बेलायतमा गँड्यौला चिन्ता
१८ जेष्ठ २०८१
•
२ मिनेट पाठ
बेलायतमा गँड्यौला चिन्ता
बेलायती गँड्यौलाहरू दिनदिनै मर्न थालेको भन्दै वैज्ञानिकहरू चिन्तित हुन थालेका छन्। गँड्यौला किन दिनदिनै सखाप हुन थाले भन्नेबारे गम्भीर अध्ययन आवश्यक रहेको भन्दै सरकारसँग यसका लागि वैज्ञानिक समुदायले आग्रह गरेका छन्। बेलायतको जमिनमुनि बस्ने गँड्यौला २५ वर्षमा एक तिहाईको संख्याले घट्न थालेको विज्ञहरूको राय छ। यसले माटोको स्वास्थ्यमा गम्भीर हुनुपर्ने देखिएको मात्र नभई अन्न उब्जनीमा समेत प्रभाव पार्ने बताइएको छ।




गँड्यौलामाथि गत वर्षदेखि मात्र अनुसन्धान थालिएको हो। प्लोस वन जर्नलमा अध्ययन गर्दै अध्येताहरूले प्रतिवर्ष २.१ प्रतिशतले गँड्यौला घट्दै गइरहेको बताइएको थियो। सो हिसाबले प्रत्येक २५ वर्षमा एक तिहाई गँड्यौलाको संख्या सखाप भएको अनुमान गरिएको हो। सो अध्ययनपछि पनि सरकारले कुनै कार्यक्रम नल्याइएको माटो वैज्ञानिक ज्याकी स्ट्राउड बताउँछिन्। उनको भनाइमा बेलायतमा लामो समयदेखि माटोको अध्ययन गरिएको छैन। जसका कारण वातावरणीय नीतिमा दशकदेखि कुनै परिवर्तन अएको छैन। अध्ययनको कमीका कारण तथ्यांकपरक नीतिनिर्माण तथा निर्णय हुन नसकिरहेकोतर्फ उनले ध्यानाकर्षण गराएकी छन्।

गँड्यौला अध्ययनका प्रमुख तथा क्याम्ब्रिज विश्वविद्यालयकी प्राणीविज्ञ जेम्स पियर्स हिगिन्स भन्छन्, ‘हाम्रो अध्ययनले अवस्था गम्भीर भएको देखाइरहेको छ। गँड्यौला हाम्रो पर्यावरणको महत्त्वपूर्ण हिस्सा हो। बिरुवाको पोषणका लागि ती नभई नहुने र माटोका लागि अमृतदायक प्राणी हुन्।

गँड्यौलाकै कारण भुइँमा झरेका पातहरू उसको भोजन हुन गई त्यो मलमा परिणत हुन्छ। त्यसलाई सुनौलो मल पनि भनिन्छ। गँड्यौलाको कमीसँगै त्यस्ता सुनौला मलको पनि अभाव हुन गई उत्पादनमा ठूलो कमी हुने वैज्ञानिकहरू बताउँछन्।

केही वैज्ञानिक भने गँड्यौलाको संख्या घटेकातर्फ उति गम्भीर छैनन्।

गँड्यौला घटे पनि कुन र कति संख्या भनी निक्र्यौल गर्न नसकिएकाले यसमा अझै अध्ययन बाँकी रहेको लंकासायर विश्वविद्यालयका प्राध्यापक तथा अर्थवर्म रिसर्च ग्रुपका सहसंस्थापक केभिन बट बताउँछन्।
अर्को समाचार
बेलायत सरकारद्वारा नयाँ कोइला खानीहरू बन्द गर्ने घोषणा
३० कार्तिक २०८१
•
२ मिनेट पाठ
बेलायत सरकारद्वारा नयाँ कोइला खानीहरू बन्द गर्ने घोषणा
बेलायतले नयाँ कोइला खानीहरूमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। लेबर सरकारले बेलायतलाई स्वच्छ ऊर्जाको अग्रणी बनाउने योजनाहरू बढाइरहेको बेला नयाँ कानून ल्याएर कोइलाखानी बन्द गर्ने घोषणा गरेको हो।




सरकारले जलवायु परिवर्तनको सामना गर्न महत्त्वपूर्ण कदम भन्दै सकेसम्म चाँडो नयाँ कोइला खानीहरूको भविष्यको इजाजतपत्र प्रतिबन्धित गर्न नयाँ कानून ल्याउने घोषणा गरेको बताइएको छ।

यो घोषणा बेलायतको अन्तिम कोइलाबाट चल्ने पावर स्टेशन रेटक्लिफ–अन–सोअर अक्टोबरमा बन्द भएपछि आएको हो। यसले बेलायतलाई बिजुलीका लागि जीवाश्म इन्धनमा निर्भरता अन्त्य गर्ने पहिलो जी-७ देश बनाएको छ।

सेप्टेम्बरमा एउटा ऐतिहासिक फैसलामा बेलायती अदालतले अघिल्लो कन्जर्भेटिभ सरकारले ह्वाइटहेभन, कुम्ब्रियामा एउटा परियोजनालाई दिएको अनुमति खारेज गरेको थियो। यो ३० वर्षका लागि देशको पहिलो नयाँ कोइला खानी बन्ने तय गरिएको थियो।

यसले स्टिल बनाउनका लागि मात्र प्रयोग हुने मिथाइलिक कोइला उत्खनन गर्ने थियो।

ऊर्जामन्त्री माइकल स्याङ्क्सले विज्ञप्तिमा भने, ‘कोइला ऊर्जालाई विगतमा पठाउनाले स्वच्छ, सुरक्षित ऊर्जा प्रणालीका लागि मार्ग प्रशस्त गर्नेछ, यसले बिल भुक्तानी गर्नेहरूलाई जोगाउनेछ र दक्ष कामदारहरूको नयाँ पुस्ता सिर्जना गर्ने।’

सन् २०१२ मा बेलायतको बिजुली आपूर्तिको करिब ४० प्रतिशत उत्पादन गर्ने कोइला आज शून्य प्रतिशतमा पुगेको सरकारले विज्ञप्तिमा बताएको छ।

लेबरले जुलाईको आम चुनावमा बेलायतको जलवायु परिवर्तन प्रतिबद्धताहरू पूरा गर्न तयार भएका नीतिहरूमा बढी महत्त्वाकांक्षी हुने वाचा गर्दै सन् २०३० सम्ममा बिजुली ग्रिडलाई डिकार्बोनाइज गर्ने वाचा गरेको थियोे।

अजरबैजानको बाकुमा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन शिखर सम्मेलनमा भाग लिँदै प्रधानमन्त्री किर स्टार्मरले मङ्गलबार बेलायतले सन् २०३५ सम्ममा सन् १९९० को स्तरमा हरित गृह ग्यास उत्सर्जन ८१ प्रतिशतले घटाउने लक्ष्य राखेको घोषणा गरेका थिए।

लेबर सरकारले नयाँ तटवर्ती पवन परियोजनाहरूमा प्रभावकारी टोरी प्रतिबन्ध पनि समाप्त गरेको छ र उत्तरी सागरमा नयाँ तेल र ग्याँस अन्वेषण इजाजतपत्रहरू समाप्त गरेको छ।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
यो पनि पढौँ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस