रुसकै सम्पत्तिबाट युक्रेनलाई ६६ अर्ब ऋण
०४ असार २०८१
•
३ मिनेट पाठ
रुसकै सम्पत्तिबाट युक्रेनलाई ६६ अर्ब ऋण
रुसको सम्पत्ति उसैविरुद्धको युद्धमा प्रयोग हुने भएको छ। जी–७ देशहरूले रुसी सम्पत्तिबाट असुल गर्नेगरी युक्रेनलाई ५० बिलियन अमेरिकी डलरको ऋण दिएका हुन्। सो रकम ६६ खर्ब ५० अर्ब नेपाली रूपैयाँभन्दा धेरै हो। युक्रेनले उक्त ऋण रुसविरुद्धको युद्धमा सैन्य खर्च र रुसले ध्वस्त गरेका संरचनाको पुनर्निर्माणमा खर्च गर्न पाउनेछ। तर ऋण भने आफैंले तिर्नुपर्नेछैन। जी–७ देशसहित पश्चिमा देशहरूले उक्त ऋण आफ्ना देशहरूमा रहेको रुसी सम्पत्तिबाट असुल गर्ने निष्कर्ष निकालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।




करिब २८ महिनाअघि रुसले युक्रेनमा सैन्य हमला सुरु गरेको थियो। त्यसयता दुवै देशबीच युद्ध भइरहेको छ। अमेरिकालगायत पश्चिमा देशहरूले युक्रेनमा रुसी हमलाको विरोध गर्दै आएका छन्। यस्तै युक्रेनलाई युद्धमा सहयोग पुर्‍याउन वित्तीय तथा सैन्य सामग्री सहयोग गर्दै पनि आएका छन्। पश्चिमा शक्तिको सहयोग प्राप्त युक्रेनलाई परास्त गर्न रुसलाई निकै सकस परिरहेको छ।

युक्रेनमाथि हमला गरेको रुसमाथि पश्चिमी देशहरूले विभिन्न किसिमका नाकाबन्दीसमेत लगाइरहेका छन् । यस्तै युक्रेनमाथि आक्रमण नरोकिए आफ्नो देशमा रहेको रुसी सम्पत्ति जफत हुने धम्की पनि दिँदै आएका थिए। सन् २०२२ मा ती देशहरूले रुसी सम्पत्ति रोक्कासमेत गरेका छन्। त्यही रोक्का रुसी सम्पत्तिबाट असुल हुनेगरी जी–७ देशहरूले युक्रेनलाई ऋण दिन लागेका हुन्।

रोक्का रुसी सम्पत्ति कति ?

विश्वव्यापी विनिमयमा हुन सक्ने अप्रत्यासित उतारचढावमा सन्तुलन कायम गर्न विभिन्न देशका केन्द्रीय बैंकले विदेशी बैंकमा आफ्नो देशको सम्पत्ति राख्ने अभ्यास छ। जसलाई वैश्विक आर्थिक अस्थिरताबाट बच्ने औजारका रूपमा पनि लिइन्छ।

यही प्रक्रियाअनुसार रुसको जी–७ देशसहितका पश्चिमा देशका बैंकहरूमा करिब ३०० बिलियन अमेरिकी डलर रुसी सम्पत्ति छ। जी–७ देशहरूमा अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायत छन्। त्यसमा युरोपियन युनियन पनि समावेश छ।

रोयटर्सका अनुसार फ्रान्समा ७१ बिलियन, जापानमा ५८ बिलियन, जर्मनीमा ५५ बिलियन, अमेरिकामा ३८ बिलियन, बेलायतमा २६ बिलियन, अस्ट्रियामा १७ बिलियन र क्यानडामा १६ बिलियन रुसी सम्पत्ति छ। युक्रेनमा रुसी हमलापछि ती देशहरूले उक्त सम्पत्ति रोक्का गरेर राखेका छन्। त्यो सम्पत्तिबाट वार्षिक तीन बिलियन अमेरिकी डलर ब्याज आउँछ। 

त्यही ब्याजबाट युक्रेनको ऋण असुल गर्ने जी–७ देशहरूको योजना छ। अमेरिकाले रोक्का गरिएको रुसी सम्पत्ति युक्रेनको सहयोगमा लगाउनुपर्ने प्रस्ताव लामो समयदेखि गर्दै आएको थियो। उसकै प्रस्तावअनुसार अहिले यो ऋणको उपाय आएको बताइएको छ।

युक्रेन खुसी, रुस आक्रोशित

जी–७ राष्ट्रले रुसी सम्पत्तिबाट असुल गर्नेगरी युक्रेनलाई ५० बिलियन अमेरिकी डलर सहयोग गरेपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खुसी व्यक्त गरेका छन्। जी–७ को शिखर सम्मेलनमा सहभागी हुन पुगेका जेलेन्स्कीले जी–७ को यो निर्णयले युक्रेनलाई रुससँगको युद्ध जित्न महत्त्वपूर्ण कदम भएको बताए। तर रुसले भने त्यो कदमको कडा विरोध गरेको छ। 

राष्ट्रपति भ्लादिमिर पुटिनले त्यसलाई चोरीका रूपमा परिभाषित गर्दै दण्डनीय कदम भनेका छन्। आफ्ना विदेश मन्त्रालयका अधिकारीसँगको बैठकमा बोल्दै पुटिनले भने, ‘जुनसुकै भ्रम सिर्जना गरे पनि चोरी चोरी नै हुन्छ र यो दण्डित हुन्छ।’
अर्को समाचार
युक्रेनद्वारा भारत र पाकिस्तानलाई संयम अपनाउन आग्रह
२५ वैशाख २०८२
•
१ मिनेट पाठ
युक्रेनद्वारा भारत र पाकिस्तानलाई संयम अपनाउन आग्रह
युक्रेनको विदेश मन्त्रालयले भारत र पाकिस्तानलाई संयम अपनाउन र कूटनीतिक वार्तालाई प्राथमिकता दिन अपील गरेको छ।




युक्रेनले दक्षिण एसियाको सुरक्षा अवस्थालाई अझ बिग्रन सक्ने त्यस्ता कदमहरूबाट बच्नुपर्नेमा जोड दिएको छ।

मन्त्रालयले विकासक्रमलाई नजिकबाट निगरानी गरिरहेको र यस क्षेत्रमा शान्ति र स्थायित्व सुनिश्चित गर्न अन्तर्राष्ट्रिय पहल र प्रयासहरूलाई समर्थन गर्न जारी राख्ने पनि बताएको छ।

यसैबीच, बेलारुसले पनि भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ, 'उनीहरूले समाधान खोज्न वार्ता र अन्य शान्तिपूर्ण माध्यमहरूको वकालत गर्छन्।' एजेन्सी
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस