मृत्यु हुने प्यालेष्टिनी सर्वसाधारणको सङ्ख्या ‘धेरै’, राष्ट्रपतिलाई भेट्दै ब्लिन्केन
२५ पौष २०८०
•
२ मिनेट पाठ
मृत्यु हुने प्यालेष्टिनी सर्वसाधारणको सङ्ख्या ‘धेरै’, राष्ट्रपतिलाई भेट्दै ब्लिन्केन
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलद्वारा प्यालेष्टिनी कट्टरपन्थी लडाकू (हमास) समूहविरूद्धको कारबाहीमा मृत्यु हुने प्यालेष्टिनी सर्वसाधारणको सङ्ख्या ‘धेरै’ भएको बताएका छन्।




उनले भने, 'मृत्यु हुने प्यालेष्टिनी बालबालिका र महिलासहित सर्वसाधारणको सङ्ख्या ‘धेरै’ हुनु दुःखको बिषय भएको र यस सम्बन्धमा संयमित हुन इजरायली प्रशासनसँग आग्रह गरिएको छ।'

गाजा पट्टीमा युद्ध सुरु भएयता मध्यपूर्वको आफ्नो चौथो सङ्कटकालीन भ्रमणमा रहेका अमेरिकी उच्च कूटनीतिज्ञले मङ्गलबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग तेल अभिभमा भेटवार्ता गरेका थिए।

ब्लिन्केनले तेल अभिभमा पत्रकार सम्मेलनमा संयुक्त राज्य अमेरिकाले आफ्नो सहयोगीलाई समर्थन जारी राख्ने बताउनुभयो तर प्यालेस्टिनी क्षेत्रमा फसेका इजरायली तथा अन्य देशका नागरिकहरूको सुरक्षाका लागि थप काम गर्न पनि आवश्यक रहेको बताए।

वासिङ्टनले युद्धपछिको परिदृश्य प्रस्तुत गरेको छ, जसमा राष्ट्रपति महमुद अब्बासको नेतृत्वमा रहेको सुधारिएको प्यालेस्टिनी प्राधिकरणले पश्चिम किनाराका साथै गाजामा पनि शासन गरिरहेको छ।

सन् १९६७ देखि इजरायलले कब्जा गर्दै आएको वेस्ट बैंकमा हाल प्राधिकरणले सीमित शासन सञ्चालन गर्दै आएको छ।

बुधबार प्यालेस्टिनी प्राधिकरणका प्रमुखसँग वार्ता गर्ने कार्यक्रम तय भएको छ।

वासिङ्टनले हमाससँग इजरायलको युद्ध समाप्त भएपछि प्यालेस्टिनी प्राधिकरणले गाजामा शासन गर्न सक्ने बताएको छ। गाजामा सबै राजनीतिक तथा प्रशासनिक निर्णयमा हमासको प्रभाव रहने गरेको छ।

'इजरायलले प्यालेस्टाइनको प्रभावकारी शासन गर्ने क्षमतालाई कमजोर पार्ने कदम चाल्नु हुँदैन,' दुई राज्य समाधानको दिशामा प्रगतिको महत्वमा जोड दिँदै ब्लिन्केनले मङ्गलबार भने।

उनले भने, 'प्यालेस्टिनी प्राधिकरणको पनि आफूलाई सुधार गर्ने, आफ्नो शासन प्रणालीमा सुधार गर्ने जिम्मेवारी छ,' मैले राष्ट्रपति अब्बाससँग यी मुद्दाहरू उठाउने योजना बनाएको छु।

यद्यपि नेतन्याहूले प्यालेस्टिनी राज्यतर्फ वार्तालाई पुनर्जीवित गर्न कुनै चासो देखाउनुभएको छैन। यसअघि, रक्षामन्त्री योआभ ग्यालान्टले तयार पारेको युद्धपछिको प्रारम्भिक योजनामा इजरायलले हमासलाई ध्वस्त पारेपछि गाजालाई नियन्त्रण गर्ने स्थानीय ‘नागरिक समितिहरू’ को परिकल्पना गरेका छन्।

ब्लिन्केनले मङ्गलबार नेतन्याहूको धारणा परिवर्तन भएको हो वा होइन भन्नेबारे भने केही बताएनन्।

हमासले सन् २००७ मा अब्बासको फताह पार्टीलाई सत्ताच्यूत गर्दै गाजा पट्टीमा आफ्नो एकल नियन्त्रण बनाउन सफल भएको थियो। तर, हमासका प्रमुख इस्माइल हनियाले गत हप्ता गाजा र वेस्ट बैंकमा एउटै प्यालेस्टाइनी प्रशासनको विचारका लागि आफू तयार रहेको बताएका थिए।

यसैबीच जोर्डनको राजदरबारले राजा अब्दुल्लाह द्वितीयले अब्बास र इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीलाई गाजासम्बन्धी वार्ताका लागि बुधबार स्वागत गर्ने जनाएको छ। रासस
अर्को समाचार
हमासले दिएको प्रस्ताव इजराइलद्वारा अस्विकार, रफाहमा आक्रमण सुरु
२५ वैशाख २०८१
•
१ मिनेट पाठ
हमासले दिएको प्रस्ताव इजराइलद्वारा अस्विकार, रफाहमा आक्रमण सुरु
इजराइलले हमाससँगको युद्धविराम सम्बन्धी प्रस्ताव अस्विकार गरिदिएको छ। इजराइलले अर्को चरणको वार्ताका एक प्रतिनिधिमन्डल इजिप्टको काहिरा पठाउने तयारी गरेको छ।




इजराइलले हमासले सहमति जनाएको विषयमा आफू असहमत रहेको भन्दै नयाँ वार्ताका लागि प्रतिनिधिमन्डल काहिरा पठाउने बताएको हो।

हमासले प्रस्तुत गरेको प्रस्तावमा इजिप्ट र कतारले मध्यस्थता गरिरहेको छ। तर, उक्त प्रस्तावमा के कस्ता विषयहरू समावेश गरिएका छन् भन्नेबारे कुनै जानकारी दिइएको छैन।

जानकारहरूका अनुसार उक्त प्रस्तावमा इजराइली बन्धकहरूलाई रिहा गर्नुको साटो इजराइली जेलमा बन्द रहेका प्यालेस्टिनी नागरिकलाई रिहा गर्ने विषय हुन सक्छ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजराइल सरकार र हमासलाई एउटै सम्झौतामा सहमत हुनका लागि अपील गरेका छन्।

यसैबीच, इजराइली सेनाले दक्षिणी गाजास्थित रफाहमाथि आक्रमण सुरु गरेको छ। आइतवार त्यस क्षेत्रमा शरणार्थी भएर बसिरहेका प्यालेस्टिनीलाई खान युनिस र अन्यत्र जान भनेको इजराइलले सोमवारबाट रफाहमा आक्रमण सुरु गरेको हो।

इजराइली आक्रमण हुने भएपछि १ लाखभन्दा बढी मानिसले रफाह छाडिसकेका छन्। गाजामा युद्ध सुरु भएपछि रफाहमा करिब १० लाख प्यालेस्टिनी बस्दै आएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस