दक्षिण कोरियाको यातायात मन्त्रालयले दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स सुरक्षित गरेको जनाएको छ। अहिले अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ। विमानको दुई वटा ब्ल्याक बक्स रहेको बताइएको छ।
मन्त्रालयका एक अधिकारीले एक टेलिभिजन प्रेस ब्रीफिंगमा दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन उडान डाटा र भ्वाइस रेकर्डर दुवैको पुनःप्राप्ति पूरा भएको बताए। राजधानी सियोलबाट करिब २९० किलोमिटर दक्षिणपश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने प्रयास गर्ने क्रममा १७३ दक्षिण कोरियाली र दुई थाई नागरिकसहित १७५ यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनामा मृत्यु हुनेको संख्या १६७ पुगेको मृत्यु भएको बताइएको छ। सिन्ह्वा