अमेरिका यस दशककै सबैभन्दा भीषण हिमपातको डरसँगै तयारीमा जुटेको छ।
मौसम पूर्वानुमान महाशाखाले यस अवधिमा भारी हिमपात हुने र तापक्रम एक दशकयताकै न्यून हुने जनाएसँगै प्रशासनले पूर्वतयारी सुरु गरेको बीबीसीले लेखेको छ। नेशनल वेदर सर्भिसका अनुसार यो आँधी अमेरिकाको मध्य भागबाट सुरु भएर आगामी केही दिनमा पूर्वतिर सर्नेछ।
मिसिसिपी र फ्लोरिडालगायतका केही भागमा डरलाग्दो चिसो हुने चेतावनी दिइएको छ। मौसमविद्हरूका अनुसार ध्रुवीय भोर्टेक्स (आर्कटिक वरपर घुम्ने चिसो हावाको क्षेत्र) खराब मौसमको कारण हिमपात हुन लागेको हो।
एक्यूवेदरका पूर्वानुमानकर्ता डेप्याडविनले भने, ‘यसले सन् २०११ पछि संयुक्त राज्य अमेरिकामा सबैभन्दा चिसो जनवरी हुने अपेक्षा गरिएको छ।’ मौसम विभागका अनुसार आइतबार मध्य अमेरिकामा जनजीवन निकै प्रभावित हुनेछ र ट्राफिक अवस्था पनि अस्तव्यस्त हुने डर छ।
सिएनएनका अनुसार, अमेरिकाको एक हजार तीन सय माइल क्षेत्रफलमा भारी हिमपात हुनेछ। शनिबार दिउँसोदेखि सोमबारसम्म जारी रहने मौसम परिवर्तनले छ करोड भन्दा धेरै मानिस प्रभावित हुनेछन्। भारी हिमपातले अमेरिकाका कम्तिमा एक दर्जन राज्यहरूमा बिजुली कटौतीसहितका समस्या देखिन सक्छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो।
आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...