शीर्ष चिनियाँ र अमेरिकी कूटनीतिज्ञबीच फोन वार्ता
३१ जेष्ठ २०८०
•
१ मिनेट पाठ
शीर्ष चिनियाँ र अमेरिकी कूटनीतिज्ञबीच फोन वार्ता
विश्वका दुई ठूला अर्थतन्त्रबीच तनाव तीव्र रूपमा बढेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र चिनियाँ विदेशमन्त्री छिन कङले बुधबार टेलिफोन वार्ता गरेका छन्।




यो हालैको कूटनीतिक गतिविधिमा भएको उच्चस्तरीय वार्ता हो। विशेष गरी ताइवानलाई लिएर अमेरिका र चीनबीच द्वन्द्व हुने गरेको छ। बेइजिङले आवश्यक परे ताइवानलाई बल प्रयोग गरेर कब्जा गर्नसक्ने चेतावनी दिँदै आएको छ। 

यसअघि अमेरिकी विदेशमन्त्रीको फेब्रुवरीमा हुने भनिएको नियोजित भ्रमण अचानक रद्द भएपछि आपसी मनोमालिन्यलाई शान्त पार्ने उद्देश्यले दुई देशका शीर्ष कूटनीतिज्ञले वार्ता गरेका हुन्। आगामी आइतबार अमेरिकी विदेशमन्त्री बेइजिङ पुग्दै छन्।

यो वर्षको प्रारम्भदेखि नै चीन र अमेरिकाबीचको सम्बन्ध नयाँ कठिनाइ र चुनौतीबाट गुज्रिरहेको चिनियाँ विदेशमन्त्रीले वार्तामा बताउनुभएको थियो। चिनियाँ विदेश मन्त्रालयका अनुसार राष्ट्रपति सी चिनफिङले अगाडि सारेको पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवै पक्षलाई मान्य हुने सहयोगको सिद्धान्त अनुसार चीन–अमेरिका सम्बन्धलाई सुदृढ बनाउने चिनियाँ चाहना विदेशमन्त्रीले दोहो¥याए।

अमेरिकी विदेश मन्त्रालयले पनि विदेशमन्त्री ब्लिन्केनले विश्व मामिलाका साथै आपसी सम्बन्धलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्ने, द्वन्द्वबाट बच्ने तथा चीनसँगको संवाद र सञ्चारलाई खुला राख्ने विषयमा आफ्ना चिनियाँ समकक्षीसँग विचारविमर्श गरेको बताइएको छ। 
अर्को समाचार
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आकस्मिक युक्रेन भ्रमणमा
२३ भदौ २०७९
•
२ मिनेट पाठ
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आकस्मिक युक्रेन भ्रमणमा
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेन लगायत  अन्य थुप्रै देशहरूलाई २ अर्ब अमेरिकी डलरको सैन्य सहायता घोषणा गर्न कीभको अघोषित भ्रमणमा  रहेको बताइएको छ।  




अमेरिकी विदेशमन्त्री ब्लिन्केन सेप्टेम्बर ८ मा कीभ आइपुगेको  र युक्रेन लगायत १९ देशलाई २ अर्ब अमेरिकी डलर बराबरको विदेशी सैन्य सहायताको घोषणा गर्न त्यहाँ पुगेको युक्रेनको स्थानीय सञ्चार माध्यमले जनाएको छ।

यसअघि, युक्रेनमा रुसको ूपूर्वनियोजित, अव्यावहारिक, अनुचित र क्रूर युद्धू को निन्दा गर्दै ब्लिन्केनले अमेरिकाले युक्रेनलाई आफ्नो रक्षाका लागि हतियार उपलब्ध गराउन जारी राख्ने बताएका थिए। केही  सञ्चार माध्यमहरूले ब्लिन्केनको अघोषित भ्रमणलाई आश्चर्यजनक  र आकस्मिक भ्रमणको रूपमा  व्याख्या गरेका छन्।  

यो प्रयासले युक्रेनलाई प्रत्यक्षरूपमा अमेरिकाले पुर्याउँने भनेको मानवीय र आर्थिक सहयोगको  एक हिस्सा हो र युक्रेनका नागरिकहरू विरुद्ध रुसको युद्ध अपराधको भर्त्सना गर्नु रहेको मन्त्री ब्लिन्केनले बताएका छन्।  

ब्लिन्केनले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षाका लागि अमेरिकी समर्थनलाई पनि पुनः दोहोर्याएका थिए। ‘यो पूर्णतया रुसले चाहेको दुखद र विनाशकारी युद्ध हो र संयुक्त राज्य अमेरिका र यसका सहयोगी एवं साझेदारहरू युक्रेनका जनतासँग उनीहरूको देश र लोकतन्त्रको रक्षाका लागि एकताबद्ध हुनेछन्’ ,उनले थपे। 

‘हामी युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न र युद्धको मैदान र वार्ताको टेबुल दुवै स्थानमा युक्रेनको स्थितिलाई बलियो बनाउन समर्थन गर्न जारी राख्छौं’, उनले भने।

ब्लिन्केनले युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबासँग कीभमा भेट गरेका थिए। अस्टिन र ब्लिन्केन दुवैले अप्रिलको अन्त्यमा युक्रेनको भ्रमण गरेका थिए। फेब्रुअरीको अन्त्यमा युद्ध शुरु भएदेखि नै उनीहरू  युद्धग्रस्त देशको भ्रमण गर्ने उच्च तहका अमेरिकी अधिकारीहरू हुन्।  यस बीचमा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट्न थुप्रै राष्ट्र प्रमुखहरू युक्रेन पुगेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले अहिलेसम्म त्यहाँ यात्रा गरेका छैनन् यद्यपि राष्ट्रपतिसँग फोनवार्ता भने भएको छ।

रूसले  गत फेब्रुअरी २४ मा युक्रेनमा ूविशेष सैन्य कारबाहीू  शुरु गरे यता पश्चिमा देशहरूले  यस युद्धलाई अप्रत्याशित युद्धको संज्ञा दिदै मस्कोमाथि कयौं नाकाबन्दी लगाएका छन्।
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २७ सेकेन्ड अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस