१८ महिना पछि महिलाको पेटबाट ‘सर्जिकल टुल’ निकालियो
२० भदौ २०८०
•
१ मिनेट पाठ
१८ महिना पछि महिलाको पेटबाट ‘सर्जिकल टुल’ निकालियो
न्यूजिल्याण्डको अकल्याण्ड शहरमा एक महिलाको पेटबाट ‘सर्जिकल टुल’ निकालिएको छ।




करिब १८ महिना अघि शल्यक्रिया गरेर बच्चालाई जन्म दिएकी ती महिलाको पेटमा चिकित्सकहरूद्वारा सर्जिकल टुल छुटेको खुलासा भएको हो। 

बीबीसीका अनुसार शल्यक्रियाको क्रममा खाना खाने आकारको ‘डिनर प्लेट’ जत्रो सर्जिकल टुल महिलाको पेटमै छुटेको थियो। जसलाई १८ महिनापछि निकालिएको छ। यस क्रममा महिलालाई पटकपटक असह्य पेटमा दुखाई सहनुपरेको थियो।

महिलाले पेटमा दुखाई भएपछि कैयौंपटक डाक्टरहरूलाई सम्पर्क गरिन्। तर, पत्ता नलागेपछि सिटी स्क्यान गरेपछि मात्रै उनको पेटमा सर्जिकल टुल पेटमा छुटको पत्ता लागेको थियो।  

स्वास्थ्य नियामक निकायका अनुसार सरकारी अस्पताल बिरामीको सेवा प्रवाहमा असफल भएको आरोप लगाएको छ। न्यूजिल्याण्डको हेल्थ एन्ड डिसेबिलिटी कमिश्नले जारी गरेको जाँच रिपोर्टमा सरकारी अस्पताल बिरामीको देखभालमा असफल भएको बताएको छ।  

कमिश्नले पछिल्लो २ वर्षमा अकल्याण्डमा यस्ता घटनामा वृद्धि भएको भन्दै आलोचना समेत गरेको छ।
अर्को समाचार
‘गान्धार’ विरुद्ध चल्ला त? अर्जुनको ‘गाण्डीव’!
१२ माघ २०८०
•
२ मिनेट पाठ
‘गान्धार’ विरुद्ध  चल्ला त? अर्जुनको ‘गाण्डीव’!
आइसिसी यु–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा नेपालले आज दिउँसो अफगानिस्तानसँग खेल्दै छ। साउथ अफ्रिकाको ‘बफेलो पार्क’मा सुरु हुने खेलमा अङ्कविहीन नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्न चाहन्छ।  




यस्तोमा फेरी धेरैको दृष्टि अर्जुन कुमाल माथि परेको छ। न्यूजिल्याण्डविरुद्ध  ९० रनको पारी खेलेर चर्चामा आएका कुमालले पाकिस्तानविरुद्ध आफ्नो जादु नदोहराउँदा धेरै निराश बने। यस्तोमा  नेपाली टोलीका फ्यानको लागि अर्जुन नै आशाको किरण बनेका छन्। उनीहरूले अफगानिस्तान विरुद्ध अर्जुनको ब्याट चल्न सक्ने सङ्केत गरेका छन्।  

‘यस अगाडिको खेलमा पनि अफगानिस्तानविरुद्ध अर्जुनको ‘गाण्डीव’ चलेको थियो,’ सामाजिक सञ्जालमा नरेश कार्की लेख्छन्, ‘आज पनि उनको ‘ब्याट’  चल्ने आशा पालेका छौ।’

नेपाल र अफगानिस्तान पछिल्लो पटक गत डिसेम्बरमा युएईको आइसिसी ओभल एकेडेमीमा भिडेका थिए। नेपाल ७३ रनले पराजित भएको  त्यो खेलमा अर्जुन कुमालले ९१ रन बनाएका थिए। उनले त्यही जादु दोहोराए खेल जित्न सकिने धेरैले आशा गरेका छन्।  

त्यो बाहेक विगतका अन्य खेलमा पनि अर्जुनले उत्कृष्ट ब्याटिङ गरेका कारण धेरैले उनीबाट अपेक्षा राखेका छन्। गत वर्ष फेब्रुअरीमा युएईमा आयोजना भएको आइसिसी यु–१९ विश्वकप एसिया क्षेत्र छनोटबाट यु१९ राष्ट्रिय टोलीमा डेब्यू गरेका उनले पाँच इनिङ्समा १८५ रन बनाए। जसमा कुवेतविरुद्ध ११२ बलमा १२ चौकासहित १०८ रनको शतकीय इनिङ्स पनि थियो।

त्यस्तै गत अक्टोबरमा मलेसियामा आयोजना भएको यु१९ एसीसी प्रिमियर कपको उपाधि जिताउँदा पनि उनले नेपालका लागि महत्त्वपूर्ण इनिङ्स खेले। साउदी अरबविरुद्धको खेलमा १११ बलमा १७ चौका र २ छक्कासहित १४३ रन प्रहार धेरैले भुलेका छैनन्। किनकि यो कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा एकै इनिङ्समा सर्वाधिक रन बनाउने नेपाली खेलाडीको कीर्तिमान हो।

त्यस्तै एसीसी प्रिमियर कपको फाइनलमा युएईलाई हराउन ५५ रनको अर्धशतकीय इनिङ्स उनले खेलेका थिए।  

आजको खेल जसले जित्यो त्यो  टोली सुपर सिक्समा पुग्नेछ। यस अघि नेपाल न्युजिल्यान्डसँग ६५ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो। विगतका खेलमा अफगानिस्तानसँग नेपाली टोलीको पराजित श्रृखला भएपनि अर्जुनको ९१ रनको पारीले धेरैलाई आशा जगाएको हो।  

अनि अर्को कुरा अहिलेको खेलमा अफगानिस्तानको प्रदर्शन पनि त्यति उत्साहजनक छैन। नेपालले जस्तै उसले पनि यस अघि पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो।

समूह ‘डी’ मा अङ्कविहीन रहेका यी दुवै टोली  आज खेल जितेर  सुपर सिक्समा पुग्न चाहन्छन्। अर्जुन आजको खेलमा पनि नेपालका प्रमुख ब्याटर हुन्। त्यसैले धेरैले उनको राम्रो  प्रदर्शनको अपेक्षा राखेका छन्। अर्जुनको ‘गाण्डीव’ अर्थात् ब्याट चलेमा नेपालले ‘गान्धार’ अर्थात् अफगानिस्तानलाई पराजित गर्दै सुपरसिक्समा प्रवेश गर्ने छ ।   
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस