मिठो निद्रा कसरी?
२१ वैशाख २०७३
•
७ मिनेट पाठ
मिठो निद्रा कसरी?
हिरो निद्रा सबै प्राणीको लागि आवश्यक तत्व हो। मानिसलाई उमेर अनुसार दैनिक रुपमा कम्तीमा ६ घन्टा मस्त निद्रा चाहिन्छ। तर, पछिल्लो समयमा पनि विश्वव्यापी रुपमै मान्छे कम निदाउने वा निदाउन नसक्ने अनुसन्धानहरुले समेत प्रष्ट पारेका छन्। अनुसन्धानहरुले पछिल्लो समयमा विभिन्न कारणले मानिसको निद्रा विथोलिएको देखाएका छन्। आफ्नै र बाह्य कारणले गर्दा मानिसको निद्रा अनियमित हुँदै गएको छ। 

राम्रो निद्रा नलाग्नु र दीर्घकालीन रुपमा निद्रा नलाग्नुले बुढेसकालमा देखा पर्ने रोगहरु लाग्ने अनुसन्धकर्ताहरु बताउँछन्। यसले गर्दा दोस्रो खालको मधुमेह, उच्च रक्तचाप, मोटोपना, सम्झने शक्ति घट्दै जाने, बुढो देखिनेजस्ता स्वास्थ्य समस्या चाँडै देखा पर्ने अध्ययनहरु बताउँछन्।

'यदि तपाईं निकै थकित हुनुहुन्छ तर सुतिरहनुभएको छैन, तपाईंले गलत गरिरहनुभएको छ,' अनुसन्धाता भन्छन्। यस्ता विभिन्न कारणले गर्दा मानिसहरुले निद्रालाई असर पुर्या्इरहेको अध्ययनहरुले देखाएका छन्ः

१. घडी हेर्ने

सुतिरहेको बेला ब्युझेपछि घडी हेर्ने र निदाउन नसक्ने सबैभन्दा गाह्रो विषय भएको विशेषज्ञहरु बताउँछन्। 'म किन यति चाँडै ब्युँझे? फेरी सुतुँ कि नसुतुँ?', यस्ता प्रश्नहरुले गर्दा मानिसहरुको निद्रालाई असर गर्ने उनीहरुको दाबी छ।

२. उज्यालो कोठामा सुत्ने

उज्यालो कोठामा सुत्ने वा चम्किलो बत्ती बालेर सुत्नाले निद्रामा असर गर्छ। हाम्रो दैनिकी उज्यालो र अँध्यारोले नियमन गर्छ। अँध्यारोले हाम्रो मष्तिष्कलाई निद्रा लागेको महशुस गराउँछ भने उज्यालोले मस्तिष्कलाई ब्युझाउँछ। धेरै मानिसहरुका लागि उज्यालोभन्दा अँध्यारो कोठा सुत्नका लागि उपयुक्त हुने अध्ययनहरुले बताउँछन्।

३. अनियमित तालिका

हामी सबैको व्यस्त समयतालिका हुन्छ। तर हाम्रो सुत्ने र उठ्ने समय अनियमित भएमा निद्रामा समस्या देखा पर्छ। केही साताको अवधिसम्म सुत्ने र उठ्ने नियमित समय तालिका मिलाउने हो भने निद्रा एउटा तालिकामा आउँछ। यसले निद्राको गुणस्तर सुधार्ने मात्र नभई जीवनको गुणस्तर पनि सुधार्ने विशेषज्ञहरु बताउँछन्। ६ सातासम्म यसो गर्यो भने फरक महसुस गर्ने उनीहरु बताउँछन्।

४. धेरै मात्रामा क्याफिन पिउने

बेलुका ८ बजे कफी खाएर मस्त निदाउन सक्ने निकै कम मानिस हुन्छन्। सामान्यतयाः मानिसलाई धेरै जसो क्याफिन प्रशोधन गर्न आठ देखि १० घन्टाको समय लाग्छ। यदि कसैलाई निद्रामा कठीनाई छ भने, कफीको अन्तिम कप मध्याह्न १२ बजेभित्रै लिनुपर्छ।

५. टेलिभिजन हेर्ने, वा ट्याब्लेट वा फोनमा व्यस्त रहने

उज्यालो प्रकाशले हाम्रो सुत्ने व्यवहारमा असर गरेजस्तै टेलिभिजन, ट्याब्लेट, ल्यापटप वा स्मार्टफोनको चम्किलो स्त्रि्कनले पनि सुत्ने बानीमा असर गर्छ। यदि तपाईंले टेलिभिजनमा केही हेर्दै हुनुहुन्छ भने त्यसले तपाईंको प्राकृतिक तनावको मात्रा बढाउन सक्छ। विशेष गरी फिल्म वा थि्रलर हेर्दा, त्यसले हाम्रो मानसिक अवस्थामा परिवर्तन ल्याउँछ। स्मार्टफोन वा ट्याब्लेटको पनि त्यस्तै हो। विशेष गरी सामाजिक सञ्जालको प्रयोग बढ्दै जाँदा त्यसले निद्रामा असर गरिरहेको हुन्छ। विशेषज्ञहरु शयन कक्षलाई 'नो टेक्नोलोजी जोन' बनाउने प्रयास गर्न सुझाउँछन्।

६. सुत्ने बेला तरल पदार्थ पिउने

सुत्ने बेलामा मदिराजन्य र अन्य पदार्थ पिउनाले पनि निद्रालाई असर गरेको हुन्छ। कसैलाई मदिरा पिउनाले राम्रो निद्रा पर्छ भन्ने भ्रम रहेको हुन्छ। तर, यो सत्य होइन।

७. बेलुकाको खाना ढिलो खाने

समयमा निद्रा नपर्नुको अर्को कारण बेलुकाको खाना ढिलो खानाले हो। यदि तपाईंलाई निद्रामा समस्या छ भने, डिनर चाँडै खानुहोस्। खाना खानासाथ सुत्नु पनि स्वास्थ्यका लागि राम्रो नहुनाले बेलुकाको खानेकुरा चाँडो खानु राम्रो हुन्छ।

८. हल्लामा सुत्ने

हल्ला भनेको सवारी साधनको आवाज, रोइरहेको बच्चा वा छिमेकमा भएको हल्ला हुन सक्छ। यसले गर्दा मस्त निद्रामा असर गरेकेा हुन सक्छ। त्यसैले, सुत्ने बेला सकेसम्म हल्लाबाट टाढा रहनु राम्रो हुन्छ। यदि हल्लाबाट टाढा रहन सम्भव भएन भने कानमा केही लगाएर सुत्दा राम्रो हुन्छ ।

९. तातोमा सुत्ने

जाडो महिनामा हिटर वा इलेक्ट्रिक ब्ल्याङ्केट चलाएर सुत्नाले पनि निद्रामा समस्या हुन सक्छ। धेरै तातोभन्दा ठिक्कको तापक्रम भएको बेडरुम उपयुक्त हुने अनुसन्धाताहरु बताउँछन्। बेडरुमको तापक्रम १५ देखि १९ डिग्री सेल्सियस हुनु राम्रो मानिन्छ। 
अर्को समाचार
निद्रा नलाग्ने समस्या, सुधार गर्ने केही तरिका
२० माघ २०७४
•
७ मिनेट पाठ
निद्रा नलाग्ने समस्या, सुधार गर्ने केही तरिका
डा. कपिलदेव उपाध्याय 

वरिष्ठ मनोचिकित्सक 


राति मिठो निद्रा लाग्यो भने बिहान उठेपछि मुड फ्रेस हुन्छ, एक किसिमको आनन्दको अनुभूति हुन्छ, अहाँ क्या मिठो निद्रा भन्ने र दिनभरि आफ्नो काममा जुट्ने जाँगर चल्छ। हुन पनि दिनभरिको कामको थकाइलाई मेट्न, शरीरलाई आराम दिन र शरीरलाई तन्दुरुस्त राख्न निद्रा धेरै महत्वपूर्ण छ। 

निद्रा नलाग्ने समस्या लिएर अस्पताल, नर्सिङ होम वा ल्किनिक धाउने मानिस सायद प्रशस्तै छन्। कति जनाले त औषधी पसलबाटै निद्राको औषधी खाएको, त्यसले काम नगरेपछि मात्र जँचाउन आएको भन्ने कुरा पनि बताउँछन्। निद्रा नलाग्ने समस्याले मुख्य त दुईवटा डर उनीहरुमा भएको मैले पाएँ। पहिलो, यो कुनै नराम्रो रोगको लक्षण हो कि ? भन्ने डर र दोस्रो निद्राको औषधी खाएपछि सधैँभरि खाने बानी पर्छ त्यसकारण खानु हुँदैन भन्ने डर। 

जहाँसम्म कुनै रोग लागेर हो कि मलाई यस्तो भएको भन्ने डर हुँदा पनि पनि निद्राको समस्या हुन सक्छ, रोग लाग्दा चिन्ता, दुखाई, डर, मानसिक तनाव आदि कारणले निद्रा नलाग्न सक्छ। कुनै रोग नलाग्दा पनि विभिन्न कारणले मानसिक तनाव हुने र त्यसका कारण निद्रा नलाग्ने हुन सक्छ। यी बाहेक लामो हवाई यात्रा गरेर आफू बसेको ठाउँ र नयाँ ठाउँको समयमा धेरै फरक भए पनि केही दिन निद्रा लाग्न कठिन हुन्छ। निद्रा नलाग्ने समस्या पनि विभिन्न किसिमका हुन्छन्। बेलुका सुत्न लागेपछि १/२ घण्टासम्म निद्रा नलाग्ने या २ देखि ३ घण्टा निदाएपछि निद्रा खुल्ने र फेरि निद्रा नलाग्ने। राति निद्रा खुले पनि फेरि सजिलै निद्रा लाग्छ भने यो कुनै समस्या भने होइन। 

कति घण्टा सुत्नु राम्रो हुन्छ भन्ने कुरा गर्दा कसैलाई छ घण्टा सुत्दा निद्रा पुग्ने रहेछ र कसैलाई नौ घण्टा सुत्नु पर्दो रहेछ। तर प्रायः जसोलाई सात घण्टा सुत्दा निद्रा पुग्छ अर्थात् हरेक व्यक्तिमा निद्राको आवश्यकता फरकफरक हुन सक्छ। औसतको कुरा गर्दा सात घण्टा सुत्नु राम्रो हुन्छ। त्यस्तै गरेर भर्खरै जन्मेको बच्चा अधिकांश समय निदाएको हुन्छ भने केटाकेटीलाई पनि निद्राको आवश्यकता बढी हुन्छ। 

यदि कुनै रोग नलाग्दा पनि निद्रामा समस्या देखिएको हो भने निम्न तरिका अवलम्बन गर्दा निद्रामा सुधार आउनेछ। 

दिउँसो के गर्ने र के नगर्ने ?

- दिउँसो नसुत्ने, दिउँसो केही समय मात्र सुत्यो भने पनि राति छिटो निद्रा लाग्दैन। 

- बिहान र बेलुकाको समयमा केही शारीरिक परिश्रम गर्ने यसले शरीरमा स्फूर्ति जगाउँछ। 

- कफी, कडा चिया वा कोकाकोला जस्ता पदार्थहरु बेलुका नपिउने।

राति सुत्न जानुभन्दा पहिले के गर्ने र के नगर्ने ?

- छिटो सुत्न नजाने। धेरै छिटो सुत्न गयो भने गहिरो निद्रा पर्दैन। सुत्न जाने उपयुक्त समय भनेको राति १० बजेदेखि १०.३० बजेसम्म हो। 

- निदाउनका लागि मदिरा नपिउने। रक्सी पिउने गर्दा पनि गहिरो निद्रा नपर्ने र बेलाबेलामा निद्रा खुल्ने हुन्छ। 

- सुत्न जानुभन्दा पहिले चुरोट/सुर्ती सेवन ग-यो भने मस्तिष्कमा एक प्रकारको उत्तेजना बढाउँछ र निद्रा आउन बाधा पार्छ। सुत्न जानुभन्दा १/२ घण्टा अगाडि यस्ता पदार्थ प्रयोग नगर्दा निद्रा आउन सहज हुन्छ।  

- भोकै सुत्नु राम्रो हुँदैन। पेट भोको भयो भने निद्रा लाग्दैन, सुत्नुभन्दा अगाडि धेरै पानी पियो भने पनि पिसाब लागेर उठिरहनुपर्ने हुन्छ र निद्रामा गडबडी आउँछ। 

- नियमित शारीरिक व्यायाम स्वास्थ्यका लागि राम्रो हुन्छ।  त्यसले निद्रा पर्न पनि सहयोग हुन्छ तर एकदमै बढी शारीरिक व्यायाम गर्नु भने हुँदैन। 

- लेख्ने, पढ्ने वा कम्प्यूटरमा काम गरिराख्नु भएको छ भने सुल्नुभन्दा पहिले करिब आधा घण्टा जति काम गर्न छोड्नुहोस् र रिल्याक्स गर्नुस्।

- सकभर निद्राका लागि औषधी प्रयोग नगर्नु राम्रो हुन्छ। औषधी प्रयोग नगरी नहुने भए एक हप्ता वा त्योभन्दा बढीका लागि प्रयोग गर्नु हुँदैन। 

- सुत्नुभन्दा पहिले मनतातो दूध पिउँदा निद्रा लाग्न मद्दत हुन्छ। 

- सकिन्छ भने सुत्नुभन्दा एक डेढ घण्टा पहिले मन तातो पानीले नुहाउँदा पनि शरीर रिल्याक्स हुन्छ र निद्रा आउन सहयोग गर्छ। 

- बेलुका निद्रा लागेपछि सुत्ने र बिहान निद्रा खुलेपछि उठ्ने नियमित गर्नेहरुमा निदाउने र निद्राखुल्ने ठीक समय (साइकल) हुन्छ। सधैँ करिबकरिब एउटै समयमा सुत्ने र एउटै समयमा उठ्ने गर्दा निद्रामा प्रायः समस्या आउँदैन। तर सधैँ सुत्ने र उठ्ने समय फरक गरिरहँदा निद्रा लाग्ने र बिहान जाग्ने समय (साइकल) बिग्रिन्छ। एउटै समयमा सुत्ने भन्नाले एकदम घडी मिलाउनु भने पर्दैन, भनौ १० बजे सुत्ने प्लान छ भने आधा घण्टा अघि वा आधा घण्टापछि हुँदा फरक पर्दैन तर कहिले १० बजे कहिले १२ बजे वा कहिले १ बजे सुत्न लाग्यो भने सुत्ने उठ्ने ठीक समय (साइकल) बिग्रिन्छ। धेरै मानसिक तनाव भएर वा विभिन्न रोग लागेर निद्रा नलागेको हो भने तनाव घटाउने र रोगको उपचार गर्नेतर्फ लाग्नु पर्छ। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस