बोल्न मान्दैनन् दक्षिण कोरियाका निलम्बित राष्ट्रपति, २० दिन हिरासतमा राख्ने तयारी
०४ माघ २०८१
•
२ मिनेट पाठ
बोल्न मान्दैनन् दक्षिण कोरियाका निलम्बित राष्ट्रपति, २० दिन हिरासतमा राख्ने तयारी
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल सैनिक शासनको असफल प्रयासबारे अनुसन्धानकर्ताको सोधपुछलाई शुक्रबार फेरि अस्वीकार गरेका छन्। योलविरुद्ध महाभियोग लगाउने समयसीमा नजिकिँदै गर्दा उनले अनुसन्धान प्रक्रियामा सोधपुछका क्रममा बोल्न नमानेका हुन्। 




युनले डिसेम्बर ३ मा ‘राज्य विरोधी तत्वहरू’ को धम्कीको सामना गर्न आवश्यक रहेको भन्दै ‘मार्शल ल’ घोषणा गरेका थिए। विपक्षी सांसद र जनप्रदर्शनपछि उक्त घोषणा केही घण्टामा नै फिर्ता भएको थियो।  

राष्ट्रपतिको उक्त कदमले देशलाई अराजकतातर्फ धकेलेको छ।  

उनले संसद्‌मा हस्तक्षेप गरी मार्सल ल अस्वीकार गर्न संसद्‌मा मतदान हुनबाट रोक्न असफल भएपछि उनको घोषणा केवल छ घण्टामा नै विफल भएको थियो।  

त्यसपछिका हप्ताहरूमा युनलाई संसद्ले महाभियोग लगाएको थियो र हिरासतमा लिने दक्षिण कोरियाको पहिलो बहालवाला राष्ट्रपति हुनुअघि उनको संरक्षित निवासमा लुकेर गिरफ्तारीको विरोध गरिएको थियो। 

उनको निवासमा छापा मार्दा बुधबार बिहान पक्राउ पुर्जी जारी गरिएको थियो।  पक्राउ पूर्जीमा युनलाई केवल ४८ घण्टाको लागि हिरासतमा राख्न अनुमति दिइएको थियो।

अनसन्धानकर्ताहरूले शुक्रबार उनको हिरासत बसाईलाई लम्बाउन नयाँ पक्राउ पूर्जी माग्ने अपेक्षा गरिएको छ जसले सम्भवतः उनलाई २० दिनको लागि हिरासतमा राख्न आदेश दिनसक्ने अनुमान गरिएको छ।  यसले अभियोजनकर्ताहरूलाई उनीविरुद्ध अभियोगलाई औपचारिक रूप दिन समय दिनेछ। 

भ्रष्टाचार अनुसन्धान कार्यालयले उनीमाथि विद्रोहको सम्भावित अभियोगमा अनुसन्धान गरिरहेको छ र अभियोग प्रमाणित भएमा उनलाई आजीवन कारावास वा मृत्युदण्डको सजाय हुनसक्छ।  

यदि शुक्रबार नयाँ वारेन्ट दायर गरियो भने युनलाई कम्तीमा पनि अदालतमा सुनुवाइ नहुन्जेल र सप्ताहन्तमा यसको अनुमोदनका लागि फैसला नभएसम्म हिरासतमा राखिनेछ। यदि सुनुवाइपछि अदालतले यसलाई अस्वीकार गर्यो भने उनी रिहा हुनेछन्। 

सीआईओले स्थानीय समयअनुसार शुक्रबार बिहान १० बजे युनलाई सोधपुछका लागि बोलाएको थियो। तर उनका वकिल युन कब क्युनले एएफपीलाई बताए अनुसार उनले लगातार दोस्रो दिन पनि उपस्थित हुन अस्वीकार गरेका थिए। 

सीआईओका अधिकारीहरूले एएफपीको अनुरोधको तत्काल जवाफ दिएनन्।

अर्का वकिल सिओक डोङ–ह्योनले शुक्रबार पत्रकारहरूलाई भने, “युनले अनुसन्धानकर्ताहरूलाई आफ्नो स्थितिबारे बताइसक्नुभएको छ। उनीहरूका प्रश्नहरूको जवाफ दिनुपर्ने कुनै कारण छैन।”

डोङ–ह्योनले थप भने, “राष्ट्रपति आज सीआईओमा उपस्थित हुनुहुने छैन। उहाँले पहिलो दिन नै अनुसन्धानकर्तासमक्ष आफ्नो आधारभूत धारणा पर्याप्त रूपमा व्यक्त गर्नुभएको छ। ” 

युनलाई बुधबार घण्टौँ सम्म सोधपुछ गरिएको थियो तर अर्को दिन सोधपुछका लागि उपस्थित हुन इन्कार गर्नुअघि उनले आफ्नो ‘मौन बस्न पाउने अधिकार’ को प्रयोग गरेका थिए। एएफपी
अर्को समाचार
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
१ घण्टा अघि
•
१ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
बेइजिङ। वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्। नयाँ अध्ययनअनुसार यो जीनको भिन्नताले भाले लामखुट्टेलाई गर्मीमा बढी प्रजनन गर्न सहयोग गर्छ भने पोथी लामखुट्टेलाई मलेरियाको परजीवीबाट संक्रमित हुने जोखिम बढाउँछ।




चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको अनुसन्धान केन्द्रका वैज्ञानिकहरूले गरेको यो अध्ययन हालै ‘सेल’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित भएको हो। यस अध्ययनले अफ्रिकामा मलेरिया सार्ने एक प्रकारको लामखुट्टे तीव्र गतिमा फैलिनुको कारण बुझ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मलेरिया संक्रमित पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। यो विश्वका घातक संक्रामक रोगमध्ये एक मानिन्छ। अध्ययन गरिएको एनोफिलिज स्टेफेन्सी नामक लामखुट्टे अन्य मलेरिया सार्ने लामखुट्टेभन्दा फरक छ। यो ग्रामीण क्षेत्रमा मात्र नभई सहरमा पनि सजिलै बस्न र प्रजनन गर्न सक्छ। यसले घरमा राखिएका पानीका भाँडा, ट्याङ्की तथा अन्य पानी जम्ने ठाउँमा अण्डा पार्छ।

यो लामखुट्टे सन् २०१२ मा अफ्रिकी देश जिबुटीमा पहिलोपटक भेटिएको थियो। त्यसपछि यो अफ्रिकाका विभिन्न देशमा फैलिएको छ। बढ्दो तापक्रम सहन सक्ने भएकाले जलवायु परिवर्तनसँगै यसको विस्तार अझ बढ्न सक्ने वैज्ञानिकहरूको चिन्ता छ।

अनुसन्धानका क्रममा वैज्ञानिकहरूले लामखुट्टेको शरीरमा हुने ‘टाइमलेस’ नामक जीनमा प्राकृतिक परिवर्तन फेला पारेका छन्। यो जीनले शरीरको जैविक घडी अर्थात् सुत्ने, उठ्ने र दैनिक गतिविधिको समय नियन्त्रण गर्न मद्दत गर्छ।

अध्ययनअनुसार उक्त जीनमा परिवर्तन भएका भाले लामखुट्टेले उच्च तापक्रममा सामान्य लामखुट्टेको तुलनामा ३.६ देखि ४.७ गुणासम्म बढी प्रजनन सफलता हासिल गरेका छन्। उनीहरू बढी सक्रिय भएर उड्न सक्छन् र पोथीलाई आकर्षित गर्ने रासायनिक पदार्थ पनि बढी उत्पादन गर्छन्।

तर पोथी लामखुट्टेमा भने यसको असर फरक देखिएको छ। उक्त जीनमा परिवर्तन भएका पोथी लामखुट्टे मलेरिया परजीवीबाट सामान्य पोथीको तुलनामा बढी संक्रमित हुने अध्ययनले देखाएको छ। यसको कारण उनीहरूको रोगसँग लड्ने क्षमता कमजोर हुनु हो।

अनुसन्धानकर्ता वाङ सिबाओका अनुसार अब लामखुट्टेको फैलावटसँगै त्यसमा हुने आनुवंशिक परिवर्तनको पनि निगरानी गर्न आवश्यक छ।

उनले यस अध्ययनले जलवायु परिवर्तनले रोग फैलाउने लामखुट्टेको विकासमा कस्तो प्रभाव पार्छ भन्ने बुझ्न मद्दत गर्ने बताए। साथै, यसले मलेरियाको जोखिम पहिचान गर्न र नियन्त्रणका कार्यक्रम प्रभावकारी बनाउन वैज्ञानिक आधार प्रदान गर्ने उनको भनाइ छ। सिन्ह्वा
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock १६ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
यो पनि पढौँ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस