पृथ्वीको तापक्रम यो वर्ष थप वृद्धि हुने राष्ट्र सङ्घको चेतावनी
०७ चैत्र २०८०
•
२ मिनेट पाठ
पृथ्वीको तापक्रम यो वर्ष थप वृद्धि हुने राष्ट्र सङ्घको चेतावनी
पृथ्वीको तापक्रम गत वर्षको भन्दा बढेसँगै संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा तापक्रम थप वृद्धि हुने चेतावनी दिएको छ।

राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्युएमओ) को प्रारम्भिक प्रतिवेदनले सन् २०२३ हाल सम्मकै तातो वर्ष रहेको पुष्टि गरेको छ। गत वर्ष नजिकको सतहको औसत तापक्रम पूर्वऔद्योगिक स्तरभन्दा एक दशमलव ४५ डिग्री सेल्सियस बढी रहेको डब्ल्युएमओले बताएको छ। यो एक दशमलव पाँच डिग्री सेल्सियसको सीमा नजिक हो। सन् २०१५ को पेरिस जलवायु सम्मेलनमा मुलुकहरू एक दशमलव पाँच डिग्री सेल्सियसको सीमाबाट बच्न सहमत भएका थिए।

‘सन् २०२४ ले सन् २०२३ को रेकर्ड तोड्ने उच्च सम्भावना छ’, डब्ल्युएमओका जलवायु अनुगमन प्रमुख ओमान बद्दुरले भने।

प्रतिवेदनको प्रतिक्रिया दिँदै राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पृथ्वी सङ्कटमा रहेको सङ्केत गरे। उनले पृथ्वी सङ्कटमा रहेको तथा जीवाश्म इन्धन प्रदूषणले जलवायु अराजतकता निम्त्याउँदैछ जसले गर्दा द्रुत गतिमा परिवर्तन भइरहेको भन्दै चेतावनी दिए।

डब्ल्युएमओका अनुसार गत वर्षको औसत तापमान १.४५ डिग्री सेल्सियस थियो। ‘हामी पेरिस सम्झौताको एक दशमलव पाँच डिग्री सेल्सियसको यति नजिक कहिल्यै थिएनौँ, २०२३ ले प्रत्येक जलवायु सूचकका लागि नयाँ रेकर्ड बनायो’, डब्ल्युएमओ प्रमुख सेलेस्टे साउलोले भने, ‘हामीले २०२३ मा विशेषगरी अभूतपूर्व समुद्रको तातोपन र समुद्री बरफको कमीको अनुभुति गरयौँ, यो नै समस्याको विशेष कारण हो।’

डब्ल्युएमओको केन्द्रीय कार्यालय रहेको स्विट्जरल्यान्डले विगत दुई वर्षमा आफ्नो अल्पाइन हिमनदीहरुको १० प्रतिशत मात्रा गुमाएको छ। अन्टार्कटिक समुद्रमा पनि बरफको मात्रा सबैभन्दा कम रेकर्ड भएको थियो।

जलवायु परिवर्तनले बाढी, पहिरो, जैविक विविधतामा क्षति, खाद्य असुरक्षाजस्ता चरम मौसमी घटना तथा समस्याहरू निम्तिरहेका छन्।

विश्वभर खाद्य असुरक्षित मानिसको सङ्ख्या दोब्बरले बढ्दै गइरहेको छ, यो सङ्ख्या कोभिड–१९ अघि १४ करोड १९ लाख रहेको थियो भने सन् २०२३ को अन्त्यमा ३३ करोड ३० लाख पुगेको डब्ल्युएमओले जनाएको छ।

डब्ल्युएमओले बढ्दै गरेको नवीकरणीय ऊर्जा उत्पादनलाई भने आशाको किरणका रूपमा प्रस्तुत गरेको छ। सन् २०२२ को तुलनामा गत वर्ष नवीकरणीय ऊर्जा उत्पादन क्षमता–विशेषतः सौर्य, वायु र जलविद्युत्मा ५० प्रतिशतले वृद्धि भएको थियो।

अझै पनि सङ्कटबाट बच्न सक्ने समय रहेकामा महासचिव गुटेरेसले जोड दिए। ‘हामीसँग अझै पनि पृथ्वीको तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा कम राख्ने र जलवायु परिवर्तनको समस्याबाट बच्ने समय छ’, उनले भने। रासस
अर्को समाचार
हाम्रै आँगनमा विश्व सामाजिक मञ्च
०४ फागुन २०८०
•
३ मिनेट पाठ
हाम्रै आँगनमा विश्व सामाजिक मञ्च
यतिबेला विश्वमा एकातिर विकासको चरमोत्कर्ष अनुभव गर्ने एउटा जमात छ। अर्कोतर्फ एक छाक खानका लागि संघर्षरत वर्ग छ। कोही अन्तरिक्षमा बसोबास व्यवस्था मिलाउन आतुर छन् तर अर्को त्यस्तो वर्ग यहीँ छ जो बाँदरसमेत लड्ने भिरपाखोमा भए पनि स्वामित्व भए हुन्थ्यो भनेर अरण्यरोदन गर्न बाध्य छ। त्यसैगरी एकातिर घरमा पालिएको कुकुरका लागि दैनिक मासु अर्डर गर्छन् भने अर्को वर्गचाहिँ सडकपेटीमा राखिएको फोहोर फ्याँक्ने कन्टेनरमा केही खानेकुरा छ कि भनेर भित्रै छिरेर खोजिरहेका देखिन्छन्।

यी यस्ता वास्तविकता हुन् जसले विश्वमा प्रत्येक दिन हुनेखाने र हुँदा खानेबीचको खाडल झन् झन् बढाइरहेका छन्। सम्पन्न र विपन्नको सूचक झन् तन्काइरहेका छन्। धनी र गरिबको धन सम्पत्तिबीचको अन्तर अझै फराकिलो पार्दै लगेका छन्। यसरी हेर्दा पृथ्वीको प्रकृतिप्रदत्त स्रोतको दोहन र उपयोगसमेत सीमित वर्गले मात्र गरिरहेका छन्। जसको असर भने धेरैलाई पर्न गएको छ।

यही वास्तविकताबीच नेपालमा बिहीबारदेखि विश्व सामाजिक मञ्च सुरु भएको छ। चार दिनसम्म चल्ने यो सम्मेलनमा विश्वभरबाट नागरिक समाजका त्यस्ता प्रतिनिधि सहभागी छन् जसले माथि उल्लिखित विषयविरुद्ध आवाज उठाउँदै आएका छन्। प्रकृतिले नै उपलब्ध गराएको होस् वा राज्यको, स्रोत र साधनको एकलौटी दोहनविरुद्ध सक्रिय हुँदै आएका छन्। र, यस्ता अन्यायविरुद्ध गोलबद्ध हुन संसारका प्रभावित जनसाधारणलाई आह्वान गर्दै आएका छन्।

यसरी काठमाडौँबाट सन्देश प्रवाह गर्ने क्रममा मञ्चले (१) आर्थिक असमानता र आर्थिक न्याय, (२) श्रम, प्रवास, जबर्जस्ती श्रम, दासत्व र बेचबिखन, (३) जातीय, काम र वंशमा आधारित भेदभाव, जाति, जातीय, आदिवासी जनजाति, छुवाछूत, भेदभाव, र सबै प्रकारका भेदभाव, (४) लिङ्ग, लैङ्गिकता र पहिचान र लिङ्ग आधारित हिंसा, (५) भूमि, कृषि, कृषि पारिस्थितिकी, खाद्य सम्प्रभुता, ऊर्जा र प्राकृतिक स्रोतहरू, (६) शान्ति, द्वन्द्व, युद्ध, पेसा, बिस्थापन र सुरक्षा, (७) शिक्षा, कला र संस्कृति, (८) सञ्चार, सामाजिक सञ्जाल र मिडिया (डिजिटल समानता), (९) लोकतन्त्र, मानव अधिकार, अधिनायकवाद, कानुन र न्याय, (१०) स्वास्थ्य, सामाजिक सुरक्षा र समानता, (११) जलवायु न्याय, पारिस्थितिकी, आवास, र दिगो विकास, (१२) महिला, बालबालिका, युवा, किशोर/किशोरी, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरू, सामाजिक आन्दोलन नागरिक अन्तरिक्ष र विश्व सामाजिक फोरमको भविष्य र (१३) सामाजिक आन्दोलनहरू, नागरिक ठाउँ र विश्व सामाजिक फोरमको भविष्य विषयमा छलफल गर्नेछ। यी यस्ता विषय हुन् जसले कुनै न कुनै रूपमा हामी नेपालीलाई पनि सताइरहेकै छ।

पहिलो कुरा त असमानता, विभेद र अन्यायविरुद्ध आवाज उठाउने यस्तो महत्त्वपूर्ण मञ्चको कार्यक्रम नेपालमा हुनु नै नेपालीका लागि गौरवको विषय हो। जसले एकातिर अन्यायविरुद्ध आवाज उठाउने ठाउँका रूपमा विश्वले नेपाललाई चिन्नेछ भने अर्कोतर्फ कार्यक्रममा आउनेहरूका कारण कारोबार हुने आर्थिक पक्षले पनि धेरथोर फाइदा नै पु¥याउनेछ किनकि यो कार्यक्रममा विश्वभरका करिब ५० हजार जना सहभागी हुने आयोजकको अनुमान छ। त्यसैगरी नेपालले यति ठूलो र महत्त्वपूर्ण कार्यक्रम सफलपूर्वक आयोजना गरेर आफूलाई सक्षम सावित गर्ने अवसर पनि हो यो। साथै घरेलु मैदानमा आयोजना हुने कार्यक्रमको सदुपयोग गर्दै आफ्ना आवाज अरूभन्दा बढी उजागर गर्ने मौका पनि हो। त्यसैले यस्तो कार्यक्रमलाई सम्पन्न बनाउन सरकार, गैरसरकारी क्षेत्र सबैले हातेमालो गर्नुपर्छ।

पहिलो पटक ब्राजिलको पोर्तो एलेग्रेमा सुरु भएको यो मञ्च काठमाडौँमा आइपुग्दा १६औँ संस्करणमा उक्लेको छ। यस अर्थमा यो ऐतिहासिक मञ्च पनि हो। नेपालले आफ्नै आँगनमा भएको यस्तो मञ्चको सदुपयोग गर्दै लिन सकिने जति फाइदा लिन चुक्नु हुन्न। किनकि भनाइ नै छ– बगेको खोला फर्कँदैन, आएको मौका पर्खँदैन।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस