१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दुबईमा बाढीले जनजीवन प्रभावति, आज पनि ठूलो वर्षाको सम्भावना

मरुभूमिले भरिएको दुबईमा बाढीका कारण जनजीवन प्रभावित बनेको छ। मङ्गलवार परेको ठूलो वर्षा पछि दुबई र दुबई आसपासका मुलुकहरूमा बाढीका कारण जनजीवन प्रभावित बनेको हो।

लगातारको वर्षा पछि आएको बाढीले दुबईको हवाई र सडक दुबै यातायात ठप्प बनेको छ। जसका कारण विभिन्न उडानहरू रद्द गरिएका छन्। सडक यातायात पनि प्रभावित हुँदा सर्वसाधारणको दैनिक जीवन प्रभावित बनेको छ।

दुबईको मौसम विभागले अघिल्लो २४ घन्टा थप ठूलो पानी पर्ने भएकाले त्यसबाट बच्न र सतर्क रहन आग्रह गरेको छ। साथै आज पनि देशका विभिन्न भागमा मौसम बदली भई वर्षा हुने र बाढी आउन सक्ने भएकाले सतर्क रहन पनि भनेको छ।

प्रकाशित: ५ वैशाख २०८१ १०:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App