नेपाल-बंगलादेश सम्बन्ध जनस्तरसम्म पुर्‍याउन जोड
०२ भदौ २०८०
•
३ मिनेट पाठ
नेपाल-बंगलादेश सम्बन्ध जनस्तरसम्म पुर्‍याउन जोड
नेपाल र बंगलादेशबीच रहेको सांस्कृतिक, पर्यटन र व्यापार सम्बन्ध जनस्तरसम्म पुर्‍याउन सके द्विपक्षीय विकासको गति बढाउन सकिने एक कार्यक्रमका सहभागीहरूले बताएका छन्। शुक्रबार नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित ‘नेपाल–बंगलादेश व्यापार, पर्यटन र संस्कृति’ नामक सेमिनारमा सहभागी सरोकारवालाले यस्तो धारणा व्यक्त गरेका हुन्।




कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाल–बंगलादेश सम्बन्ध ऐतिहासिक रहेको प्रस्ट पार्दै अब त्यसमा नयाँ आयाम थप्नुपर्ने बताए। ‘विगतमा बंगलादेश समस्यामा हुन्थ्यो। त्यतिबेला उसलाई समस्या पर्दा नेपालले सहयोग गरेको इतिहास छ’, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले भने, ‘पछिल्लो समय हाम्रा (नेपाल) का विपद्मा बंगलादेशले अतुलनीय सहयोग गरेको छ।’

नेपाल र बंगलादेशबीच रहेको सांस्कृतिक, पर्यटन र व्यापार सम्बन्ध जनस्तरसम्म पुर्‍याउन सके द्विपक्षीय विकासको गति बढाउन सकिने एक कार्यक्रमका सहभागीहरूले बताएका छन्।
अब त्यस्तो सम्बन्धलाई सांस्कृतिक रूपमा बलियो पार्दै दुई देशको विकाससँग जोड्नुपर्ने मन्त्री भण्डारीले बताए।

बंगलादेशका लागि पूर्व नेपाली राजदूत वंशिधर मिश्रले बंगलादेशले नेपाल भनेपछि अत्यधिक सम्मान र आदर गर्ने गरेको आफूले पाएको बताए। उनले भने, ‘म झन्डै दुई वर्ष त्यहाँ बसें, कहिल्यै अर्को देशमा छु जस्तो लागेन। निकै मित्रवत् र सहयोगी देशका रूपमा मैले बंगलादेशलाई पाएँ।’

बंगलादेशका राजनीतिज्ञ, कूटनीतिज्ञ र त्यहाँको समाजले नेपाली भन्नासाथ आदर भाव प्रकट गर्ने गरेको आफ्नो अनुभव सुनाए।

‘महाभूकम्पका बेला त त्यहाँको विमानस्थल नै नेपालको झैं प्रयोग भयो। प्रधानमन्त्री शेख हसिनाले निकै सहयोगी भाव दर्शाउनुभयो। कोभिडका बेला निकै सहयोग भयो’, उनले भने।

नेपाल र बंगलादेशबीचको यो सम्बन्ध अब दुई देशबीचमा मात्र नभई जनस्तरसम्म पनि जोडिनुपर्ने पूर्वराजदूत मिश्रले बताए। उनले भने, ‘हाम्रा तमाम समानता छन् र उस्तै विविधता पनि छन्। मुख्य कुरा सामूहिक स्वार्थ समान छ। यस्तोमा दुई देश र जनस्तरमा सहयोग आदानप्रदान गर्न सके दुवै देशको विकासमा राम्रो टेवा पुग्नेछ।’

बंगलादेशका लागि पूर्व नेपाली राजदूत वंशिधर मिश्रले बंगलादेशले नेपाल भनेपछि अत्यधिक सम्मान र आदर गर्ने गरेको आफूले पाएको बताए। उनले भने, ‘म झन्डै दुई वर्ष त्यहाँ बसें, कहिल्यै अर्को देशमा छु जस्तो लागेन। निकै मित्रवत् र सहयोगी देशका रूपमा मैले बंगलादेशलाई पाएँ।’
पछिल्लो समय नेपाल–बंगलादेशका बीचमा भएको विद्युत् व्यापार सम्झौताले बंगलादेशसँग अन्य आपसी सम्बन्ध र सहकार्यका लागि बाटो खोलेको पनि उनले बताए।

नेपाल-बंगलादेश मैत्री संघको आयोजनामा भएको उक्त कार्यक्रममा दिपायल सिलगढी नगरपालिका डोटी र नेपाल पर्यटन बोर्डले प्रवद्र्धनात्मक भूमिका खेलेका थिए।

बंगलादेशका जनप्रतिनिधि सम्मिलित प्रतिनिधिमण्डल समेत सहभागी रहेको कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजीसिंह खड्काले बंगलादेशका नगर सरकारसँग सहकार्य गरेर जनस्तरको सम्बन्ध कायम गर्न आफूहरू लालायित रहेको बताए।

‘हामीलाई थाहा छ, पछिल्लो समय बंगलादेशले आर्थिक तथा सामाजिक दृष्टिकोणबाट राम्रो विकास गरेको छ। त्यो विकासको अभ्यास र अनुभव हामीलाई पनि खाँचो छ’, उनले भने, ‘त्यसका लागि हामी सहकार्य गरेर अघि बढ्न चाहन्छौं। दुवै देशका सरकारले वातावरण निर्माण गर्न जरुरी छ।’

नेपाल र बंगलादेशबीचको सांस्कृतिक विविधता र नेपालको पर्यापर्यटकीय सम्भावनाका क्षेत्र बंगलादेशी पर्यटकका लागि रुचिका गन्तव्य बन्न सक्ने नगर प्रमुख खड्काले बताए। यस्तै यहाँका मौलिक उत्पादन बंगलादेशी बजारसम्म पुर्‍याउन सके नेपालको पनि आर्थिक विकासमा टेवा पुग्ने उनले बताए।

नेपाल-बंगलादेश मैत्री संघको आयोजनामा भएको उक्त कार्यक्रममा दिपायल सिलगढी नगरपालिका डोटी र नेपाल पर्यटन बोर्डले प्रवद्र्धनात्मक भूमिका खेलेका थिए।
बंगलादेशी नागरिक अभियन्ता शेख शाह आलमले दक्षिण एसिया सांस्कृतिक विविधतामा निकै धनी रहेको उल्लेख गर्दै त्यसका लागि फरक संस्कृतिका बीचमा परस्पर सम्बन्ध जरुरी रहेको बताए। उनले भने, ‘हाम्रा भिन्न सांस्कृतिक विशेषता रहे पनि भावना सदैव एक छन्। समग्रमा हामी सांस्कृतिक विविधताले धनी छौं। यसलाई सामूहिक शक्तिका रूपमा प्रयोग गर्नुपर्छ।’
अर्को समाचार
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
४६ मिनेट अघि
•
१ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतमा लोकप्रिय बोतलबन्द पानी ब्रान्ड बिस्लेरीको नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएपछि खाद्य नियामकले कारबाही अघि बढाएको छ।




भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको दोस्रो घटना हो।

रोयटर्सका अनुसार अगस्ट १२ को सूचनाअनुसार नियामकले कम्पनीलाई प्रभावित ब्याचको बिक्री रोक्न निर्देशन दिएको थियो। नमूनाको पुनः परीक्षण गर्दा पनि कोलिफर्म ब्याक्टेरिया भेटिएको सरकारी अधिकारीले बताएका छन्।

बिस्लेरीले भने सरकारको निर्देशनअनुसार अगस्टमै सम्बन्धित ब्याच बजारबाट फिर्ता बोलाएको जनाएको छ। कम्पनीका अनुसार नियामकका प्रयोगशालाले नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएको रिपोर्ट दिएका थिए। तर, कम्पनीले आफ्नै तर्फबाट गराएको स्वतन्त्र परीक्षणमा उक्त ब्याचको पानी खाद्य सुरक्षा मापदण्डअनुसार सुरक्षित पाइएको दाबी गरेको छ।

‘नियामक र स्वतन्त्र परीक्षणको नतिजामा देखिएको भिन्नताबारे गहिरो समीक्षा आवश्यक छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ। साथै, वास्तविकता पत्ता लगाउन एफएसएसएआईसँग सहकार्य जारी राख्ने पनि जनाएको छ।

बिस्लेरीका भारतभर १३० उत्पादन प्लान्ट र पाँच हजार ९८० वितरक छन्। भारतको प्याकेज गरिएको पिउने पानी बजारमा अग्रणी रहेको कम्पनीले पेप्सीको, कोका-कोला, टाटा र रिलायन्सजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्दै आएको छ।

बिस्लेरीको पानीमा समस्या देखिएपछि एफएसएसएआईले सबै राज्यलाई प्याकेज गरिएको पिउने तथा खनिज पानीको नियमित निरीक्षण र नमूना परीक्षण बढाउन निर्देशन दिएको छ। मापदण्ड पूरा नगर्ने कम्पनीमाथि आवश्यक कारबाही गर्न पनि भनिएको छ।

यसअघि पनि बिस्लेरीको पानीको नमूना असुरक्षित भेटिएपछि नियामकले कानुनी प्रक्रिया अघि बढाएको थियो। दोष प्रमाणित भए कम्पनीले जरिवाना र जेल सजायसमेत भोग्नुपर्ने हुन सक्छ। भारतमा पछिल्लो समय खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ठूला कम्पनीमाथि नियामक निकायले निगरानी र कारबाही बढाएका छन्।
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
यो पनि पढौँ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस