दक्षिण एसियाको वायु प्रदूषणमा कमी, तर औसत आयु ३ वर्षभन्दा बढीले घट्ने चेतावनी
१३ भदौ २०८१
•
३ मिनेट पाठ
दक्षिण एसियाको वायु प्रदूषणमा कमी, तर औसत आयु ३ वर्षभन्दा बढीले घट्ने चेतावनी
सन् २०२२ मा दक्षिण एसियाको वायु प्रदूषण्मा कमी आएको छ। वायुको गुणस्तर र जीवन सुचकाङ्क (एक्यूएलआई) ले बुधवार सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार सन् २०२२ मा दक्षिण एसियाको वायुको गुणस्तरमा आश्चर्यजनक सुधारले विश्वव्यापी प्रदूषणमा पनि सुधार आएको छ।




तत्कालिन समयमा भएको नियमित वर्षा र कोभिडका कारण विश्वव्यापीरूपमा भएको लकडाउनका कारण प्रदुषणमा भूमिका खेल्न जिम्मेवार सवारी साधनको कम प्रयोग हुनु, कलकारखानामा गतिविधि रोकिनु र वातावरण सुधारका लागि गरिएका पहलहरूले काम गर्नुलगायतले वायुको गुणस्तर सुधारमा भूमिका खेलेको हुनसक्ने अध्ययनमा उल्लेख गरिएको छ।

यस क्षेत्रमा खतरनाक वायु प्रदुषणका कारण यहाँका बासिन्दाको औसत आयु ३.५ वर्षभन्दा बढीले घट्ने एक्यूएलआईले चेतावनी दिएको छ।

सन् २०२२ को भू–उपग्रहको तथ्याङ्कले वायुप्रदुषणमा आश्चर्यजनक रूपमा १८ प्रतिशतले गिरावट देखाएकोबाहेक दुई दशकदेखि दक्षिण एसियामा वायु प्रदूषण वार्षिक रूपमा बढिरहेको छ।

युनिभर्सिटी अफ सिकागोको एनर्जी पोलिसी इन्स्टिच्युट(इपीआईसी) ले तयार पारेको प्रतिवेदनअनुसार श्रीलङ्काबाहेक यस क्षेत्रका हरेक देशमा वायु प्रदूषण घटेको छ।

‘दक्षिण एसियामा वायुको गुणस्तर मापन गर्ने ‘पार्टिकुलेट म्याटर (पीएम २.५) को स्तर कुन कारणले घट्यो भन्ने निर्णायक रूपमा निर्धारण गर्न गाह्रो भएपनि अनुकूल मौसमी अवस्थालाई यसको श्रेय दिन सकिन्छ,’ प्रतिवेदनमा भनिएको छ।

सन् २०२२ मा यस क्षेत्रमा औसतभन्दा बढी वर्षा र अनुकुल मौसमी अवस्थाले प्रतिवेदनको सिद्धान्तलाई समर्थन गर्दछ।

दक्षिण एसियाका मानिसहरूले अझै पनि विश्व स्वास्थ्य सङ्गठनले सुरक्षित ठानेको भन्दा आठ गुणा बढी प्रदूषित हावामा श्वास लिइरहेका छन्। ‘नीति परिवर्तनले प्रभाव पारेको छ कि छैन भनेर समयले मात्र बताउनेछ,’ प्रतिवेदनमा जनाइएको छ।

‘निरन्तर अवलोकन, नीति कार्यान्वयनका लागि प्रयास र नीतिगत हस्तक्षेपका प्रभावहरूको अनुगमन प्रदुषण गिरावटको कारक बुझ्न र कायम राख्न महत्वपूर्ण हुनेछ,’ प्रतिवेदनमा भनिएको छ।

दक्षिण एसियामा मापन भएको गिरावटसँगै वायु प्रदूषणमा नौ प्रतिशत विश्वव्यापी गिरावट मापन भएको छ। खराब वायु गुणस्तरका कारण मध्यपूर्व र उत्तरी अफ्रिकासहित अन्य ठाउँमा एक वर्ष अघिको तुलनामा वायु प्रदूषण १३ प्रतिशतले बढेको छ।

प्रतिवेदनले वायुको गुणस्तरको नियमित तथ्याङ्कको अभावले नीति निर्माण र कार्यान्वयनमा बाधा पु¥याइरहेको बताएको छ।

यस वर्षको सुरुमा, ‘इपीआईसी’ को स्वच्छ हावा कार्यक्रमले विश्वव्यापी वायु प्रदुषणबारे खुला तथ्याङ्क प्रदान गर्ने वायुको गुणस्तर अनुगमन केन्द्रहरूको स्थापनाको लागि १.५ मिलियन डलर रकमको कोष सुरु गरेको हो। वायु प्रदूषणले मानव स्वास्थ्यमा पार्ने गम्भीर प्रभावको तुलनामा यो अपेक्षाकृत थोरै रकम हो।

उदाहरणका लागि, अफ्रिकाका केही सबैभन्दा प्रदूषित देशहरूमा एचआईभी÷एड्स,  मलेरियाजस्ता घातक रोगभन्दा वायु प्रदुषणले मानिसको आयुमा बढी गम्भीर खतरा निम्त्याउने प्रतिवेदनमा जनाइएको छ।

तथापि, प्रदुषित हावासँग लड्नका लागि चीनले उल्लेखनीय प्रयासहरू जारी राखेको छ।  यसले ठूला सहरमा सवारीसाधनको सङ्ख्या सीमित गर्ने,  उद्योगको क्षमता घटाउने र केही क्षेत्रबाट नयाँ कोइलाखानी प्रतिबन्धित गर्नेजस्ता उपायहरू अवलम्बन गरेको छ।

सन् २०१३ देखि चीनको वायु प्रदूषण ४१ प्रतिशतले घटेको र यहाँका नागरिकहरूको औसत आयु दुई वर्षले बढेको एक्युएलआईले बताएको छ। तथापि, अझै पनि चीनमा प्रदूषण विश्व स्वास्थ्य सङ्गठनको दिशानिर्देशभन्दा पाँच गुणा बढी छ। रासस
अर्को समाचार
वायु प्रदूषण दक्षिण एशिया र नेपालका लागि गम्भीर चुनौती : मन्त्री शाही
२४ मंसिर २०८१
•
१ मिनेट पाठ
वायु प्रदूषण दक्षिण एशिया र नेपालका लागि गम्भीर चुनौती : मन्त्री शाही
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले वायु प्रदूषणलाई दक्षिण एशिया र नेपालका लागि गम्भीर चुनौती भएको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित दक्षिण एशियाली वायु प्रदूषण नियन्त्रण कार्यशालामा बोल्दै उनले वायु प्रदूषणले मानव स्वास्थ्य, पारिस्थितिक प्रणाली र अर्थतन्त्रमा प्रत्यक्ष असर पुर्याउने बताए।  




उनका अनुसार विशेष गरी दक्षिण एशियामा प्रदूषणका स्तरहरू विश्व स्वास्थ्य सङ्गठनले दिएको सिमाभन्दा १० गुणा बढी छन्। काठमाडौँ उपत्यका जस्ता विश्वभर प्रसिद्ध पर्यटन स्थलहरू पनि वायु प्रदूषणमा शीर्ष स्थानमा पर्ने गरेको कुरा पनि उनले उल्लेख गरे।

उनले वायु प्रदूषणको स्रोत र प्रभावलाई कम गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए। सरकारले यातायात क्षेत्रबाट हुने प्रदूषणलाई कम गर्नका लागि सवारी साधनमा प्रदूषण मापदण्डको पुनरावलोकन गर्दै, विद्युतीय सवारी साधनको प्रर्वद्धन गरिरहेको छ।  

यसका साथै, मन्त्री शाहीले सरकारले स्वच्छ उर्जा स्रोतहरूको प्रयोगलाई प्राथमिकता दिएको पनि बताए। नेपालले जलविद्युतमा आधारित ऊर्जा स्रोतको विस्तारमा जोड दिनुका साथै सौर्य उर्जा र बायो ग्याँसको प्रयोगलाई ग्रामीण क्षेत्रहरूमा प्रवर्द्धन गरिरहेको उल्लेख गरेका छन्। मन्त्री शाहीले जलवायु परिवर्तन र वायु प्रदूषणलाई कम गर्न नेपालले अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यलाई पनि जोड दिए।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस