भारत, उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा भीषण आगलागी हुँदा १० बालबालिकाको मृत्यु भएको छ। आगलागीमा १६ जना गम्भीर घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
शुक्रबार राति ११ बजेतिर आगलागी हुँदा अस्पताल अस्तव्यस्त भएको थियो। परिवारका सदस्य र बिरामी आफ्नो ज्यान जोगाउन दौडन थालेपछि भागदौड भएको थियो।
अग्नी नियन्त्रकको टोलीले घटनास्थल पुगेर ३७ बालबालिकालाई सकुशल निकालेको थियो। दुर्घटना हुँदा एनआईसीयूमा ५४ जना बालबालिका भर्ना भएका थिए।
झाँसीका जिल्ला अधिकारी अविनाश कुमारले आगलागीको कारण विद्युत सर्किट सर्ट भएको हुनसक्ने बताएका छन्। यस विषयमा विस्तृत अनुसन्धान गर्न निर्देशन दिइएको छ ।
राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले उद्धारका कुनै कसर बाँकी नराख्न निर्देशन दिदैँ यसलाई दुखद र हृदयविदारक भनेका छन्।
आदर्श गाउँपालिकाले सरकारी जमिन अतिक्रमण गरेर बनाइएको घर हटाएर अस्पताल निर्माण थालेको छ।
मौवानगरदह स्वास्थ्य चौकीसँगै सटेको ग्राम विकास समितिको सरकारी जमिन वर्षौँदेखि केही व्यक्तिहरूको अतिक्रमणमा परेको थियो। १५ शय्यासहितको अस्पताल निर्माणका लागि पर्याप्त जमिन नभएपछि गाउँपालिकाले ग्राम विकास समितिको अतिक्रमित जमिन आफ्नो स्वामित्वमा ल्याएर अतिक्रमणकारीका घर भत्काएर अस्पताल भवन निर्माण गरेको हो ।
ग्राम विकास समितिको ४ रोपनी ६ आना १ दाम ३ पैसा जमिन अस्पतालको स्वामित्वमा ल्याएर सोही जमिनमा ३० करोडको लगानीमा सुविधा सम्पन्न भवनसहितको अस्पताल निर्माण भइरहेको छ।
आफूले पनि पटक पटक स्वास्थ्य चौकीको मातहतमा उक्त जग्गा ल्याउन खोजे पनि असफल भएको बताउँदै स्थानीय वयोवृद्ध तथा समाजसेवी प्रेमनाथ ओझाले बताए । उनले भने, ‘धेरै समयको मिहिनेतपछि भने गाउँपालिका अध्यक्षको चासोले अतिक्रमित घर हटाएर अस्पतालको स्वामित्वमा ल्याउन सफल भएका हुन्।’
गाउँपालिकाको १२ करोड र नेपाल सरकारको १८ करोड लगानीमा उक्त भवन आदर्श गाउँपालिका वडा नम्बर २ मौवानगरदहमा निर्माण भइरहेको छ।
गाउँमा सुविधा सम्पन्न अस्पताल नहुँदा यहाँका स्थानीय सामान्य उपचारका लागि सिलगढीस्थित जिल्ला अस्पताल तथा दिपायलका निजी हस्पिटलमा धाउनु पर्ने बाध्यता छ।
अब भने अधिकांश सेवासहितको अस्पताल निर्माणपछि आदर्शका साथै सायल गाउँपालिकाका नागरिकलाई पनि उपचारमा सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खडकाले बताए । उनले भने,‘सुविधा सम्पन्न भवन निर्माण भएसँगै विशेषज्ञ चिकित्सकको दरबन्दी राखेर सेवा दिने तयारीमा छौँ ।’
सुविधा सम्पन्न भवन निर्माणसँगै आफ्नै पालिकाबाट यहाँका नागरिकले स्वास्थ्य सेवा लिन पाउने बताउँदै उनले भने,‘गाउँमै अस्पताल निर्माण हुनु आदर्शवासीका लागि गौरवको कुरा हो, यहीँबाट हामीले सेवा दिएमा सामान्य शल्यक्रिया तथा सुत्केरी हुन पनि दिपायल तथा सिलगढी धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ ।’
सुविधा सम्पन्न अस्पताल निर्माण हुन थालेपछि यहाँका स्थानीय हर्षित भएको स्थानीय युवा नेता गोविन्द खडकाले बताए । उनले भने,‘गाउँमा सुविधा सम्पन्न अस्पताल नहुँदा सामान्य बिरामी हुँदा पनि बाहिर जानुपर्ने बाध्यता छ, अब भने सुविधा सम्पन्न भवनबाटै विशेषज्ञसहितको सेवा पाउने भएपछि हामी खुसी छौँ ।’
अहिले आदर्श गाउँपालिकामा स्वास्थ्य चौकीबाट स्थानीयले स्वास्थ्य सेवा लिइरहेका छन् । अस्पताल भवनको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी धामी (रोकाया)ले बताइन् । उनले भनिन्,‘अस्पतालमा चाहिने सामग्रीहरूका लागि भने विभिन्न दातृ निकायसँग छलफल चलिरहेको छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...