अमेरिकासँग खनिज सम्झौता गर्न जेलेन्स्की तयार, भने: ट्रम्पसँगको बहसबाट पुटिनलाई मात्र फाइदा भयो
१९ फागुन २०८१
•
२ मिनेट पाठ
अमेरिकासँग खनिज सम्झौता गर्न जेलेन्स्की तयार, भने: ट्रम्पसँगको बहसबाट पुटिनलाई मात्र फाइदा भयो
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका-युक्रेन खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार रहेको बताएका छन्। लन्डनमा आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको चर्को बहसपछि पनि आफू संयुक्त राज्य अमेरिकासँग वार्ता गर्न इच्छुक रहेको बताएका हुन्।




जेलेन्स्कीले भने, 'ह्वाइट हाउसमा भएको घटनाले अमेरिका वा युक्रेनलाई फाइदा गरेन तर यो घटनाले रुसी राष्ट्रपति पुटिनलाई मात्र फाइदा पुर्‍यायो।' उनले यदि बोलाइयो भने ह्वाइट हाउस फर्कने इच्छा व्यक्त गरे।

जेलेन्स्कीले फेरि सुरक्षा ग्यारेन्टीको सर्त अगाडि सार्दै युक्रेनको सुरक्षा ग्यारेन्टीको माग सुनिने आशा व्यक्त गरे। यदि दुवै पक्ष यसमा सहमत भए भने सम्झौतामा हस्ताक्षर हुने छ। उनले युक्रेनको पक्ष पनि सुनियोस् भन्ने चाहन्छन्। युक्रेनी राष्ट्रपतिले भने, 'हाम्रा साझेदारहरूले यो युद्धमा आक्रमणकारी को हो भनेर सम्झनु पर्छ।'

जेलेन्स्कीले सोमबार बिहान सामाजिक सञ्जालमा एउटा भिडियो पनि पोस्ट गरे। यसमा उनले अमेरिकाको महत्त्व बुझेको बताए। उनले भने, 'अमेरिकाप्रति कृतज्ञ नभएको दिन कुनै पनि छैन।'

जेलेन्स्की फेब्रुअरी २८ मा ट्रम्पसँग खनिज सम्झौतामा हस्ताक्षर गर्न अमेरिका पुगेका थिए। तर ट्रम्पसँगको भेटघाटको क्रममा उनको विवाद भयो। यसपछि जेलेन्स्की कुनै सम्झौता नगरी लन्डन गएका थिए।

ट्रम्प र भान्ससँगको बहसपछि पत्रकारहरूले अब यसलाई कसरी समाधान गर्ने भनेर सोध्दा जेलेन्स्कीले अमेरिका र युक्रेनबीचको सम्बन्ध जारी रहने बताए। जेलेन्स्कीले भने, 'यदि युक्रेनले अमेरिकाबाट सहयोग पाउन बन्द गर्यो भने यसको फाइदा रूसलाई मात्र हुनेछ।'

यसअघि आइतबार जेलेन्स्कीले रूसले कब्जा गरेको कुनै पनि युक्रेनी भूभागलाई मान्यता नदिने बताएका थिए। जेलेन्स्कीले भने, 'हाम्रो जग्गा बिक्रीको लागि होइन। हाम्रो स्वतन्त्रता बिक्रीको लागि होइन। हामी यसको लागि ठूलो मूल्य चुकाइरहेका छौं। रूसले यो सबै हामीमाथि लादेको छ।'

उनले रूससँगको युद्ध अन्त्य गर्न अझै धेरै लामो बाटो तय गर्न बाँकी रहेको पनि बताए। एजेन्सी
अर्को समाचार
ब्रिक्स देशहरूमा थप भन्सार लगाउने ट्रम्पको चेतावनी
२३ असार २०८२
•
१ मिनेट पाठ
ब्रिक्स देशहरूमा थप भन्सार लगाउने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ब्रिक्सको 'अमेरिकी विरोधी नीति' सँग मिल्ने देशहरूमा थप १० प्रतिशत भन्सार कर लगाइने बताएका छन्।




'ब्रिक्सको अमेरिका विरोधी नीतिहरूसँग मिल्ने कुनै पनि देशलाई थप १० प्रतिशत कर लाग्नेछ। यसबाट कसैलाई पनि छुट दिइने छैन,' उनले ट्रुथ सोसियलमा लेख्दै भने।

यद्यपि, ट्रम्पले आफ्नो पोस्टमा अमेरिका विरोधी नीतिहरूको बारेमा कुनै स्पष्ट वा विस्तृत जानकारी दिएका छैनन् न त उनले यसको कुनै सन्दर्भ नै दिएका छन्।

सन् २००९ मा ब्राजिल, रुस, भारत र चीन मिलेर ब्रिक्स समूह गठन भएको थियो। यसपछि दक्षिण अफ्रिका पनि यस समूहमा सामेल भएको थियो।

२००४ मा इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स र इन्डोनेसिया पनि सदस्यको रूपमा समूहमा सामेल छन्। एजेन्सी
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस