काठमाडौं, असार ५ (नागरिक)- खेल मिलेमतोको छायाँमा परेको सहिद स्मारक ए डिभिजन लिग शनिबार टुँगिँदा नेपाल पुलिस क्लबले अपराजित रहँदै उपाधि उचालेको छ। दोहोरो लिगप्रणाली अपराजित रही विजेता बन्ने पुलिस पहिलो क्लब हो।
अन्तिम खेलअघि नै च्याम्पियन बनिसकेको पुलिसले शनिबार न्युरोड टिम (एनआरटी) लाई २-१ ले हरायो। विराटकृष्ण श्रेष्ठको प्रशिक्षकत्वमा पुलिसको यो लगातार दोस्रो लिग उपाधि हो। पुलिसले २०६० देखि लिग खेलेको हो। पहिलो पटक उपाधि जित्दा पनि पुलिस अपराजित नै थियो।
खेलमा सधैं आक्रमक रहनु, फूर्तिला खेलाडीको कडा मेहनतले नै लगातार दोस्रो पटक लिग जितेको प्रशिक्षक श्रेष्ठले बताए। ‘धेरै खेलाडी चोटग्रस्त हुँदा हामीले लिगअघि दबाबमा थियौं। सुरुमा हाम्रो प्रदर्शन पनि राम्रो भएन,' श्रेष्ठले भने, ‘तथापि हामीले सुखद नतिजा ल्याइरह्यौं। जितको आधार त्यही हो।'
अबको लक्ष्य एएफसी प्रेसिडेन्ट्स कप जित्नु भएको उनले बताए। ‘सबैभन्दा ठूला लिगलगायत देशका सबै उपाधि जितिसक्यौं,' उनले थपे, ‘अब हामी प्रेसिडेन्ट्स कप जित्न चाहन्छौं। एक पटक फाइनल पुगिसकेकाले पनि हामी जित्न सक्छौं भन्ने मलाई विश्वास छ।'
पुलिस टिम कहिलेसम्म सम्हाल्ने भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘मैले त पहिला छोडिसकेको हो। पुलिसले नमानेकाले पनि पुनः हेरे। अब कम्तीमा प्रेसिडेन्ट्स कपसम्म पक्कै हेर्छु।' पुलिसले सन् २०११ को प्रेसिडेन्ट्स कपमा नेपालको प्रतिनिधित्व गर्नेछ। उनकै नेतृत्वमा पुलिसले लगातार तीन पटक प्रेसिडेन्ट्स कप खेलेको थियो।
त्यसअघि एनआईविएल फ्रेन्ड्स क्लबमाथि ३-२ को विजयका साथ नबिल थ्री स्टार क्लबले लिगमा दोस्रो स्थान पायो। एनआरटीले तेस्रोमा रह्यो।
पुलिसको जितमा दुवै गोल जुमानु राईले गरे। एनआरटीका लागि रञ्जित श्रेष्ठले गोल फर्काए। जुमानुले खेलको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए। पर्वत पाण्डेको कर्नरमा उनले होड गोल गरे।
त्यसअघि जुमानुले २१औं मिनेटमा गोलको खाता खोले। तीन रक्षक र गोलरक्षक सुरेन्द्र श्रेष्ठलाई समेत छलाउँदै जुमानुले गोल गरे। दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको एनआरटीका लागि रञ्जितले ६५औं मिनेटमा पेनाल्टी बक्सको बाहिरबाट फस्ट बारमा गोल गरे।
सन्तोष साहुखलबिनाको थ्री स्टारलाई जित दिलाउन निशान राईले दुई र विजय गुरुङले एक गोल गरे। सन्तोषले दोहोरो पहेँलोको कार्डका कारण अन्तिम खेल गुमाए। फ्रेन्ड्सबाट नीराजन खड्का र भरत खवासले गोल गरे। फ्रेन्ड्स आठौं स्थान रह्यो।
विजेता र उपविजेता टोलीका खेलाडीलाई सभासद् राजेन्द्र खेतान, नेपाल प्रहारीका महानिरीक्षक रमेश चन्द ठकुरी, अखिल नेपाल फुटबल संघ (एन्फा) सल्लाहकार शेखर गोच्छालगायतले पुरस्कृत गरे।
माघ २९ देखि प्रारम्भ लिगमा १२ टोली सहभागी थिए। त्यसमा संकटा र ब्वाइज युनियन क्लब रेलिगेसनमा परे।
झन्डै पाँच महिना चलेको लिगको दोस्रो चरण खेलमिलेमतोको छायाँमा पर्दा पनि एन्फा मुकदर्शक बनिरह्यो। लिगकै पोजिसनका आधारमा उत्कृष्ट खेलाडी छनोटसमेत विवादमुक्त रहन सकेन। अन्तिम खेलमा एपिएफसँग ८-० ले पराजित मच्छिन्द्रका कप्तान रोहित चन्द उत्कृष्ट डिफेन्डर चुनिँदा धेरै आश्चर्यमा परे।