६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा आज तेस्रो चरणको निर्वाचन, केन्द्रीय गृहमन्त्रीदेखि यी दिग्गज नेता मैदानमा

भारतमा आज लोकसभा निर्वाचन अन्तर्गत तेस्रो चरणका लागि मतदान हुँदैछ। भारतीय चुनाव आयोगका अनुसार आज ८३ लोकसभा क्षेत्रमा मतदान हुन लागेको छ। जसमा १७ करोड २४ लाखभन्दा बढी मतदाताले भाग लिनेछन्।

अहिले बिहान भारतीय समय अनुसार ७ बजेबाट मतदान सुरु हुने बताइएको छ। 

चुनाव आयोगका अनुसार ९३ क्षेत्रका लागि १ हजार ३ सय ३१ जना उम्मेदवार मैदानमा छन्। आज हुने निर्वाचनमा वर्तमान सरकारका गृहमन्त्री अमित शाह, ज्योतिरादित्य सिन्धिया, मनसुख माण्डवीया, प्रह्लाद जोशी, मध्य प्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहान, कांग्रेस नेता दिग्विजय सिंह, एसपी सिंह बघेल लगायतका चर्चित र ठूला नेताको पनि भविष्य तय हुनेछ।

त्यस्तै उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवकी श्रीमति डिम्पल यादव, महाराष्ट्रका पूर्व उप मुख्यमन्त्री अजित पवारकी श्रीमति सुनेत्रा पवार, सरद पवारकी छोरी सुप्रिया सुले पनि मैदानमा छिन्।

मतदानका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ भने गर्मीलाई ध्यानमा राखी खानेपानीको पनि व्यवस्था गरिएको छ।

आज हुने निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातबाट मतदान गर्नेछन्। मतदानका लागि उनी गुजरात पुगिसकेका छन्। उनले अहमदावादको रानीपस्थित निशान विद्यालयमा रहेको मतदान केन्द्रमा गएर मतदान गर्नेछन्।

प्रकाशित: २५ वैशाख २०८१ ०६:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App