सन् २०१६ ले विश्वमा निम्त्याएका प्रसंग
१७ पौष २०७३
•
१५ मिनेट पाठ
सन् २०१६ ले विश्वमा निम्त्याएका प्रसंग
दिलीप शर्मा




काठमाडौँ-विश्व राजनीतिककर्मीका लागि सन् २०१६ मा उनीहरुकोे अतुलनीय योगदानका कारण आफ्नो देशको परिवर्तन सम्भव भएको जस्तो लाग्न सक्छ तर यथार्थमा भने उनीहरूको सफलताको पछाडि कैयौं बलिदानी, सयौंको निरन्तर योगदान र इमान्दार लगनशीलता भने पक्कै थियो । कसैले समाज परिवर्तनको लागि आफ्नो जीवनलाई नै सङ्कटमा पारे, कतिले जीवन नै गुमाए भने कतिले राष्ट्रको इमान्दार सपुत बन्नका लागि निरन्तर खटे यसलाई सन् २०१७ ले विर्सिने छैन ।

अमेरिकी राजनीतिमा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पको विजय होस वा बेलायती नेतृत्वमा थेरेसा मेको उदय वा यस वर्षको नोवेल शान्ति पुरस्कार विजेता कोलम्वियाली राष्ट्रपति जुवान म्यानुयल सान्तोस उनीहरुका पछाडि थुप्रै व्यक्तिको योगदान रहेको छ ।

रिपव्लिकन नेता ट्रम्पको विजयमा यसका हजारौँ नेता तथा लाखौँ कार्यकर्ता र शुभचिन्तकको भूमिकालाई बिर्सनु उनीहरू प्रतिको अपमान हुन्छ । थेरेसा मेको सफलतापछि अन्य कन्जर्भेटिभ पार्टीको योगदानलाई विर्सनु वा कोलम्वियाली राष्ट्रपतिको यहाँको विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याउने कुरासँग विद्रोहीको वर्तमान सत्तासँग मिलेर अघिवढ्ने लामो सङ्घर्षपछिको सोचले मद्दत अवश्य गरेको छ ।

तर कुरा के हो भने अमेरिकी राजनीतिमा अप्रत्याशितरुपमा उदीयमान व्यक्तित्व ट्रम्पले अमेरिकी प्रशासन सम्हालेपछि लिने दिशाले अमेरिकाको अन्तरराष्ट्रिय छविमा आउने दिनमा कस्तो असर पार्ला वा आगामी दिनमा अमेरिकी राजनैतिक एवम् आर्थिक नीति कस्तो हुनेछ । सवैको कोतुहलताको विर्षय बनेको छ । बेलायतको यूरोपियन यूनियनबाट हुने बहिर्गमनले बेलायत, लामो समयदेखि वेलायतको श्रम बजारमा आश्रित केही गरिब यूरोपेली मुलुकमा कस्तो प्रभाव पार्नेछ वा यूरोपमा यसको प्रभाव कस्तो रहने छ भन्ने कुरालाई सम्पूर्ण विश्वले हेरेको छ ।

अमेरिकी राष्ट्रपतिमा ट्रम्पको आगमनले त विश्वलाई नै तरङ्गित पारेको छ । ट्रम्पबाट निर्वाचनका समय आप्रबासी, व्यवसायिक, तथा नयाँ उत्पादनको विषयलाई लिएर उठाइएका प्रसङ्गले विश्वका विभिन्न भागबाट त्यहाँ पुगेका जो कोहीलाई पनि तर्साएको छ । यद्यपि निर्वाचनका समय नेताहरूले राष्ट्रियताका सवाललाई उठाएर हुन्छ वा विकासका प्रसङ्ग जोडेर हुन्छ मतदातालाई आकर्षित गर्ने विश्वव्यापी प्रचलननै छ । ट्रम्पको अभियानलाई यसै विषयसँग जोडेर विश्लेषकहरुले व्याख्या गर्ने गरेको पनि पाइन्छ ।

अमेरिकी प्रशासनलाई दश वर्षसम्म सम्हालेका वर्तमान् राष्ट्रपति बाराक ओबामाले ट्रम्पको अमेरिकी राष्ट्रपतिमा भएको विजयपछि विश्वसमुदायले अमेरिकाले आगामी दिनमा अख्तियार गर्नसक्ने भनी चलेका हल्लालाई लिएर चासो व्यक्त गर्ने गरेको भनी हालै प्रकाशित ‘द वे अहेड’ नामक द इकोनोमिस्टमा प्रकाशित लेखमा बताएका छन्। चासो स्वभाभिक छ किनकी विश्वभरिका नागरिक ट्रम्पका अनियन्त्रित तथा उत्तेजनात्मक चुनावी भाषणबाट तर्सिएका छन् ।

अन्य देशमा भन्दा आप्रबासी जनशक्ति, व्यापार र प्राविधिक उत्पादनबाट बढी फाइदा लिन सफल राष्ट्रमा एक्कासी देखिएको आप्रबासी विरोधी, उत्पादन विरोधी संरक्षणवादले यस पहिले अमेरिकीको मानसपटलमै नरहेको विकृतिलाई कसरी अनुसरण गर्न थाल्यो भनी आफुमाथि प्रश्न गरिन थालेको उनले बताएका छन्। वर्तमान अमेरिकी राष्ट्रपतिमाथि अमेरिकास्थित नेपाली आप्रबासीको पनि यिनी र यस्तै प्रश्न रहनु स्वभाविक हो । किनकी नवनिर्वाचित राष्ट्रपतिले भनेका आप्रवासी सम्वन्धि नीति लागु गरियो भने यसबाट अमेरिकामा बस्ने हजारौं नेपाली पनि प्रभावित वन्नेछन् । यो चासो अन्य मुलुकका लागि पनि सही देखिन्छ ।

अहिलेको अमेरिकी राजनैतिक परिवर्तनले विश्वलाई केही निराश बनाएको छ यद्यपि अमेरिका करिब दुई शताव्दीदेखि आर्थिक तथा सामाजिक प्रगतिको प्रशंसनीय स्रोत भएको छ, अमेरिकी राष्ट्रपतिले भनेका छन्।

विश्वव्यापीरुपमा आर्थिक मन्दी छाइरहेको र त्यसको असर अमेरिकामा पनि देखिन सुरु गर्दैगर्दा वर्तमान राष्ट्रपति ओबामाको आगमन भएको थियो । आफ्नो दुई कार्यकालमा ओबामा प्रशासनले अमेरिकी अर्थतन्त्रलाई थप विग्रनबाट जोगाउन सफल रहेको र यसले बाँकी विश्वलाई पनि आशाबादी तुल्याएको वर्तमान अमेरिकी राष्ट्रपतिको दावी छ ।

ट्रम्पले अमेरिकामा ‘गैरकानूनी’रूपमा रहेका झन्डै एक करोड १० लाख विदेशीलाई कानूनी दायरामा ल्याउने, सीमा क्षेत्रमा कडाई गर्ने, आप्रबासीहरूको अमेरिका प्रवेशलाई कानूनी आधारमा मात्र प्रवेश दिने कुराले खासगरी पुरातनबादी अमेरिकीलाई आकर्षण ग¥यो ।

संसारकै शक्ति राष्ट्र भएको कारण यसको आर्थिक तथा राजनीतिक प्रभावले विश्वलाई तरङ्गित पार्छ नै । त्यसैले अनपेक्षितरुपमा ट्रम्प आएपछि उनले लिने नीतिले अब संसारलाई के कसरी छुने हो भन्ने कौतुहलतापूर्ण चर्चा अहिले पनि छ । सायद उनले आफ्नो कार्यभार सम्हालेपछिको केही महिनासम्ममा उनको कार्यशैलीले यो चासोलाई कुनै न कुनै रुपमा बताउला नै । आशा गरौ ।

बेलायतले युरोपेली युनियन छोड्ने निर्णय र बेलायतको राजनीतिमा थेरेसा मेको आगमन सन् २०१६ को अकल्पनीय परिणाम थियो । तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनले करिब छ वर्र्षसम्म बेलायतको नेतृत्वमा रहेर पनि त्यहाँका जनताले उनलाई कति पत्याउछन् भन्ने सही आँकलन गर्न नसक्दा वा बेलायती नागरिकले युरोपेली युनियन छोडन चाहन्छन कि चाहदैनन् भन्ने बुझ्न सकेको भए सायद उनी जनमत सङ्ग्रह गर्दैनथे की ? केन्द्रमुखी राजनीतिले उनलाई असफल सावित तुल्यायो । बेलायतले युरोपेली युनियन छोड्नुपर्छ भन्ने पक्षमा ५२ र छोड्नुहुदैन भन्ने पक्षमा ४८ प्रतिशत बेलायती जनाताले मत व्यक्त गरे ।

जनमत संग्रहको परिणाम उनका लागि दुर्भाग्यपूर्ण त सावित भयो नै । यसले बेलायती जनता उद्योगी तथा ब्यापारीलाई अन्योलमा धकेलिदिएको छ । झन्डै आधा जनताले बेलायत इयूमा नै रहनुपर्ने धारणा ब्यक्त गरेपनि खासमा उनीहरुको हार भयो । यसमा क्यामरुनले फरक बाटो लिएको भए सायद यो अस्तव्यस्तता हुने थिएन ।

सन् २००९ तिर विश्वमा देखिएको आर्थिक मन्दीले युरो क्षेत्रलाई कैयौं वर्षसम्म सतायो । ग्रीस लगायतका केही मुलुक अझै त्यसको प्रभावबाट पार पाउन सकेका छैनन् । ग्रीस, पोर्चुगल स्पेन र बेल्जियम लगाएतका केही युरोपेली राष्ट्र अहिलेपनि आर्थिक सङ्कटको सामना गरिरहेका छन् ।

मध्यपूर्वी केही मुलुक सिरिया, यमन, इराकलगायतले अघिल्ला वर्र्ष झै सन् २०१५ मा पनि द्वन्द्वको सामना गर्नु प¥यो । द्वन्द्वग्रस्त यी मुलुकले आफ्नो अर्थतन्त्र सुधारका लागि सोच्ने त के द्वन्द्वको भुमरीबाट आफुलाई बाहिर तान्न समेत पाएका छैनन् ।

कोलम्विया लगायतका केही दक्षिण अमेरिकी मुलुक तथा अष्ट्रेलियामा पनि वैज्ञानिकद्वारा अलनिनो नाम दिइएको मध्यप्रशान्त महासागरिय क्षेत्रको तातो पानी पूर्वतिर विस्तारित हुँदै उत्तर र दक्षिण अमेरिकातिर लाग्दा आएको खडेरीले उक्त क्षेत्रलाई नराम्ररी प्रभावित पा¥यो । यसले केही यस क्षेत्रका मुलुकमा भोकमरी कै स्थिति पैदा ग¥यो । कतिपय मुलुकले आफ्ना नागरिकलाई बचाउन यस क्षेत्रमा प्रशस्त रूपमा पाइने खालका वन्यजन्तुलाई मारेर खाद्यान्नको चरम अभावबाट टाढा राख्ने प्रयास गरे भने ती देशमा आर्थिक उन्नतिका लागि न्यून कामहरु मात्रै भए ।

टर्कीमा भएको असफल सैनिक कूले यस देशको ध्यान आर्थिक गतिविधिभन्दा बढी आन्तरिक सुरक्षामा खर्चिनुप¥यो । गएको जुलाई १५का दिन टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगान बिदामा रहेका बेला त्यहाँको सेनाले असफल कू को प्रयास ग¥यो ।

सेना रातिको समय पारेर सडकमा ओर्लियो र जथाभावी आक्रमण ग¥यो । सरकारी टेलिभिजन नियन्त्रणमा लियो, सैनिकलाई नियन्त्रणमा लियो र सत्ता लिएको प्रचार ग¥यो । सेनाको एक टुकडीले गरेको यो प्रयास सफल भएन । तर यसपछि टर्कीका हजारौंको सङ्ख्यामा कर्मचारी, सेना, प्राध्यापक, शिक्षकलगायतले जागिरबाट हात धुनुप¥यो । ठूलो सङ्ख्यामा जेल जानुुप¥यो । त्यस्तै कम्तीमा पनि ५० हजार जनाले जागिरबाट हात धुनुप¥यो भने २०० जनाभन्दा बढीले ज्यान गयो । त्यो प्रयास असफल भयो र त्यस प्रयासमा सम्लग्न सेनाहरु पनि सयौं जना जेलमा तानिए त सयौंले सुरक्षाका लागि शरण पाउन अझै आग्रह गरेका खबर अन्तर्राष्ट्रिय माध्यममा आउने गरेका छन् ।

सिरियामा विगत केही वर्र्ष यता आर्थिक विकासका एजेण्डाले सरकारको ध्यान नै तान्ने गरेको छैन । राज्यको चिन्तन केवल भोली कति हतियार बनाउने वा भित्राउने भन्नेमा केन्द्रित भएको छ ।) द्वन्द्वले हजारौ वर्र्ष पहिलेदेखि बनेका संरचना नासिएका छन् । सिरियामा गएका छ वर्षदेखि वर्तमान् द्वन्द्वको सुरुवात भएपनि सन् २०१५मा धेरै नागरिकले ज्यान गुमाए । वर्षको सुरुवातमै अर्थात् सन् २०१६ फेब्रुअरी २७ मा रसिया र अमेरिकाले सिरियाको बारेमा संयुक्त युद्धविराम प्रस्ताव ल्याए र त्यसमा समर्थन गर्ने भए । त्यसले अब सिरियामा शान्ति स्थापना हुने भयो भन्ने आशालाई संसारभरी जाग्योे । तर केही समयपछि मुलुक पुरानै हिंसाको बाटोमा फर्कियो । पाँच वर्षदेखि हिंसाको चपेटामा परेका सिरियाली जनताको आशाको दियो धेरै बलेन र पुनः उही हिंसा सुरु भयो । अहिले पनि सिरियाको हिंसा संसारमै चहराएको छ ।

गत बिहीबार टर्की र रसियाको पहलमा सिरियामा द्वन्द्वरत सरकार र विद्रोही प्रतिपक्षबीच युद्धविराम सम्भौता भएको छ । यसले सिरिया द्वन्द्वलाई समाधान गरोस् सिरिया लगायत विश्वभरिनै शान्तिको दियो बलोस् । यही आशा राखौं । रासस (विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)
अर्को समाचार
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
१० घण्टा अघि
•
१ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतमा लोकप्रिय बोतलबन्द पानी ब्रान्ड बिस्लेरीको नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएपछि खाद्य नियामकले कारबाही अघि बढाएको छ।




भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको दोस्रो घटना हो।

रोयटर्सका अनुसार अगस्ट १२ को सूचनाअनुसार नियामकले कम्पनीलाई प्रभावित ब्याचको बिक्री रोक्न निर्देशन दिएको थियो। नमूनाको पुनः परीक्षण गर्दा पनि कोलिफर्म ब्याक्टेरिया भेटिएको सरकारी अधिकारीले बताएका छन्।

बिस्लेरीले भने सरकारको निर्देशनअनुसार अगस्टमै सम्बन्धित ब्याच बजारबाट फिर्ता बोलाएको जनाएको छ। कम्पनीका अनुसार नियामकका प्रयोगशालाले नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएको रिपोर्ट दिएका थिए। तर, कम्पनीले आफ्नै तर्फबाट गराएको स्वतन्त्र परीक्षणमा उक्त ब्याचको पानी खाद्य सुरक्षा मापदण्डअनुसार सुरक्षित पाइएको दाबी गरेको छ।

‘नियामक र स्वतन्त्र परीक्षणको नतिजामा देखिएको भिन्नताबारे गहिरो समीक्षा आवश्यक छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ। साथै, वास्तविकता पत्ता लगाउन एफएसएसएआईसँग सहकार्य जारी राख्ने पनि जनाएको छ।

बिस्लेरीका भारतभर १३० उत्पादन प्लान्ट र पाँच हजार ९८० वितरक छन्। भारतको प्याकेज गरिएको पिउने पानी बजारमा अग्रणी रहेको कम्पनीले पेप्सीको, कोका-कोला, टाटा र रिलायन्सजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्दै आएको छ।

बिस्लेरीको पानीमा समस्या देखिएपछि एफएसएसएआईले सबै राज्यलाई प्याकेज गरिएको पिउने तथा खनिज पानीको नियमित निरीक्षण र नमूना परीक्षण बढाउन निर्देशन दिएको छ। मापदण्ड पूरा नगर्ने कम्पनीमाथि आवश्यक कारबाही गर्न पनि भनिएको छ।

यसअघि पनि बिस्लेरीको पानीको नमूना असुरक्षित भेटिएपछि नियामकले कानुनी प्रक्रिया अघि बढाएको थियो। दोष प्रमाणित भए कम्पनीले जरिवाना र जेल सजायसमेत भोग्नुपर्ने हुन सक्छ। भारतमा पछिल्लो समय खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ठूला कम्पनीमाथि नियामक निकायले निगरानी र कारबाही बढाएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस