठान नेतृत्व पन्छिन मिल्छ ?’

यता प्रतिष्ठानले भने आफ्नो तर्फबाट यो निर्णय सच्याउनका लागि जोडबल गरिरहेको बताउँछ । प्रतिष्ठान नेतृत्व स्रोतका अनुसार स्वास्थ्य मन्त्रालय सँग संवाद भइरहेको र सकारात्मक निकास आउन सक्ने देखिन्छ । ‘बिमा बोर्डले प्रतिष्ठानलाई प्रथम विन्दुबाट हटाएर राम्रो काम गरेन, कि त पहिले नै प्रथम विन्दुको सुचीमा नराख्नु पर्थ्यो, प्रथम विन्दुमै कायम राख्नका लागि पहल भइरहेको , हेरौँ सकारात्मक नतिजा आउला’ प्रतिष्ठान स्रोतले भन्यो । 
अर्को समाचार
कांग्रेस राजनीतिले मृत्युशय्यामा विपी प्रतिष्ठान
२३ माघ २०८०
•
९ मिनेट पाठ
कांग्रेस राजनीतिले मृत्युशय्यामा विपी प्रतिष्ठान
कोसी प्रदेशका मात्र नभएर मधेस प्रदेशका केही जिल्लाका बिरामीको समेत ‘रेफरल सेन्टर’ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तीन सातायता अस्तव्यस्त छ। पुस २९ गतेदेखि शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले संयुक्त रूपमा भद्र अवज्ञा आन्दोलन जारी राख्दा पठनपाठन र परीक्षालगायत शैक्षिक गतिविधि पूर्ण रूपमा ठप्प हुनुका साथैे ओपिडी सेवा पनि पूर्ण क्षमतामा चलेको छैन।




इमर्जेन्सीबाहेकका नियमित शल्यक्रिया पनि हुन सकिरहेको छैन। आन्दोलनमा नभएका प्राध्यापकहरू पनि ओपिडीमा बस्दैनन्। जुनियर रेसिडेन्टहरूका भरमा चलेको ओपिडीमा बिरामीको संख्या पनि न्यून छ।

बढुवाको माग गर्दै एसिस्टेन्ट प्रोफेसर, एसोसिएट प्रोफेसर र एडिसनल प्रोफेसर आन्दोलनमा उत्रिँदा उपचार सेवा र पठनपाठन प्रभावित भएको हो। आन्दोलनरत शिक्षक, कर्मचारीहरू प्रत्येक दिन बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म उपकुलपति कार्यालयअघि धर्नामा बस्ने गरेका छन्।

तीन सातादेखि पठनपाठन ठप्प हुँदा विद्यार्थी तनावमा छन्। समयमा पढाइ नसकिने र आर्थिक व्ययभार पनि हुने भन्दै विद्यार्थी कल्याण समाजको अगुवाइमा विद्यार्थीहरू शुक्रबारदेखि रिले अनशनमा उत्रिएका हुन्।
उपकुलपति कार्यालयअघि चौबिसै घण्टा अनशनमा बस्दा रातिको चिसोले केही विद्यार्थी बिरामी परेका छन्। नियमित पठनपाठनको माग गर्दै विद्यार्थीहरू पनि शुक्रबारदेखि रिले अनशनमा उत्रिएका छन्।

‘हाम्रो पठनपाठन ठप्प भएको आजसम्म २२ दिन भयो। भविष्य बनाउन भनेर पढ्न आयौं तर अन्योलमा फसियो,’ विद्यार्थी कल्याण समाजका अध्यक्ष डा. ओम शान्ति रजकले भने, ‘हाम्रो त शैक्षिक सत्र नै डामाडोल हुने भयो।’

यसअघि पनि भदौ १३ देखि २४ सम्म र असोज २२ देखि कात्तिक २० सम्म शिक्षक, कर्मचारीहरूले बढुवाको माग राख्दै गरेको आन्दोलनले शैक्षिक गतिविधि ठप्प हुँदा विद्यार्थी मारमा परेका थिए।
विद्यार्थीले पठनपाठन नियमित गर्न माग गरेजस्तै आम सर्वसाधारणले पनि उपचार सेवा पूर्ण रूपमा सञ्चालन गर्न माग गर्दै आएका छन्।

माघ १४ गते वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रवीण) को अगुवाइमा समस्याको चाँडो समाधान गरेर उपचार सेवा नियमित गर्न माग गर्दै नगरवासीले शान्तिपूर्ण ¥याली पनि निकालेका थिए। यद्यपि प्रतिष्ठानले समस्याबाट निकास पाउन सकेको छैन।

प्रतिष्ठानमा किन भइरहेको छ आन्दोलन?

प्रतिष्ठानमा १५ वर्षदेखि १२ सय हाराहारीको संख्यामा कर्मचारीको आन्तरिक बढुवा रोकिएको छ भने चिकित्सक शिक्षकहरूले पनि आठ वर्षयता बढुवा पाएका छैनन्।

शिक्षक–कर्मचारीले पदोन्नतिको माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन्। प्रतिष्ठान व्यवस्थापनसँग पटकपटक सहमति भए पनि पदाधिकारीबीच एकमत नहँुदा कार्यान्वयन हुन सकेको छैन।

प्राध्यापक पदको दुरूपयोग गरेको अभियोगमा मुद्दा दायर भएपछि निलम्बनमा परेका तत्कालीन उपकुलपति डा. ज्ञानेन्द्र गिरीले २०७९ पुस २० र २५ गते विज्ञापन गरेर शिक्षक, कर्मचारीको बढुवा प्रक्रिया अघि बढाएका थिए। उनी निलम्बनमा परेपछि निमित्त उपकुलपति एवं रेक्टर प्रा.डा. सञ्जीवकुमार शर्माले अन्तर्वार्तालाई निरन्तरता दिए।

अन्तर्वार्ता ६० प्रतिशत हाराहारीमा सकिएको थियो। तर सरकारले कायममुकायम (कामु) उपकुलपतिमा प्राडा प्रह्लाद कार्कीलाई नियुक्ति दिएपछि अन्तर्वार्ता सुचारु गरेनन्। उनले लोकसेवा आयोगलाई पत्राचार गरेर सुझाव मागेपछि बढुवा प्रक्रिया पूर्ण रूपमा अवरुद्ध छ। आयोगले प्रतिष्ठानको नियमावली संशोधन गर्न औपचारिक रूपमा नै पत्र पठाएर सुझाव दिएको थियो।

विगतमा आयोगसँगकै समन्वयमा जारी बढुवा प्रक्रियालाई कामु उपकुलपति कार्कीले पत्राचार गरेपछि बाध्य भएर आयोगले पनि उक्त पत्र पठाएको र बढुवा रोकिएको भन्दै पदाधिकारीहरूबीचमा नै मतभेद बढ्यो।
यो विषयले कामु उपकुलपति डा. कार्कीसँग रेक्टर प्रा.डा. शर्मा र रजिस्ट्रार प्रा.डा. सूर्यप्रसाद संग्रौला रुष्ट भएका थिए। साथै शिक्षक र कर्मचारीहरू पनि कार्कीले नै नियोजित रूपमा आयोगमा पत्र पठाएर बढुवा प्रक्रिया रोकेको भन्दै आक्रोशित छन्।  

कार्कीकी पत्नी प्राडा संगीता भण्डारीले पहिलादेखि नै बढुवा रोक्ने अभिव्यक्ति दिँदै आएको र उनकै दबाबमा आयोगमा पत्राचार भएको आन्दोलनरत पक्षको आरोप छ। कार्कीकी पत्नी भण्डारी केन्द्रीय राजनीतिक शक्ति केन्द्रसँग पहुँच भएकी डाक्टर हुन्।

प्रतिष्ठानमा नाक, कान, घाँटी विभाग प्रमुख रहेकी भण्डारी यसअघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति भइसकेकी छन्।

‘उहाँले केही दिनअघि हामी सबैको सामु जे गरे पनि तिमीहरूको बढुवा हुँदैन भन्नुभयो। अब भन्नुस्, प्रतिष्ठानलाई संकट भइरहोस्, समस्या समाधान नहोस् भनेर कसले खेल खेलिरहेको छ?’ नाम नखुलाउन आग्रह गर्दै आन्दोलनरत एक शिक्षकले भने।

प्रतिष्ठानमा लामो समय बढुवा नहुँदा पनि विकल्प खोजेर जागिर छाड्ने कर्मचारीको संख्या न्यून छ। तर आफ्नो वृत्ति विकास नहुँदा निराश भएर थुप्रै दक्ष चिकित्सकले प्रतिष्ठानको सेवा छाडेर अन्यत्र गएका छन्।
‘बिपीमा निजीमा जस्तो राम्रो तलब छैन, र पनि हामी किन बस्छौं भने यहाँ वृत्ति विकास हुन्छ। तर त्यो पनि नहुँदा किन बस्ने भन्ने प्रश्न छ,’ शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेराज अहमद खानले भने, ‘हामीसँगैका डाक्टरहरू प्रोफेसर भइसकेका छन्, हामी जहाँको त्यही छौं। हाम्रो अन्तर्वार्ता लिन सँगैका डाक्टरहरू आउँदा कस्तो होला? त्यसैले धेरै जना त पलायन भइसके। यो प्रतिष्ठानलाई मात्र होइन, यहाँबाट सेवा लिने सबैलाई पनि नोक्सान हो नि।’

निकासको सट्टा कानुनी जटिलता थपिँदै

यसअघि पनि गत असोज २२ देखि कात्तिक २० गतेसम्म शिक्षकहरूले पठनपाठन ठप्प बनाएर र ओपिडी सेवा बहिष्कार गरेर आन्दोलन गरेका थिए। त्यतिबेला प्रतिष्ठानका सिनेट सदस्यसमेत रहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसहित अन्य सिनेटर, कार्यकारिणी समिति सदस्यहरूको पहल र रोहबरमा शिक्षक, कर्मचारी दुवै पक्षसँग छुट्टाछुट्टै सहमति भएको थियो।

उक्त सहमतिमा पुस २ देखि अन्तर्वार्ता सुचारु गरेर पुस १५ भित्र सक्ने र सिनेट बैठकबाट रिजल्ट अनुमोदन गर्ने उल्लेख थियो। तर आफैंले पनि हस्ताक्षर गरेको उक्त सहमति कार्यान्वयन गर्न कामु उपकुलपति डा. कार्कीले आलटाल गरेपछि पुनः शिक्षक र कर्मचारीले पुस २९ गतेदेखि संयुक्त आन्दोलन थालेका हुन्।

कामु उपकुलपति डा. कार्कीले अन्तर्वार्ताको मिति तोक्न भन्दै रजिस्ट्रारलाई कार्यकारिणी समिति बैठक बोलाउन लगाए पनि उनी आफैं अनुपस्थित भएपछि शिक्षक, कर्मचारीहरूले राजीनामा माग गर्दै आन्दोलन चर्काए।

शिक्षक, कर्मचारीहरूले कामु उपकुलपति डा. कार्कीलाई प्रतिष्ठानमा निषेधित क्षेत्र घोषणा गरेपछि चारै पदाधिकारी निकास खोज्न भन्दै काठमाडौं गएका थिए। मेयर साम्पाङले उपकुलपति कार्यकक्षमा तालाबन्दीसमेत गरिदिए। पदाधिकारीहरूसँगै धरानका विभिन्न राजनीतिक दलका नेता पनि काठमाडौं पुगेर स्वास्थ्यमन्त्री, मुख्य सचिवलगायतसँग भेट गरेका थिए।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, मुख्य सचिव बैकुण्ठ अर्याल लगायतले पदाधिकारीहरूलाई कार्यकारिणी समिति बैठक राखेर निकास दिन निर्देशन दिएपछि अन्य तीन पदाधिकारी धरान आएका थिए। तर कामु उपकुलपति डा. कार्कीले प्रतिष्ठानलाई आफूलाई निषेधित क्षेत्र घोषणा गरेकाले बैठक काठमाडौंमा बोलाए।

यता आन्दोलनरत पक्षले कार्यकारिणी समिति बैठक प्रतिष्ठानमा राख्नुपर्ने भन्दै निषेधित क्षेत्र घोषणा गरेको ब्यानर हटायो, मेयर साम्पाङले पनि तालाबन्दी खोलिदिए।

प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले पनि कामु उपकुलपति डा. कार्कीलाई सिंहदरबार बोलाएर तत्काल धरान गएर कार्यकारिणी समिति बैठक बसाएर निकास दिन निर्देशन दिए। कार्की धरान फर्किए।
माघ ८ र ९ गते प्रतिष्ठानमा कार्यकारिणी समिति बैठक बसेर सिनेट बैठक माघ २९ गते बोलाउने निर्णय भयो तर अन्तर्वार्ताको मिति तोक्ने एजेन्डामा भने सहमति जुटेन। कामु उपकुलपति डा. कार्कीले मिति कार्यकारिणी बैठकले नतोक्ने भन्दै उक्त एजेन्डा सिनेट बैठकमा लैजाने अडान लिँदै बैठक बीचैमा छोडेर हिँडेका थिए।

यहीबीचमा माघ १० गते उच्च अदालत विराटनगरले लोकसेवा आयोगको सहभागिताबिना कर्मचारी भर्ना वा स्वतः बढुवा नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि बढुवा प्रक्रियाको विवाद थप जटिल बनेको छ।

अदालतको उक्त आदेशसँगै प्रतिष्ठानले पनि सोही दिन सूचना जारी गर्दै मुद्दाको टुंगो नलागेसम्म बढुवासम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगन भएको जनाएको थियो। बढुवा प्रक्रियाविरुद्ध सञ्जयकुमार मेहताले रिट हालेका थिए।

आन्दोलनरत शिक्षक, कर्मचारीहरू भने कामु उपकुलपति डा. कार्की र पत्नी भण्डारीकै योजनामा मुद्दा दायर भएको बताउँदै आएका छन्। बढुवा प्रक्रिया अदालतमा प्रवेश गरे पनि प्रतिष्ठानका शिक्षक, कर्मचारीहरूले आन्दोलन रोकेका छैनन्।

प्रजिअको पहलमा वार्ता तर जुटेन सहमति

आन्दोलनले लामो समय उपचार सेवा पनि प्रभावित भएको र विद्यार्थीहरूले समेत रिले अनशन थालेपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जयनारायण आचार्य शुक्रबार प्रतिष्ठान आएका थिए। उनकै पहलमा शनिबार करिब साढे ४ देखि राति ९ बजेसम्म चारै जना पदाधिकारी र आन्दोलनरत शिक्षक, कर्मचारी संयुक्त संघर्ष समितिसँग वार्ता भएको थियो।

वार्तामा सहमतिको खाका तयार भए पनि अन्तर्वार्ताको कार्यतालिकाबारे सहमति नहुँदा निष्कर्षमा पुग्न सकेन। ‘शिक्षकका तर्फबाट कार्यतालिका बनाएर जानुपर्छ भन्ने कुरा आयो। तर बढुवा प्रक्रियाबारे मुद्दा उच्च अदालतमा विचाराधीन भएकाले त्यो सम्भव भएन,’ प्रजिअ आचार्यले भने, ‘सहमतिको खाका तयार थियो तर उहाँहरूलाई थप छलफल र गृहकार्यका लागि समय दिने भनेर बैठक सकियो।’ यो मुद्दाको पेसी माघ २४ गतेलाई तोकिएको छ।

आन्दोलनतर पक्ष र व्यवस्थापनबीच आइतबार पुनः द्विपक्षीय छलफल भई हस्ताक्षर गर्ने गरी बैठक सकिएको प्रजिअ आचार्यले बताए। तर उनले भनेजस्तो आइतबार दिनभर आन्दोलनरत पक्ष र व्यवस्थापनबीच छलफल नै भएन।

शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेराज अहमद खानले २४ गतेको अदालतको आदेश जेजस्तो आए पनि सिनेट बैठकमा प्रस्ताव लैजाने र फागुनको मिति तोकेर अन्तर्वार्ता सुचारु गर्ने बुँदा उल्लेख गर्न माग गर्दा पनि कामु उपकुलपति डा. कार्कीले नमानेपछि सहमति नभएको बताए।

‘अहिले फागुनको कार्यतालिका बनाएर सिनेटबाट पास गराउँछु भन्ने लिखित प्रतिबद्धता गर्नुस् भन्दा पनि मान्नुभएन अनि कसरी सहमति हुन्छ?’ उनले भने।
यसैबीच प्रतिष्ठानका कामु उपकुलपति कार्कीले आइतबार अपिल जारी गर्दै उच्च अदालतमा मुद्दा विचाराधीन भएकाले अदालतको आदेश नै बाध्यकारी निर्देशन हुने उल्लेख गरेका छन्। साथै उनले विद्यार्थीहरूको पठनपाठन सुचारु गर्ने वातावरण बनाउन शिक्षक, कर्मचारीहरूसँग निरन्तर संवाद, पहल भइरहेको पनि बताएका छन्।

शिक्षक, कर्मचारीको बढुवालगायत महत्त्वपूर्ण विषयमा निर्णय गर्न माघ २९ गते सिनेट बैठक बोलाइएको भन्दै कामु उपकुलपति डा. कार्कीले पठनपाठन सुचारु गर्न पनि शिक्षकहरूलाई आग्रह गरेका छन्। 
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस