रोसेउ, जेठ १८ (एजेन्सी)- हासिम अमलाले १ सय १५ बलमा बनाएको १ सय २९ रनबाट दक्षिण अफ्रिकाले आइतबार वेस्ट इन्डिजलाई चौथो एकदिवसीय अन्तर्राष्ट्रिय खेलको अन्तिम बलमा हराएको छ।
आफ्नो सन्तुलित इनिङले दक्षिण अफ्रिकासामु ३ सय ४ रनको विजय लक्ष्य राखेपछि आयोजकले शृङ्खलामा पहिलो जित पाउने सम्भावना देखिएको थियो।
अमलाको सतक र वेस्ट इन्डिजको केही खराब क्षेत्ररक्षणले अन्ततः एबी डी भिलियर्स (५७) लाई अन्तिम बलमा विजयी रन हिर्काउँदै ७ विकेटको जित पाउन मार्ग प्रशस्त गरेको थियो।
पाहुना टोलीले बिहीबार पोर्ट अफ स्पेनमा ह्वाइटवास गर्न सक्ने छ। 'म आफ्ना केही बलरबाट निकै निराश छु,' क्रुद्ध वेस्ट इन्डिजका कप्तान क्रिस गेलले भने।
उता दक्षिण अफ्रिकी कप्तान ग्रिम स्मिथले भने म्यान अफ द म्याच अमलाको खुलेर प्रशंसा गरे। '३ सय रनलाई पछ्याउनु ठूलो प्रयास थियो। हासिमले निकै राम्रो इनिङ खेले र यस विशाल योगफललाई पछ्याउन सक्नुको श्रेय उनैलाई जान्छ,' स्मिथले भने।
अमलाले २ छक्का र ९ चौका प्रहार गरे। ज्याक कालिसले ५३ बलमा १-१ चौका र छक्कासहित ५१ रन जोडे।
त्यसअघि टस जितेको आयोजकका प्रारम्भिक जोडी रिचर्ड्स र गेलले राम्रो सुरुवात गर्दै पहिलो विकेटमा ६४ रन जोडे। वेस्ट इन्डिजको विशाल योगफलमा धेरै ब्याट्सम्यानको योगदान थियो। शिवनारायण चन्द्रपालले ६६, रिचर्ड्सले ५९, डी जे ब्राभोले ४६, डी एम ब्राभोले अविजित ४५ रन जोडेपछि आयोजकले ६ विकेट गुमाएर ३ सय ३ रनको योगफल बनाएको थियो।