अमेरिकी सङ्घीय कामदारका लागि मस्कद्वारा ‘अर्को भाका’ जारी
१४ फागुन २०८१
•
२ मिनेट पाठ
अमेरिकी सङ्घीय कामदारका लागि मस्कद्वारा ‘अर्को भाका’ जारी
अमेरिकी सङ्घीय कामदारहरूले आफ्नो कामको औचित्य पुष्टि गर्ने वा आफ्नो रोजगारी गुमाउने ‘अर्को मौका’ पाएको अमेरिकी सरकारी दक्षता विभाग (डिपार्टमेन्ट अफ गभर्नमेन्ट) का प्रमुख एलन मस्कले बताएका छन्।




विश्वका सबैभन्दा धनी व्यक्ति तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका सबैभन्दा ठूलो दाता मस्कले सुरुमा सङ्घीय सरकारका कर्मचारीलाई इमेलमार्फत आफ्नो कामको उपलब्धिबारे बताउन सोमबार अन्तिमसम्म समय दिएका थिए।

यो मागले मस्कको सरकारी कर्मचारीविरुद्ध नवीनतम् चुनौतीको प्रतिनिधित्व गर्दछ। उनको सरकारी दक्षता विभाग (डीओजीई) सङ्घीय कर्मचारी र खर्चलाई घटाउने लक्ष्यसहित गठन भएको हो।

'राष्ट्रपतिको विवेकको अधीनमा रहेर उनीहरूलाई अर्को मौका दिइनेछ,' मस्कले सोमबार साँझ एक्समा भने, 'दोस्रो पटक जवाफ दिन असफल भएमा कर्मचारीले अवकाश रोजेको बुझिनेछ र उनीहरूलाई नयाँ समयसीमा प्रदान नगरीकन जिम्मेवारीबाट हटाइनेछ।'

ट्रम्पका वफादारहरूको नेतृत्वमा रहेका केही अमेरिकी सङ्घीय एजेन्सीहरूले कर्मचारीहरूलाई इमेललाई बेवास्ता गर्न भनेपछि यो समयसीमा आएको हो। पहिलेदेखि नै चिन्तित कार्यबलबीच निर्देशन पालना गर्ने वा नगर्ने दोधारको अवस्था रहेको छ।  

मस्कले आफ्नो मूल इमेल अनुरोधलाई उद्धृत गर्दै भने, 'निर्देशन एकदम सामान्य थियो तैपनि धेरै जना त्यही सामान्य परीक्षणमा पनि असफल भए, जसलाई केही अवस्थामा उनीहरूका प्रबन्धकहरूले आग्रह गरे।'

प्रविधि उद्यमीद्वारा सञ्चालित एक विस्तृत निकाय डीओजीईले आफ्नो लागत कटौती अभियानको लागि अदालतका निर्णय र सांसदहरूको केही दबाबलगायत धेरै मोर्चाहरूमा बढ्दो प्रतिरोधको सामना गरेको छ।

बीस लाखभन्दा बढी सङ्घीय कर्मचारीहरूले शनिबार अमेरिकी सरकारको मानव संशाधन विभागबाट एक इमेल प्राप्त गरेका थिए। विभागले उनीहरूलाई सोमबार राति ११ः५९ सम्म कर्मचारीले गत हप्ता सम्पादन गरेका कामलाई प्रमुख पाँच बुँदामा पेस गर्न समय दिएको थियो।

‘सबै सङ्घीय कर्मचारी’ले इमेल प्राप्त गर्ने र जवाफ दिन असफल भएमा राजीनामाको रुपमा लिइने मस्कको पोस्टपछि उक्त सन्देश आएको हो।

यो चेतावनीलाई के बनाउने भन्नेबारे भ्रम फैलिँदै जाँदा ट्रम्पले मस्कको शनिबारको सन्देशको बचाउ गर्दै यसलाई ‘सामान्य’ भन्दै ‘यसले मानिसहरूले काम गरिरहेका छन् कि छैनन्’ भन्ने कुरा उजागर गर्नेछ।

ट्रम्पले भने, 'यदि मानिसहरूले प्रतिक्रिया दिएनन् भने कर्मचारी काममा उपस्थित छैन र दरबन्दी मात्र छ र यसलाई देखाएर भ्रष्टाचार भइरहेको छ वा उनीहरूले काम गरिरहेका छैनन् भन्ने बुझिनेछ।'

ट्रम्पले आफ्नो विचारको थप व्याख्या नगरी भने, 'गैर–उत्तरदायीहरू बर्खास्त हुनेछन् वा बर्खास्तका लागि छानिनेछन्।'

मस्कले सोमबार भनेका थिए, 'शनिबारको इमेल मूलतः कर्मचारीको नाडी छ कि छैन र इमेलको जवाफ दिन सक्षम छ कि छैन भनेर जाँच गरिएको थियो।'

'यो गडबडी यसै हप्ता सुल्झिनेछ। असभ्य जागृति र वास्तविकताको बलियो खुराकको लागि धेरै मानिसहरूले अझै बर्खास्ती हुनुपर्ने छैन तर उनीहरू कुनै दिन बर्खास्त हुनुपर्नेछ,' उनले एक्समा थपे। एजेन्सी
अर्को समाचार
बढ्दो राजनीतिक सक्रियताले टेस्लाको सेयरमा भारी गिरावट, देशभक्त भन्दै ट्रम्पले किने कार
२८ फागुन २०८१
•
२ मिनेट पाठ
बढ्दो राजनीतिक सक्रियताले टेस्लाको सेयरमा भारी गिरावट, देशभक्त भन्दै ट्रम्पले किने कार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेस्लाको चम्किलो रातो रङको मोडल एस कार खरिद गरेका छन्। ह्वाइट हाउसमा आयोजित एक विशेष कार्यक्रममा टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कलाई समर्थन गर्न उनले यो कदम चालेका हुन्। टेस्लाको सेयरमा आएको भारी गिरावट र मस्कको बढ्दो राजनीतिक संलग्नताले उत्पन्न विवादका बीच ट्रम्पले टेस्लाको कार किन्ने घोषणा गरेका थिए।  




ह्वाइट हाउसमा भएको कार्यक्रममा मस्क स्वयं उपस्थित थिए। उनी पाँचवटा टेस्ला कार लिएर आएका थिए। ट्रम्पले मस्कको सुझावमा रातो मोडल एस छनोट गरे। करिब ८० हजार डलर मूल्यको यो कार ट्रम्पले कुनै छुटबिना पूर्ण मूल्य तिरेर खरिद गरेका छन्। 

ट्रम्पले भने, ‘मस्क मलाई छुट दिन चाहन्थे, तर मैले छुट लिएँ भने विपक्षीहरूले भन्नेछन् मैले नाफा कमाएँ।’ उनले यो कार ह्वाइट हाउसमा कर्मचारीहरूको प्रयोगका लागि राख्ने बताए। कारको चालक सिटमा बसेर ट्रम्पले भने, ‘वाह, यो त सुन्दर छ।’ यात्रु सिटमा बसेका मस्कले मजाक गर्दै भने, ‘सेक्रेट सर्भिसले यो कारलाई केही सेकेन्डमै ९५ किलोमिटर प्रतिघण्टाको गतिमा कुदाउँदा तपाईंलाई हृदयघात हुन सक्छ।’ तर, सुरक्षा कारणले ट्रम्पले कार चलाएनन्।  

मस्कप्रति ट्रम्पको प्रशंसा
कार खरिदपछि ट्रम्पले मस्कको खुलेर तारिफ गरे। उनले मस्कलाई महान र देशभक्त व्यक्ति भन्दै प्रशंसा गरेका छन्। उनले भने, ‘मस्कमाथि जे भइरहेको छ, त्यो गलत छ। मैले यो देखेपछि टेस्ला किन्ने निर्णय गरेँ। उनले अमेरिकामा नवप्रवर्तनलाई नयाँ उचाइमा पुर्‍याएका छन्।’ ट्रम्पले थपे, ‘मस्कले चारवटा सुन्दर कार ल्याएका थिए। मैले प्रेसको अगाडि एउटा किनेँ। यो सार्वजनिक खरिद थियो। यी कारहरू सुन्दर छन्।’  

राजनीतिक सक्रियता र टेस्लाको संकट
मस्क हाल ट्रम्प प्रशासनको सरकारी दक्षता विभाग (डोज) को नेतृत्व गरिरहेका छन्। डोजको सरकारी खर्च कटौती गर्नु रहेको छ। त्यस क्रममा मस्कले हजारौं जागिर कटौती गरेका छन्। अमेरिकाले विदेशमा पठाउने अनुदान सहयोग पनि रोकेका छन्। यसको विरोधमा अमेरिकाभरि प्रदर्शनकारीहरू टेस्ला स्टोरबाहिर भेला भएका छन्। ‘एलन जानुपर्छ’, ‘एलन मस्कलाई बर्खास्त गर’ जस्ता नारा लेखिएका ब्यानरसहितका प्रदर्शन भइरहेका छन्, जुन कहिलेकाहीं हिंसात्मक बनेका छन्।  

गत महिना टेस्लाको सेयर ३० प्रतिशतभन्दा बढीले घटेको थियो। सोमबार १५ प्रतिशतले ओरालो लागे पनि एक दिनपछि करिब ५ प्रतिशतले उकालो लाग्यो। यो सुधार जनवरीयता गुमेको हिस्साको तुलनामा सानो अंश मात्र हो। ट्रम्पको यो कदमले मस्क र टेस्लालाई समर्थनको सन्देश दिएको छ। तर कम्पनीको बजार चुनौती र राजनीतिक विवादलाई पूर्ण रूपमा सम्बोधन गर्न सक्नेमा शंका कायम छ।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस