पूर्वी युक्रेनमा आक्रमणः मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो
२१ माघ २०८०
•
१ मिनेट पाठ
पूर्वी युक्रेनमा आक्रमणः मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो
युक्रेनको पूर्वी शहर लिसिचान्स्कस्थित एक बेकरीमा भएको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको रूसी उद्धारकर्ताले आइतवार बताएका छन्। आक्रमणमा एक बालककोपनि मृत्यु भएको थियो।

कब्जापछि उक्त क्षेत्रलाई हेर्दै आएको मस्कोको सेनाले शनिबार भनेको छ, ‘रूसले युक्रेनविरुद्ध आक्रमण गरेको लगभग दुई वर्षपछि पुग्नै लाग्दा गत साताको अन्त्यमा युक्रेनले बेकरीलाई निशाना बनाएको थियो।’

पूर्वी युक्रेनको मोर्चा केही महिनायता मुस्किलले अघि बढेको छ तर युद्ध अझै रक्तपातपूर्ण छ र पछिल्ला हप्ताहरूमा दुवै पक्षबाट आक्रमण तीव्र भएको छ।

‘बेकरीस्थलमा खोजी कार्य जारी छ। एक बच्चासहित २८ जनाको मृत्यु भएको पुष्टि भएको छ,’ रूसी आपतकालीन व्यवस्था मन्त्रालयले टेलिग्राममा भनेको छ।

उद्धारकर्ताले अहिलेसम्म १० जनालाई भग्नावशेषबाट बचाइसकेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले यसअघि आपतकालीन कर्मचारीले अँध्यारोमा भग्नावशेष खोतल्दै गरेको भिडियो सार्वजनिक गरेको थियो। उक्त स्थानबाट उद्धारकर्ताहरूले एक मृतक र एक घाइते महिलालाई स्ट्रेचरमा राखेर बाहिर निकालिएको देखेका थिए।

मस्कोस्थित अधिकारीहरूले एक जना घाइतेको अवस्था गम्भीर रहेको र उनलाई लुगान्स्क शहरको एक अस्पतालमा लगिएको बताएका छन्।

रुसको विदेश मन्त्रालयले आक्रमणमा पश्चिमा हतियारको प्रयोग भएको र अन्तर्राष्ट्रिय सङ्गठनबाट यस घटनाको ‘तत्काल निन्दा’ हुने अपेक्षा गरिएको जनाएको छ।

मस्कोको आक्रमणअघि करिब एक लाख १० हजार जनसङ्ख्या भएको लुगान्स्क क्षेत्रको एक शहर लिसिचान्स्क सन् २०२२ को ग्रीष्मऋतुमा भएको व्यापक युद्धपछि रूसी सेनाको कब्जामा परेको थियो। रासस
अर्को समाचार
शरणार्थी शिविरमाथि इजराइली आक्रमण, ३० जनाको मृत्यु
१७ वैशाख २०८१
•
१ मिनेट पाठ
शरणार्थी शिविरमाथि इजराइली आक्रमण, ३० जनाको मृत्यु
इजराइलले दक्षिणी गाजास्थित रफाह सहरमाथि आक्रमण गर्दा कम्तीमा ३० जना मारिएका छन्।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजाबाट युद्धका कारण भागेर रफाहमा शरण लिएर बसिरहेकाहरूलाई लक्षित गरी इजराइली सेनाले गरेको आक्रमणमा परी कम्तिमा ३० जनाको मृत्यु भएको हो। कैयन घाइते भएका छन्।

बीबीसीका अनुसार इजराइलले पटकपटक रफाहमा आक्रमण गर्ने चेतावनी दिँदै आएको र शरणार्थी लक्षित क्षेत्रमा आक्रमण पनि बढाउन थालेको छ।

गाजाको रफाहमा १० लाखभन्दा बढी प्यालेस्टिनी नागरिक शरण लिएर बसिरहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ अक्टूबर पछि इजराइली सेनाको आक्रमणमा परी हालसम्म ३४ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भइसकेको छ।

गाजामा शान्ति र युद्धविरामका लागि विश्वस्तरमा छलफल भइरहेको छ। तर, हालसम्म कुनै पनि निस्कर्ष निस्कन सकेको छैन।

आक्रमण सुरु हुँदा इजराइलले नै गाजाका नागरिकलाई दक्षिणी क्षेत्र रफाह तर्फ जान भनेको थियो। तर, हमासका कतिपय लडाकु बाँकी नै रहेको भन्दै अब इजराइलले शरणार्थी लक्षित क्षेत्र रफाहमा आक्रमण सुरु गरेपछि समस्या झन् बढेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस