आगलागीपछि क्यालिफोर्नियामा चोरीका घटना बढे: कर्फ्यु घोषणा, १३५ अर्ब डलरको क्षति
२७ पौष २०८१
•
१ मिनेट पाठ
आगलागीपछि क्यालिफोर्नियामा चोरीका घटना बढे: कर्फ्यु घोषणा, १३५ अर्ब डलरको क्षति
अमेरिकी राज्य क्यालिफोर्नियामा आगलागी भएको ५ दिन बितिसकेको छ। मंगलबारदेखि लागेको आगो शनिबारसम्म पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। यसबाट हालसम्म ११ जनाको मृत्यु भइसकेको छ। राष्ट्रपति जो बाइडेनले धेरै मानिस अझै बेपत्ता रहेको बताएका छन्।




क्यालिफोर्नियाको सान्ता मोनिका सहरमा आगलागी र लुटपाटको खबरका बीच प्रशासनले कर्फ्य‍ु घोषणा गरेको छ। साथै २० जनालाई पक्राउ समेत गरेको छ।

रोयटर्सका अनुसार लस एन्जलसमा भएको आगलागीका कारण अहिलेसम्म करिब १३५ अर्ब डलरको क्षति भएको अनुमान गरिएको छ। यहाँको आगलागी केही हदसम्म नियन्त्रणमा आएको छ, तर सप्ताहन्तमा फेरि तीव्र हावा चल्ने विज्ञहरू बताउँछन्।

बिहीबार लस एन्जलस काउन्टीमा लगभग १० लाख मानिसहरूलाई आगो क्षेत्रहरूबाट बाहिर निस्कने सन्देशहरू पठाइयो। जुन क्रम शुक्रबार पनि जारी रह्यो। यसबारे आपतकालीन व्यवस्थापनका अधिकारीहरू सेलफोन टावरमा आगलागीका कारण यस्तो समस्या भएको बताउँछन्।

क्यालिफोर्नियाका धेरै ठाउँहरूमा पानीको हाइड्रेन्टहरू सुकेका छन्। एनवाईटीका अनुसार राज्यका गभर्नर गेभिन न्युसमले शुक्रबार पानीको हाइड्रन्टमा कसरी यति चाँडो पानी सकियो भनेर अनुसन्धान गर्न आदेश दिएका छन्।

क्यालिफोर्नियाको आगलागीमा अहिलेसम्म के-के भयो?

पेरिस हिल्टन, टम ह्यान्क्स, स्टिभन स्पिलबर्ग जस्ता हलिउड सेलिब्रेटीहरूको घर जल्यो।

उपराष्ट्रपति कमला ह्यारिसको घर खाली गरिएको छ।

राष्ट्रपति जो बाइडेनले आफ्नो इटाली भ्रमण रद्द गरेका छन्।

आगलागीको लागि वर्तमान बाइडेन प्रशासनलाई जिम्मेवार ठहराउँदै डोनाल्ड ट्रम्पले भने- बाइडेनले यो मेरो लागि छोड्दै हुनुहुन्छ। एजेन्सी
अर्को समाचार
अमेरिका डढेलोमा २४ को मृत्यु : २७० अर्ब डलर क्षति, आगलागी अझै बढ्ने
२९ पौष २०८१
•
१ मिनेट पाठ
अमेरिका डढेलोमा २४ को मृत्यु : २७० अर्ब डलर क्षति, आगलागी अझै बढ्ने
अमेरिकाको लस एन्जलसमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ। क्यालिफोर्नियाका मौसमविद्हरूले थप तीव्र हावा चल्ने चेतावनी दिएका छन्, जसले गर्दा यो साता आगलागी अझै बढ्न सक्ने अनुमान गरिएको छ।




लस एन्जलस काउन्टीका स्वास्थ्य अधिकारीहरूले मृत्यु हुनेको संख्या २४ पुगेको पुष्टि गरेका छन्। आगलागीका कारण इटन क्षेत्रमा ११ जनाको र पालिसेड्स क्षेत्रमा ५ जनाको मृत्यु भएको छ। लस एन्जलस क्षेत्रमा अहिले चारवटा आगो नियन्त्रणमा लिन प्रयास भइरहेको छ।

सबैभन्दा बढी क्षति पालिसेड्स क्षेत्रमा भएको छ जहाँ २३ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ। आइतबार, एक निजी मौसम अनुगमन कम्पनीले आगलागीबाट आर्थिक क्षतिको प्रारम्भिक अनुमानलाई बढाएर २५० देखि २७० अर्ब अमेरिकी डलरसम्म पुगेको भनेको छ। 
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३९ सेकेन्ड अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस