क्युबामा अमेरिकाको नयाँ नीतिले हलचल
०२ माघ २०७३
•
१४ मिनेट पाठ
क्युबामा अमेरिकाको नयाँ नीतिले हलचल
दिलीप शर्मा




काठमाडौं–आधा शताब्दीभन्दा बढी रहेको अमेरिका र क्युबाको कटुताले पछिल्ला दिनमा आइपुग्दा बिस्तारै सहज हुँदै जान थालेको छ ।  लामो समयसम्म विगे्रको सम्वन्ध सुधारका लागि अमेरिकी राष्ट्रपति बाराक ओबामाले करिब दुई वर्ष पहिले क्युवामाथि लगाउदै आएको आर्थिक नाकाबन्दी हटाउने निर्णयपछि अमेरिका र क्युबाका विदेश मन्त्रालयका अधिकारीबीच छलफल भयो ।

पहिलो चरणका वार्तामा अमेरिकी प्रशासनले क्युबामा मानवअधिकारको अवस्थाबारे बढी चासो व्यक्त ग¥यो भने क्युवाले आफूविरुद्ध अमेरिकाले लगाउदै आएको आर्थिक नाकावन्दीलाई विशेष महत्व दियो । लामो समयसम्म सम्वन्धविच्छेद गरेका दुई मुलुकबीच एक अर्काको कमजोरी औल्याउने गरी वार्ता हुनु नै दुई देशको सम्वन्ध सुधारका लागी सकारात्मक पाटो थियो । अधिकारीहरुले वार्ता सौहार्दपूर्ण र सम्मानजनक अवस्थामा टुङ्गिएको बताउँदै थप चरणका वार्ता गर्ने सहमतिका साथ वासिङटनतर्फ फर्किए । वार्तामा अमेरिकाले सहायक विदेशमन्त्रीलाई पठाएको थियो । केही महिनाको प्रयासपछि थप चरणका वाता गरिए ।

कुटनीतिक सम्वन्धलाई सुधार्दै लाने प्रतिवद्धता अनुकुल नै सन् १९६१ जनवरी ४ मा हटाइएको अमेरिकी झण्डालाई क्युबामा राख्ने सहमति भयोे । सन् २०१५ को अगस्त १४ मा अमेरिकी विदेशमन्त्री जोन केरी क्युबा पुगे र अमेरिकी दूतावासमा झण्डोत्तलनको नेतृत्व लिए । यस अवसरलाई अमेरिकी तथा क्युबाली जनताले विशेष महत्वका साथ लिए । सन् १९४५ पछि अमेरिकाबाट क्युबा भ्रमण गर्ने केरी पहिलो विदेशमन्त्री थिए ।  

अमेरिकी राष्ट्रपति बाराक ओबामा र राहुल क्यास्ट्रोबीच सन् २०१४ को डिसेम्बरमा अमेरिकी शिखर सम्मेलनमा भएको संक्षिप्त भेटवार्ता क्युवा र अमेरिकाबीचको सम्वन्ध सुधारका लागि शुभ साइत थियो । ओबामा ८८ वर्षपछि क्युबा भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति भए । उनले आफ्नो तीन दिने क्युबा भ्रमणमा क्युबाका पूर्वराष्ट्रपति तथा क्युबाली क्रान्तिका नायक फिडेल क्यास्ट्रोसँग त भेट्ेनन् । तर, उनका भाइ तथा वर्तमान् राष्ट्रपति राहुल, लगायतका उच्च पदस्थ क्युबाली अधिकारीलाई भेटेका थिए । हभानामा रहँदा उनले क्युबाली जनतालाई प्रजातन्त्र र मानवअधिकारलगायतका कुरामा जागृत हुनुपर्छ भनी दिएको सुझावलाई लिएर फिडेल क्यास्ट्रोले क्युबाको जनताको अधिकारबारे ओबामालाई सल्लाह दिन आवश्यक नभएको भनी ओबामालाई आलोचना पनि गरेका थिए ।

तर क्युबा र अमेरिकाले सम्वन्ध सुधार गर्दै अघि बढ्ने कुरामा बर्तमान् अमेरिकी प्रशासन दृढ रहिरह्यो । धेरै चरणमा भएका वार्तासँगै शुक्रबार अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिका आउने क्युबाली प्रवासीलाई एक वर्ष पछि कानूनीरुपमा स्थायी निवासी बन्न अनुमति दिने दुई दशक पहिलेको ‘वेट फुट, ड्राई फुट’ नीतिको अन्त्य गरेका छन् ।  राष्ट्रपति ओबामाले आफ्नो कार्यकालका अन्तिम समयमा गरेको यो निर्णय लागू हुने कुरामा शंका देखिन्छ किनकि कतिपय निर्णय अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले उल्टाउन पनि सक्छन् ।

शुक्रबार क्युबा सरकारको ‘वेट फुट, ड्राई फुट’ नीतिको अन्त्य भएको घोषणा गर्दै क्युबासँगको सम्वन्ध सामान्य गर्न र आफ्नो आप्रवासन नीतिलाई बढी स्थिर गर्न महत्वपूर्ण हुने सो कदम कदम उठाइएको बताएका छन् ।  अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले ल्याएको ‘वेट फुट, ड्राइ फुट’ नीतिअनुसार समुद्रमा पक्रिएका क्युबालीलाई फिर्ता पठाउने र समूद्र पार गरी अमेरिका प्रवेश गरेका क्युबालीलाई त्यहाँ बसोबास गर्न दिने र एक वर्षको बसाइपछि नागरिकता दावी गर्न पाउने प्रावधान छ । उनीहरुलाई अमेरिका पुग्ने आप्रबासी कोटा अन्तर्गत नराखिने व्यवस्था छ ।

राष्ट्रपति ओबामाले एक विज्ञप्ती जारी गरी तत्कालै लागू हुनेगरी सो निर्णय गरिएको बताएका छन् । निर्णयले अव अमेरिका पुग्ने क्युवाली नागरिकलाई ड्राई फुट वेट फुटले व्यवस्था गरेअनुसार अमेरिकामा बस्ने अनुमति खारेज हुनेछ । अधिकांश क्युबाली मुलका अमेरिकी जनता जसले हालैको निर्वाचनमा समय अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई मतदान गरे उनीहरुलाई भने बेखुसी तुल्याएको छ । पक्कै ट्रम्प प्रशासनले पनि यस विषयलाई सहज स्वीकार गर्ने छैन ।

यद्यपि यो निर्णयलाई क्युबा सरकारले विहीबार स्वागत गर्दै यसलाई दुईपक्षीय सम्वन्ध सुधारका लागि महत्वपूर्ण कदम भनेको छ । अमेरिकी ड्राई फुट वेट फुट नीतिका कारण लाखौं दक्ष तथा प्रतिभाशाली क्युबाली युवा सजिलोसँग कमाई गर्न र अमेरिकी भोगविलासका लागि अमेरिका पलायन भएको र यसले क्युबाको आर्थिक विकासमा समस्या ल्याएको हभानाको बुझाइ छ ।  

यसैबीच अमेरिकामा क्युबाली मुलका अमेरिकी जनसंख्या प्रभावशाली राजनैतिक, सांस्कृतिक र आर्थिक शक्ति बनेको छ । हालका दिनमा कानूनीरुपमा अमेरिका बस्दै आएका रिपव्लिकन पार्टीका तर्पmबाट गत वर्षको अमेरिकी राष्ट्रपतिका उम्मेदवार मार्को रुवियो र टेड क्रुजसहित क्युबाली मुलका अमेरिकीको संख्या १८ लाखभन्दा बढी छ ।

क्युबाली विषयले अमेरिकी निर्णयमा महत्वपूर्ण मानिने फ्लोरिडासँग गासिएको छ । हभानामाथिको आर्थिक नाकाबन्दी हटाउने निर्णय होस् वा क्युबाका लागि अख्तियार गरिन लागेको आप्रवासन नीति दुवै कुराले यहाँका राजनितिज्ञलाई चिन्तित तुल्याउने छ । तर आप्रवासन सम्वन्धि नीति अमेरिका र क्युबाबीचको सम्वन्धमा देखिएको क्रमिक सुधारपछि क्युबाको वलमा ल्याइएको दस्तावेज हो ।

ओवामाको क्युबा भ्रमणपछि यो नीतिमा परिवर्तन हुने अपेक्षा गरिएको विषय थियो ।   यसैबीच हालै फ्लोरिडाबाट निर्वाचित सिनेटर रुवियोले ओबामाद्वारा ल्याइएको नीतिलाई असफल क्युबा नीतिका रुपमा चित्रण गर्दै निर्णयलाई निरर्थक भनेका छन् । उनले एक हप्तापछि परिवर्तन हुने नयाँ अमेरिकी प्रशासनले यसलाई खारेज गर्ने विश्वास व्यक्त गरे। उनले क्युबाली राष्ट्रपति राहुल क्यास्ट्रोको प्रभावमा यो नीति ल्याइनु दुर्भाग्यपूर्ण बताएका छन् ।

ओबामाले पछिल्लो निर्णय अमेरिकाले अन्य मुलकसरह क्युबालाई पनि व्यवहार गर्ने उद्देश्यले अभिप्रेरित भएको र यो क्युबा–अमेरिका सम्वन्ध सुधारका लागि अभुतपूर्व अर्को कदम हुने बताएका छन् ।

वार्ताका क्रममा क्युबा सरकारले द्वन्द्व र त्यसपछि विस्तापित बनेर वा आफ्नै रोजाइमा अमेरिका पुगेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता गर्न तयार देखिएको ओबामाले बताउनुभयो । राष्ट्रपति ओबामाले क्युबाली जनताले चाहेमा अन्य मुलुकबाट अमेरिका आउने आप्रवासीलाई सरह संविधानले व्यवस्था गरे बमोजिम अमेरिकी भूमि खुला रहने उनको भनाइ छ ।

तर पानामा क्षेत्रमा कठिन यात्रा गर्दै पुगेका कैयो क्युबालीले भने अमेरिकाको यो निर्णयले आफ्ना अधिकारमाथि तुषारापात गरेको भनी राष्ट्रपतिको कदमको कटु आलोचना गरेका छन् ।

पानामा शहरस्थित क्याथोलिकको वस्तीमा बस्ने तेत्तीस वर्षिय यादिएल क्रुजले भने, ‘राष्ट्रपति ओवामाले सवै क्युबाली जनतालाई निराश वनाएका छन् ।’ आफूजस्तै अमेरिका जान चाहने उर्जाशील युवालाई रोक्नुले धेरै आफ्ना सहपाठी निराश बनेका उनको भनाइ थियो ।

अमेरिकी अधिकारीले बिहीबारको निर्णयले क्युबाली नागरिकलाई हरेक वर्ष चिठ्ठा कार्यक्रममार्फत २० हजार क्युबालीले अमेरिका प्रवेश गर्न पाउने अवसरलाई भने प्रभावित नतुल्याउने जनाएका छन् ।

क्युबाली क्रान्तिका समय अमेरिकी सम्पत्ती जफत र अमेरिकाद्वारा क्युबामाथि लगाइएको आर्थिक नाकाबन्दीबाट भएको क्षतिपूर्तिका विषयमा दुई देशका प्रतिनिधिबीच क्युबाको राजधानी हभानामा बिहीबार वार्ता सुरु भएको छ । यस विषयमा सन् २०१५ को डिसेम्वरमा हभानामा र सन् २०१६ को जुलाइमा वासिङ्टनमा भएको वार्ता कुनै निष्कर्ष बिना टुङ्गिएपनि क्युबा र अमेरिका बीचको कुटनैतिक पहलमा दुई देशका प्रतिनिधिबीच पुनः वार्ता सुरु भएको हो ।

वार्ताबारे दुई देशका प्रनिनिधिद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ । ‘वार्ता अघिल्ला दुई सम्मेलनमा भएको छलफल र प्राविधिक विवरणका आधारमा अघि बढाइने र आपसी सहमतिमा निचोड निकालिनेछ । आधा शताव्दीभन्दा बढी समयसम्म विगे्रको सम्बन्ध सुधार गर्न दुवै देश सहमत भइसकेपनि सो समयमा एकअर्काको गतिविधिका कारण परेको आर्थिक क्षतिपूर्तिको विषय विबादको विषय बन्न सक्छ ।

क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेज अमेरिकी आर्थिक नाकाबन्दीका कारण क्याुवाले १२५ अर्व ९० करोड अमेरिकी डलरको क्षति व्यहोरेको केही समय पहिले अर्थात् सन् २०१६ को सेप्टेम्बरमा बताउनुभएको थियो । त्यसैगरी विभिन्न छ हजार अमेरिकी कम्पनी तथा व्यक्तिले क्रान्तिका समय क्युबामा रहेको एक अर्व ९० करोड बराबरको सम्पत्ती गुमाएको अमेरिकीको दाबी छ । यद्यपि साँवा र छ प्रतिशत व्याजसहित रकम आठ अर्ब अमेरिकी डलर बराबर हुन आउने अमेरिकी दावी छ । वार्ता चलिरहेको छ । वार्ताबाट आउने परिणामले विश्वलाई एउटा सकारात्मक सन्देश दिनेछ । रासस
अर्को समाचार
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
११ घण्टा अघि
•
१ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतमा लोकप्रिय बोतलबन्द पानी ब्रान्ड बिस्लेरीको नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएपछि खाद्य नियामकले कारबाही अघि बढाएको छ।




भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको दोस्रो घटना हो।

रोयटर्सका अनुसार अगस्ट १२ को सूचनाअनुसार नियामकले कम्पनीलाई प्रभावित ब्याचको बिक्री रोक्न निर्देशन दिएको थियो। नमूनाको पुनः परीक्षण गर्दा पनि कोलिफर्म ब्याक्टेरिया भेटिएको सरकारी अधिकारीले बताएका छन्।

बिस्लेरीले भने सरकारको निर्देशनअनुसार अगस्टमै सम्बन्धित ब्याच बजारबाट फिर्ता बोलाएको जनाएको छ। कम्पनीका अनुसार नियामकका प्रयोगशालाले नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएको रिपोर्ट दिएका थिए। तर, कम्पनीले आफ्नै तर्फबाट गराएको स्वतन्त्र परीक्षणमा उक्त ब्याचको पानी खाद्य सुरक्षा मापदण्डअनुसार सुरक्षित पाइएको दाबी गरेको छ।

‘नियामक र स्वतन्त्र परीक्षणको नतिजामा देखिएको भिन्नताबारे गहिरो समीक्षा आवश्यक छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ। साथै, वास्तविकता पत्ता लगाउन एफएसएसएआईसँग सहकार्य जारी राख्ने पनि जनाएको छ।

बिस्लेरीका भारतभर १३० उत्पादन प्लान्ट र पाँच हजार ९८० वितरक छन्। भारतको प्याकेज गरिएको पिउने पानी बजारमा अग्रणी रहेको कम्पनीले पेप्सीको, कोका-कोला, टाटा र रिलायन्सजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्दै आएको छ।

बिस्लेरीको पानीमा समस्या देखिएपछि एफएसएसएआईले सबै राज्यलाई प्याकेज गरिएको पिउने तथा खनिज पानीको नियमित निरीक्षण र नमूना परीक्षण बढाउन निर्देशन दिएको छ। मापदण्ड पूरा नगर्ने कम्पनीमाथि आवश्यक कारबाही गर्न पनि भनिएको छ।

यसअघि पनि बिस्लेरीको पानीको नमूना असुरक्षित भेटिएपछि नियामकले कानुनी प्रक्रिया अघि बढाएको थियो। दोष प्रमाणित भए कम्पनीले जरिवाना र जेल सजायसमेत भोग्नुपर्ने हुन सक्छ। भारतमा पछिल्लो समय खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ठूला कम्पनीमाथि नियामक निकायले निगरानी र कारबाही बढाएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस