२०२४ का भयानक प्रकोप: हज्जारौँको ज्यान लिए, खरबौँको क्षति गरे
१८ पौष २०८१
•
८ मिनेट पाठ
२०२४ का भयानक प्रकोप: हज्जारौँको ज्यान लिए, खरबौँको क्षति गरे
प्राकृतिक प्रकोपका कारण सन् २०२४ विश्व समुदायका लागि एक कठिन वर्ष भयो। प्राकृतिक प्रकोपका कारण गत वर्ष विश्वभर झन्डै तीन खर्ब १० अर्ब अमेरिकी डलरको आर्थिक क्षति भएको छ । स्विस पुनर्बिमा कम्पनी ‘स्विस रेले’को तथ्याङ्कले यस्तो अनुमान गरेको हो । जलवायु सङ्कटका कारण सन् २०२३ को तुलनामा ६ प्रतिशतले आर्थिक क्षति वृद्धि भएको हो। यस्तै यी प्रकोपका कारण विश्वभर लाखौँ मानिस प्रभावित भएका छन् भने हज्जारौँको ज्यान नै गएको छ । 




गएकाे वर्षले दिएका उपलब्धि र पाठले सन् २०२५ सबैका लागि प्रेरणाको वर्ष हुने आस गरिएको छ। २०२४ मा जलवायु परिवर्तनसँगै खडेरी,  अनावृष्टि,  अल्प वृष्टि,  अतिवृष्टि र यसका कारण हुने मरूभूमीकरण,  बाढी र पहिरोजस्ता प्राकृतिक विपत्ति पनि थुप्रै आए।

सन् २०२४ सबैभन्दा तातो वर्ष

जलवायु परिवर्तनका कारण तापमान वृद्धि हुने क्रम जारी छ। यसका लागि प्रकृतिमा मानवीय अतिक्रमणलाई नै प्रमुख जिम्मेवार मानिएको छ। जीवाश्म इन्धनको मानिसको व्यवहारले सम्भवतः स्थायी रूपमा जलवायुलाई परिवर्तन गर्ने तथ्यलाई वैज्ञानिकहरूले दशकौँदेखि चेतावनी दिइरहेका छन्। आधुनिक अभ्यासका लागि वैज्ञानिक आविष्कार नै पनि यसमा जिम्मेवार छन्। तथ्यहरूले पनि उल्लेखित दाबीहरूलाई पुष्टि गर्छन्।

वायुमण्डलमा कार्बन डाइअक्साइडको स्तर निरन्तर बढिरहेको छ  सन् २०२४ रेकर्डमा सबैभन्दा तातो वर्षको रूपमा स्थापित भएको छ। सन् २०१५ को पेरिस सम्झौताले विश्वलाई स्थायी रूपमा तापक्रमको उच्चस्तर नाघ्नबाट जोगाउने प्रयास गरेको सन्दर्भमा जलवायु परिवर्तनको जोखिम तथा असरलाई उल्लेखनीय रूपमा घटाउने कुरालाई आत्मसात् गरेको थियो। सम्झौताले विश्वव्यापी औसत तापक्रममा हुने वृद्धिलाई पूर्व औद्योगिक तहभन्दा माथि दुई डिग्री सेल्सियसभन्दा तल कायम राख्ने र तापक्रममा हुने वृद्धिलाई पूर्व औद्योगिक तहभन्दा माथि १।५ डिग्री सेल्सियसमा सीमित राख्न प्रयास गर्ने जनाएको छ।

जलवायुसम्बन्धी वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन कोप–२९ ले विकासशील देशहरूलाई उत्सर्जन कटौती र जलवायु अनुकूलनका लागि आर्थिक सहयोग गर्न सामान्य प्रगति गरेको छ। वैज्ञानिकहरूले जलवायु परिवर्तनको प्रभावलाई कम गर्न र हरित अर्थव्यवस्थामा सङ्क्रमणलाई छिटो गर्न डिजाइन गरिएका विभिन्न प्रविधिहरूमा प्रगति गरेका छन्। तथापि, तिनीहरूको सफलता धेरै कम र ढिलो हुन सक्छ।

हामी सबैले सम्झिरहने धेरै घटनाहरू भए पनि यो वर्ष विश्वभरकै सबैभन्दा घातक प्रकोप र जलवायु सङ्कटहरूमध्ये एक देखियो। यहाँ हामी २०२४ का केही घातक जलवायु प्रकोप र थप अन्य प्रकोपका घटनालाई हेरौँः

केरलाको वायनाड पहिरो

भारतको केरलाको वायनाड जिल्लाको पहाडी क्षेत्रमा जुलाई ३० मा ठुलो पहिरो गयो। पहिरोले २०० भन्दा बढी मानिसहरूको ज्यान लियो र धेरै घरबारविहीन भए। दर्जनौँ बालबालिका अनाथ भए । यो केरलाको इतिहासमा सबैभन्दा खराब र घातक प्राकृतिक प्रकोपमध्ये एक मानिन्छ। सयौँलाई भग्नावशेषमुनि पुरिएको थियो। सेनाको टोलीले धेरैलाई उद्धार गरी बाहिर निकालेको थियो।

फ्लोरिडामा मिल्टन तुफान

मिल्टन नामक आँधीले अक्टोबर ९ मा अमेरिकाको फ्लोरिडाको पश्चिमी तटमा कम्तीमा २० प्रतिशत बढी वर्षा गरायो। साथै १० प्रतिशत शक्तिशाली हावाहुरी निम्त्यायो। वैज्ञानिकहरूका अनुसार शक्तिशाली हावाले दुर्लभ आँधीबेहरीले १० प्रतिशत गरेको थियो।

अमेरिकी राष्ट्रिय तुफान केन्द्रका अनुसार मिल्टन आँधी टेम्पा खाडीबाट करिब ४८५ किलोमिटर दक्षिण पश्चिममा रहेको थियो। यसैलाई ध्यानमा राख्दै अधिकारीहरूले मानिसहरूलाई सो ठाउँ छाडेर बाहिर जान चेतावनी दिएका थिए। केन्द्रले मिल्टनलाई श्रेणी–५ मा राखेको छ। मिल्टनको गति २७० किलोमिटर प्रतिघण्टा रहेको थियो। टेम्पा पुलिसले यो शताब्दीकै सबैभन्दा ठुलो आँधी भएको बताएको थियो।

मिल्टन आँधी डरलाग्दो ठुलो र खतरनाक घटनाको रूपमा सूचीको शीर्ष स्थानमा छ। जसले ६० बिलियन अमेरिकी डलर बराबरको क्षति गर्‍यो र २५ जना व्यक्तिहरूको ज्यान लियो।

हेलेन तुफान

त्यसपछिको हेलेन एक विनाशकारी श्रेणीको ४ स्थानमा रहेको आँधी हो। यो आँधी सेप्टेम्बरमा अमेरिका, क्युबा र मेक्सिकोमा आएको थियो। जसबाट २३२ जनाको ज्यान लिएको थियो भने लगभग ५५ बिलियन बराबरको क्षति गरिएको रेकर्ड छ।

टाइफुन यागी

सेप्टेम्बरमा यो वर्ष एसियाको सबैभन्दा शक्तिशाली आँधी यागीले उत्तरी भियतनाममा धेरैको ज्यान लियो र व्यापक क्षति पुर्‍यायो। दक्षिण पश्चिम एसियामा आएको आँधी यागीले ८०० भन्दा बढीको ज्यान लिएको प्रतिवेदनमा उल्लेख छ। यो आँधी लाओस्,  म्यानमार,  भियतनाम र थाइल्यान्डमा आउनु अघि सेप्टेम्बर २ मा फिलिपिन्समा आफ्नो उग्र रूप देखायो। यहाँ यसले पहिरोसहित एक्कासि बाढी निम्त्यायो। जसबाट लाखौँ घर र कृषि भूमिमा ठुलो क्षति पुर्‍यायो।

यागी तुफानलाई भियतनाममा तीन दशकपछिको शक्तिशाली भनिएको छ। तुफानको वेग २४५ किलोमिटर प्रतिघण्टाको थियो। यो यस वर्ष एसियामा देखा परेको सबैभन्दा शक्तिशाली तुफान हो।

चिडो चक्रवात

डिसेम्बरमा फ्रान्सको हिन्द महासागरमा रहेको मेयोट टापुमा ‘चिडो’ नामक शक्तिशाली आँधीका कारण ११ जनाको ज्यान गएको थियो। झन्डै एक सय वर्षमा यस क्षेत्रमा शक्तिशाली आँधी आएको समाचार संस्था एएफपीले जनाएको छ।

आँधीको समयमा हावाको वेग दुई सय २५ किलोमिटर प्रतिघण्टाको दरमा थियो। आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको थियो।

आँधीले मेयोटमा रहेका सबै अस्थायी घरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। सन् १९३४ देखि मेयोटमा यति तीव्र गतिको आँधी नआएको गृहमन्त्री ब्रुनो रिटेलोले बताएका थिए।

कोलम्बिया खडेरी

२०२४ ले रेकर्डहरूमा सबैभन्दा खराब खडेरी देख्यो। जसले अमेजन बेसिनका नदीहरूको पानीको स्तरलाई ऐतिहासिक रूपमै तल्लो तहमा ल्यायो।  केही अवस्थामा नदीको किनारहरू सुक्यो जुन पहिले जलमार्गहरू थिए। सोलिमोज, शक्तिशाली अमेजन नदीको मुख्य सहायक नदीहरू मध्ये एक जसको पानी पेरुभियन एन्डिजमा उत्पत्ति हुन्छ। कोलम्बियाको सिमानामा रहेको ब्राजिलको सहर ट्याबटिङ्गामा रेकर्डको सबैभन्दा तल्लो तहमा पुग्यो पानी।

तीन हजार बढीको ज्यान लिने भारतको गर्मी 

२०२४ को सुरुमा  विज्ञान र वातावरण केन्द्रले एक प्रतिवेदनमा उल्लेख गरेको छ कि भारतमा दिनका हिसाबले ९३ प्रतिशत चरम गर्मीका घटनाहरूको सामना गर्नु पर्‍यो। जसबाट २७६ दिनमध्ये २५५ दिनहरूमा २०२४ को पहिलो नौ महिनामा ३२०० भन्दा बढी मानिसहरूको मृत्यु भयो। चरम गर्मीका घटना खेती बालीमा असर गर्‍यो। लाखौँ घर ध्वस्त भए र गाईबस्तु पनि मारिएका थिए। 

यस्तै प्रतिवेदनका अनुसार बांग्लादेशमा पनि ३ करोड ३० लाख मानिस चरम गर्मीको लहरबाट प्रभावित भएका थिए।

ब्राजिलको बाढी

ब्राजिलको दक्षिणमा अवस्थित रियो ग्रान्डे डो सुल राज्यमा अप्रिलको अन्त्यतिर मुसलधारे वर्षाले रेकर्ड ब्रेक गर्‍यो।  एक साताभन्दा बढी समयदेखि परेको वर्षाका कारण बाढी आएको थियो। बाढीका कारण करिब २ सय जनाको मृत्यु भएको थियो। बाढीबाट साढे १४ लाख मानिस प्रभावित भएका थिए। दुई लाख मानिस विस्थापित भएका हुन बाध्य भए। ब्राजिलको सिभिल डिफेन्स एजेन्सीको तथ्याङ्क अनुसार बाढी र वर्षाका कारण हालसम्म ९९ हजार ८ सय घर आंशिक वा पूर्ण रूपमा ध्वस्त भएका छन्।

एक अनुमान अनुसार वर्षा र बाढी कारण करिब ४ अर्ब ६० करोड रियाल बराबरको आर्थिक क्षति भएको थियो भने घर तथा पूर्वाधारमा पनि निकै क्षति पुगेको थियो।

चीनको बाढी

सन् २०२४ को जुलाईमा चीनको सान्सी प्रान्तमा आएको बाढीका कारण राजमार्गमा रहेका पुल भत्किँदा करिब एक दर्जन व्यक्तिको मृत्यु भएको थियो। सोही महिनामा  टाइफुन गेमीले उत्तरी ताइवानमा बगेर समुद्र पार गरेर चीनमा पुग्नु अघि बाढी उत्पन्न गराएको थियो।

प्रदूषित यमुना

अक्टोबरमा दिल्लीको यमुना नदी सेतो विषालु फोमको बाक्लो तहले ढाकिएको थियो। यसले मानिसहरूका लागि स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने विशेषज्ञहरूले भनेका थिए। हरेक वर्ष यो समस्या बढ्दै गएको र २०२४ मा पनि अवस्था फरक भएन। फोमको यी बाक्लो तहहरू बन्नुको मुख्य कारण नदीमा झर्ने फोहोर पानी भएको अधिकारीहरूले बताएका थिए। यो प्रदूषण मानव जीवनका लागि निकै हानिकारक रहेको पनि उनीहरूले बताएका थिए।

जापान भूकम्प

२०२४ को सुरुवात विनाशकारी भयो किनकि जनवरी १ मा जापानको उत्तरी प्रायद्वीप नोटोमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो। जसमा २०० भन्दा बढी मानिसको मृत्यु भयो। जापान टाइम्स अखबारका अनुसार आरआरआर अभिनेता जुनियर एनटीआर यस समयमा जापानमा थिए र भारत फर्किएपछि उनले सोही समयमा जापानमा भूकम्प गएकोमा दुःख व्यक्त गरेका थिए।

चिलीमा डढेलो

फेब्रुअरीमा मध्य चिलीमा ठुलो जङ्गलमा लागेको आगोले १३० भन्दा बढी मानिसको ज्यान लिएको थियो। रोयटर्सको रिपोर्ट अनुसार चिली, अर्जेन्टिना र दक्षिण अमेरिकाको दक्षिणी शंकुका अन्य भागहरूमा कडा गर्मीको सामना गर्नुपरेको थियो।

चिलीको चरम मौसमी बदलाव हुनुमा पनि एल निनो जलवायु घटनाले बढाएको बताइएको छ।

अर्को समाचार
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
१ घण्टा अघि
•
१ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
नयाँ दिल्ली। भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 




मन्त्रिपरिषद्ले सबै राज्यहरूको सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने यो विधेयक पारित गरेको छ। 

सङ्घीय मन्त्रिपरिषद्ले लोकसभामा सीमाङ्कन अभ्यास लागू गर्न संविधानको (१३२ औँ संशोधन) विधेयक, २०२६ र व्यवस्थापिकामा महिलाहरूलाई ३३ प्रतिशत आरक्षण प्रदान गर्न नारी शक्ति वन्दन अधिनियम पनि स्वीकृत गरेको छ। 

सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ मा महिला आरक्षणका लागि विशेष प्रावधान थपिएको छ। धारा १० अनुसार प्रत्येक राज्य र केन्द्रशासित प्रदेशलाई लोकसभामा व्यवस्था गरिएको सीट सङ्ख्या र प्रत्येक राज्यको विधानसभाको कुल सीट सङ्ख्यामा पचास प्रतिशत वृद्धि हुनेछ।

यो विधेयकले प्रस्तावित ऐन लागू भएपछि सीमाङ्कन आयोग गठन गरी सीमाङ्कन अभ्यास गर्न खोजेको छ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले लोकसभा सीटमा प्रस्तावित ५० प्रतिशत वृद्धिको पुष्टि गर्दै यसमा आफ्नो दल र व्यक्तिगत समर्थन रहेको बताए। 

उनले जनसङ्ख्यामा आधारित सीमाङ्कनका कारण आफ्नो संसदीय प्रतिनिधित्वको हिस्सा गुमाउने डर राखेका दक्षिणी राज्यहरूलाई राहत दिने बताए।  संविधान संशोधन विधेयकअनुसार सीमाङ्कनका अङ्कहरू सन् २०५१ सम्म स्थिर राखिनेछ। 

अप्रिल १७ मा लोकसभामा दुई–तिहाइ बहुमत जुटाउन असफल भएपछि एनडीएले यो विधेयक प्रस्तुत गर्ने तयारी गरेको हो। कुल ५४३ सदस्यीय सदनमा हाल पाँच रिक्त स्थानलाई ध्यानमा राख्दा प्रभावकारी सङ्ख्या ५३८ छ, जसअनुसार दुई–तिहाइ सीमा लगभग ३५९ मत रहन्छ। संसदीय पर्यवेक्षकहरूले ट्र्याक गरिरहेको सम्भावित परिदृश्यअनुसार राष्ट्रिय लोकतान्त्रिक गठबन्धनअन्तर्गत हाल करिब ३२० सदस्य (२० टीएमसी विद्रोहीसहित) रहेका सत्तारूढ पक्षले आवश्यक सङ्ख्या पुर्‍याउन व्यापक दलीय समर्थन खोज्न सक्नेछन्। 

इन्डिया गठबन्धनको हिस्सा रहेको र लोकसभामा आठ सीट रहेको राष्ट्रवादी काङ्ग्रेस पार्टी (शरदचन्द्र पवार) संसद्मा प्रस्तुत हुने यो विधेयकलाई समर्थन गर्ने प्रतिवद्धता जनाएको छ। 

जितेन्द्र अव्हाडले पार्टीका प्रमुख शरद पवारसँग छलफलपछि संसद् सदस्यका लागि सीमाङ्कन अभ्यासलाई संवैधानिक दायित्व बताउँदै समर्थन गर्ने बताए। 

छलफलको प्रकृति स्पष्ट पार्दै अव्हाडले पत्रकारहरूलाई भने, 'छलफल हाम्रो पार्टीको आधिकारिक अडानबारे थिएन। सामान्य बिन्दु यो थियो कि सीमाङ्कन प्रक्रिया संवैधानिक आवश्यकता हो। सीमाङ्कन प्रक्रियालाई समर्थन गर्ने निर्णय भएको छ, र हामी यसलाई समर्थन गर्नेछौँ।'

'हामी सीमाङ्कनलाई समर्थन गर्नेछौँ,' पूर्व तमिलनाडु मुख्यमन्त्री तथा डीएमके प्रमुख एमके स्टालिनले लोकसभामा राज्यको प्रतिनिधित्वको हिस्सा जोगाउन सुरक्षा उपायको माग दोहोर्‍याउँदै राज्यको हितमा कुनै पनि सम्झौताको प्रश्न नभएको दाबी गरे। 

डीएमके सांसद पी. विल्सनले शुक्रबार भने, 'हाम्रो पार्टीसँग प्रस्तावित सीमाङ्कन अभ्याससम्बन्धी सर्तमा सन् १९७१ को जनगणनामा आधारित तमिलनाडुको विद्यमान ७.१८ प्रतिशत संसदीय प्रतिनिधित्वको हिस्सा जोगाउने र जनसङ्ख्यामा आधारित सीमाङ्कनमा २५ वर्षको स्थिरता सुनिश्चित गर्ने दुई गैर–वार्तायोग्य माग छन्।

यसैबीच, वाईएसआरसीपीले प्रस्तावित सीमाङ्कन विधेयकलाई समर्थन गर्ने झुकाव देखाएको छ, तर विधेयकले क्षेत्रीय सन्तुलन सुनिश्चित गरी राज्यहरू, विशेषगरी दक्षिणी भारतका राज्यहरूको हित र राजनीतिक प्रतिनिधित्व जोगाउनुपर्ने सर्तसहित, पार्टी स्रोतहरूले बताए। काङ्ग्रेस र इन्डिया गठबन्धनका धेरै सहयोगी दलहरूले विधेयकको विरोध गर्ने अडान कायम राखेका छन्। नोभेम्बर ३० मा लोकसभा र डिसेम्बर २ मा राज्यसभाको पुनः बैठक बस्नेछ। एएनआई
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १७ सेकेन्ड अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
यो पनि पढौँ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस