५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतले प्याज निर्यातमाथि लगाएको प्रतिबन्ध हटायो

भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ। भारत सरकारले प्याज उत्पादनमा वृद्धि भएको भन्दै निर्यातमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।

बीबीसीका अनुसार शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै उपभोक्ता विभागका सचिव निधि खरेले भारत सरकारले प्याज निर्यातमाथि लगाइएको प्रतिबन्ध हटाइएको जानकारी दिइन्।

उपभोक्ता विभागका सचिव निधिका अनुसार उत्पादन वर्ष सन् २०२४ को सुरुआती चरणमा प्याजको उत्पादन १९१ लनद टन भएको र सुक्खा मौसममा पनि प्याजको उत्पादन वृद्धि हुने अनुमान गरिएको छ।

भारत सरकारले गत वर्षको डिसेम्बरदेखि प्याज निर्यातमा रोक लगाइदिएको थियो।

प्रकाशित: २३ वैशाख २०८१ ०७:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App