हिजबुल्लाहको चेतावनी : लेबनानमाथि अमेरिकाको नियन्त्रण स्वीकार्य छैन
१२ फागुन २०८१
•
२ मिनेट पाठ
हिजबुल्लाहको चेतावनी : लेबनानमाथि अमेरिकाको नियन्त्रण स्वीकार्य छैन
हिजबुल्लाहका प्रमुखले लेबनानमाथि अमेरिकी नियन्त्रणलाई अस्वीकार गरेका छन्। इजरायलसँगको युद्धमा इरान समर्थित समूह कमजोर भएपछि पश्चिम निकट मानिएको नयाँ लेबनानी नेतृत्व आएको छ। 




आइतबार नईम कासिमले बेरुतको एक स्टेडियममा हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको अन्त्येष्टिमा उपस्थित दशौँ हजार मानिसलाई टेलिभिजन मार्फत सम्बोधन गर्दै यस्तो बताएका हुन्। 

उनले भने, ‘हामी अत्याचारी अमेरिकाले हाम्रो देशमाथि गरेको नियन्त्रण स्वीकार गर्दैनौँ। तपाईंहरूले युद्धमा जे प्राप्त गर्न सक्नुभएन, त्यो राजनीति मार्फत प्राप्त गर्न सक्नुहुन्न।’

कासिमले दुई महिनाको पूर्ण युद्धसहित एक वर्षभन्दा बढीको शत्रुतालाई अन्त्य गर्ने नोभेम्बरको हिजबुल्लाह–इजरायल युद्धविरामका बावजुद सशस्त्र समूह अझै बलियो रहेको र इजरायलसँग जुध्न तयार रहेको धम्की पनि दिएका छन्। 

‘प्रतिरोध समाप्त भएको छैन, प्रतिरोध अझै पनि छ र इजरायलको सामना गर्न तयार छौँ’, उनले भने। यस महिनाको सुरुमा मध्यपूर्वका लागि अमेरिकी उप विशेष दूत मोर्गन ओर्टागसले ‘हिजबुल्लाहको आतङ्कको शासनको अन्त्य’ घोषणा गर्दै समूह ‘इजरायलद्वारा पराजित’ भएको भनेका थिए। 

‘यी अमेरिकीहरूलाई चिन्नुहोस्, यदि...तपाईंले अधिकारीहरू र लेबनानलाई दबाब दिने प्रयास गर्नुभयो भने, तपाईं आफ्नो लक्ष्यहरू प्राप्त गर्न सक्षम हुनुहुने छैन, लेबनानका अधिकारीहरूलाई शक्तिको सन्तुलन थाहा छ’, कासिमले भने, ‘प्राथमिकताहरू मूल्याङ्कन गर्दा हाम्रो धैर्य र बुद्धिलाई कमजोरीका रूपमा व्याख्या नगर्नुहोस्।’

लेबनानको राजनीतिमा लामो समयसम्म प्रभावशाली शक्ति रहेको हिजबुल्लाहले इजरायलसँगको युद्धमा आश्चर्यजनक क्षति बेहोरेको थियो। युद्धमा तीन दशकभन्दा बढी समय संगठनको नेतृत्वमा रहेका नसरल्लाह सेप्टेम्बरमा भएको ठूलो हवाई आक्रमणमा मृत्यु भयो। 

हिजबुल्लाहले डिसेम्बर ८ मा सिरियामा बशर अल–असदको पतनसँगै अर्को ठूलो धक्का खायो। सिरियालाई उसले लामो समयदेखि इरानबाट हतियारको लाइफलाइनको रूपमा प्रयोग गर्दै आएको थियो।

दुई वर्षभन्दा बढीको राजनीतिक गतिरोधपछि, हिजबुल्लाह कमजोर हुँदा वासिङ्टनको रोजाइको उम्मेदवार मानिएका पूर्व सेना प्रमुख अउनलाई राष्ट्रपति र नवाफ सलामलाई प्रधानमन्त्रीको रूपमा अनुमोदन गर्न सम्भव भयो।

कासिमका अनुसार समूहले नसरल्लाहको ‘मार्ग पछ्याइरहनेछ। उनले भने, ‘हामी तपाईंको इच्छालाई कायम राख्नेछौँ। तपाईं अझै हामीसँग हुनुहुन्छ। तपाईंको मार्ग र सङ्घर्ष हामीभित्र जीवित छ।’ एएफपी 
अर्को समाचार
ट्रम्पद्वारा जापानसँगको ‘विशाल’ व्यापार सम्झौताको घोषणा
०७ साउन २०८२
•
१ मिनेट पाठ
ट्रम्पद्वारा जापानसँगको ‘विशाल’ व्यापार सम्झौताको घोषणा
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार जापानसँगको व्यापार सम्झौताको घोषणा गरेका छन्। केही हप्ता अघिसम्म सम्भव नदेखिएको  यो सम्झौताको घोषणाले धेरैलाई आश्चर्यमा पारेको छ। ‘हामीले जापानसँग विशाल सम्झौता पूरा गरेका छौँ, ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्।




‘सम्भवतः इतिहासकै सबैभन्दा ठुलो सम्झौता हो ।’ सम्झौताअनुसार अमेरिकी आयातकर्ताले जापानबाट आयात हुने सामानमा १५ प्रतिशत  ‘पारस्परिक’ महसुल तिर्नुपर्नेछ भने जापानले पनि अमेरिकामा ५ सय ५० अर्ब डलर लगानी गर्ने  ट्रम्पले बताएका छन्। 

अमेरिकाले यस सम्झौताबाट ९० प्रतिशत नाफा प्राप्त गर्ने उनको दाबी छ । तर उनले लगानी कसरी हुने र नाफा कसरी गनिने भन्नेबारे स्पष्ट पारेनन्। सम्झौताको औपचारिक विवरण सार्वजनिक गरिएको छैन।

‘यस सम्झौताले लाखौँ रोजगारी सिर्जना गर्नेछ,  यसअघि यस्तो केही भएको छैन। सम्भवतः सबैभन्दा महत्त्वपूर्ण कुरा, जापानले आफ्नो मुलुकमा गाडी, ट्रक, चामल तथा अन्य कृषि उपजहरूको व्यापारका लागि ढोका खोल्नेछ। जापानले १५प्रतिशत  पारस्परिक महसुल अमेरिका तर्फ तिर्नेछ,’ ट्रम्पले पोस्टमा लेखेका छन्। 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस