ट्रम्पको रिस टार्न खोज्दै मोदी
०१ फागुन २०८१
•
३ मिनेट पाठ
ट्रम्पको रिस टार्न खोज्दै मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ह्वाइट हाउसमा भेट हुँदा डोनाल्ड ट्रम्पसँगको मित्रता पुनर्जीवित गर्न र भन्सार तथा आप्रवासनमा अमेरिकी राष्ट्रपतिको रिसबाट बच्न प्रयास गर्ने छन्।




ह्वाइट हाउसका अनुसार मोदीले ट्रम्पसँग संयुक्त पत्रकार सम्मेलन पनि गर्ने छन्। सामाजिक सञ्जालको प्रभावशाली प्रयोगकर्ता तर पत्रकारहरूबाट बिरलै प्रश्न लिने भारतीय नेताको यो दुर्लभ कदम हो।

रिपब्लिकन सत्तामा फर्किएपछि ओभल अफिसको ढोकामा पुग्ने विदेशी नेताहरूको श्रृङ्खलामा पछिल्लो नेता मोदीले आफ्नो पहिलो कार्यकालमा ट्रम्पसँग राम्रो सम्बन्ध साझा गरेका थिए।

प्रधानमन्त्रीले आफ्नो भ्रमणअघि नयाँदिल्लीले उच्च–स्तरीय मोटरसाइकलहरूमा शुल्क कटौती गर्दै द्रुत भन्सार छुट प्रस्ताव गरेका छन्। यो प्रतिष्ठित अमेरिकी निर्माता हार्ले–डेभिडसनका लागि फाइदाजनक छ। हार्ले–डेभिडसनको भारतमा सङ्घर्षले ट्रम्पलाई क्रोधित बनाएको छ।

भारतले गत हप्ता ट्रम्पको आप्रवासन सुधारको एक हिस्साका रूपमा एक सयजना बन्दी बनाइएका आप्रवासीहरू बोकेको अमेरिकी सैन्य उडानलाई पनि स्वीकार गरेको छ र नयाँदिल्लीले अवैध आप्रवासनमाथि आफ्नै ‘कडा कारबाही’ गर्ने बचन दिएको छ।

भारतका शीर्ष करियर कूटनीतिज्ञ विक्रम मिश्रीले गत हप्ता नेताहरूबीच ‘धेरै नजिकको सम्बन्ध’ रहेको बताए। यद्यपि उनीहरूको सम्बन्धले लामो समयदेखि खोजिएको द्विपक्षीय व्यापार सम्झौतामा सफलता ल्याउन सकेको छैन।

नोभेम्बरको चुनावी जितेपछि ‘असल मित्र’ ट्रम्पलाई बधाई दिने मोदी पहिलो मध्येका एक थिए। लगभग तीन दशकदेखि दुवै दलका अमेरिकी राष्ट्रपतिहरूले बढ्दो चीनविरुद्ध स्वाभाविक साझेदारका रूपमा भारतसँग सम्बन्ध निर्माण गर्न प्राथमिकता दिएका छन्।

तर ट्रम्पले विगतमा आफ्नो नयाँ कार्यकालको सबैभन्दा ठूलो विदेश नीति व्यापारलाई लिएर पनि भारतविरुद्ध आक्रोश व्यक्त गरेका छन् र विश्वको पाँचौँ ठूलो अर्थतन्त्रलाई ‘सबैभन्दा ठूलो कर दुरुपयोगकर्ता’ भनेका छन्।

ट्रम्पले आफ्नो फिर्तीपछि साथी र शत्रुहरूविरुद्ध शुल्कलाई अप्रत्यासित रूपमा हतियार बनाएका छन्।

– ट्रम्पको रिस –

'मोदीले यसका लागि तयारी गर्नुभएको छ र उहाँ ट्रम्पको रिसलाई रोक्न खोज्दैहुनुहुन्छ,' ट्रम्पको पहिलो कार्यकालमा दक्षिण एसियाका राष्ट्रिय सुरक्षा परिषद् निर्देशक लिसा कर्टिसले भने।

यसैबीच भारतीय प्रधानमन्त्रीको हिन्दू–राष्ट्रवादी सरकारले ट्रम्पलाई कागजातविहीन आप्रवासीहरूलाई निर्वासन गर्ने जस्तो अर्को शीर्ष प्राथमिकतामा बाध्य पारेको छ।

सार्वजनिक ध्यान ल्याटिन अमेरिकी आगमनमा केन्द्रित भएको बेला मेक्सिको र एल साल्भाडोरपछि भारत संयुक्त राज्य अमेरिकामा कागजात नभएका आप्रवासीहरूको तेस्रो स्रोत हो।

अमेरिकी विमानमा आप्रवासीहरूलाई पूरै यात्राभर साङ्गलाले बाँधेर फिर्ता ल्याइएपछि भारतीय कार्यकर्ताहरूले गत हप्ता ट्रम्पको पुतला जलाएका थिए भने विपक्षले मोदीलाई कमजोरीको आरोप लगाएको थियो।

ट्रम्पको पुनरागमनपछि इजरायल र जापानका प्रधानमन्त्री र जोर्डनका राजापछि अमेरिका भ्रमण गर्ने मोदी चौथो विश्व नेता हुन्।

मोदीले आफ्नो पहिलो कार्यकालमा दृढतापूर्वक ट्रम्पलाई खुसी पारेका थिए। सन् २०२० फेब्रुअरीमा मोदीले ट्रम्पलाई आफ्नो गृह राज्य गुजरातमा विश्वको सबैभन्दा ठूलो क्रिकेट स्टेडियमको उद्घाटन गर्न एक लाखभन्दा बढी मानिसको हर्षोल्लासपूर्ण भीड समक्ष आमन्त्रण गरेका थिए।

ट्रम्पले यस वर्षको पछिल्लो समयमा अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाको चार पक्षीय समूह क्वाडको निर्धारित शिखर सम्मेलनका लागि भारत भ्रमण गर्ने सम्भावना छ। एएफपी
अर्को समाचार
पानी र रगत एउटै धारामा बग्न सक्दैन : मोदी
३० वैशाख २०८२
•
१ मिनेट पाठ
पानी र रगत एउटै धारामा बग्न सक्दैन : मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवादप्रति शून्य सहिष्णुता नै विश्व शान्तिको बाटो हो भन्दै आतङ्कवाद र वार्ता सँगसँगै नहुने प्रस्ट्याएका छन्। 




'पानी र रगत एउटै धारामा बग्न सक्दैन,’ सोमबार राति ८ बजे राष्ट्रका नामको सम्बोधनमा उनले भने, 'आतङ्ककारी र तिनका संरक्षकलाई फरक हेरिने छैन।'

पाकिस्तानको आग्रहमा भारतले कारबाही स्थगित गरेको भन्दै यदि फेरि आतङ्ककारी साहस देखाइयो भने भारतले अझ कडा जवाफ दिने चेतावनी दिए। ‘अपरेसन सिन्दूर’ मार्फत सयभन्दा बढी आतङ्ककारी मारिएको उल्लेख गर्दै आतङ्कवाद र वार्ता सँगसँगै नहुने प्रस्ट्याए।

पाकिस्तानसँगको युद्धविरामलाई अस्थायी भएको बताउँदै आतङ्ककारी हमला दोहोरिएमा कडा जवाफ दिने चेतावनी दिने मोदीले बताएका छन्।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस