ट्रम्पलाई ग्रिनल्याण्डका प्रधानमन्त्रीको जवाफ : हामी अमेरिकी बन्न चाहँदैनौँ
२२ फागुन २०८१
•
२ मिनेट पाठ
ट्रम्पलाई ग्रिनल्याण्डका प्रधानमन्त्रीको जवाफ : हामी अमेरिकी बन्न चाहँदैनौँ
ग्रिनल्याण्डका प्रधानमन्त्री मुट एगेडेले ग्रीनल्याण्डका जनताले आफ्नो भविष्य आफैँ निर्धारण गर्ने र उनीहरू डेनिस वा अमेरिकी बन्न चाहँदैनन् भनी बताएका छन्।




एगेडेले बुधबार संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिक्रियामा आफ्नो टिप्पणी गरेका हुन्। ट्रम्पले ग्रीनल्याण्ड (हाल डेनमार्क राज्यको अर्ध-स्वायत्त क्षेत्र) लाई अमेरिकाको हिस्सा बनाउने आफ्नो इच्छा दोहोर्‍याएपछि एगेडेले यस्तो टिप्पणी गरेका हुन्।

'हामी अमेरिकी हुन चाहँदैनौं, न त डेनिस, हामी कलालित [ग्रीनल्याण्डर] हौं। अमेरिकीहरू र तिनीहरूका नेताले यो कुरा बुझ्नुपर्छ,' एगेडेले सामाजिक सञ्जालमा लेखेका छन्, 'हामी बिक्रीको लागि होइनौं र लिन सकिँदैन। हाम्रो भविष्य ग्रिनल्याण्डमा हामीद्वारा निर्धारण गरिन्छ।'

मंगलबार राति अमेरिकी कंग्रेसमा आफ्नो वार्षिक भाषणका क्रममा ट्रम्पले टापु लिन चाहेको  कुरा व्यक्त गरेका थिए। उनले आर्थिक लाभ र सुरक्षाको वाचा गर्दै सो बताएका थिए।

'हामी तपाईंलाई सुरक्षित राख्नेछौं, हामी तपाईंलाई धनी बनाउनेछौं, र सँगै, हामी ग्रिनल्याण्डलाई तपाईंले पहिले कहिल्यै सोच्नुभएको जस्तो उचाइमा पुर्‍याउनेछौं,' ट्रम्पले भने, 'यो धेरै सानो जनसंख्या हो, धेरै, धेरै ठूलो जमिन हो, र सैन्य सुरक्षाको लागि धेरै, धेरै महत्त्वपूर्ण छ।'

ट्रम्पले ग्रिनल्याण्डको रणनीतिक र आर्थिक महत्त्वलाई औंल्याउँदै यसलाई कब्जा गर्ने आफ्नो दृष्टिकोणको ढोल बजाइरहेका छन्। तर ग्रिनल्याण्डको सत्तारूढ इनुइट अटाकाटिगिट पार्टीले मार्च ११ को आम चुनावपछि सम्भावित आर्थिक र कल्याणकारी प्रभावहरूको बारेमा सावधानी अपनाउँदै स्वतन्त्रताको मतदानमा हतार नगर्ने बताएको छ। 

जनमत सर्वेक्षणहरूले पनि धेरैजसो ग्रिनल्याण्डवासीहरू अमेरिकामा सामेल हुने विरोध गर्छन् भन्ने सुझाव दिने गरेका छन्।

राष्ट्रपतिको रूपमा आफ्नो दोस्रो कार्यकाल सुरु गर्नुअघि नै ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकाको हिस्सा बनाउने आशा व्यक्त गरेका थिए। यद्यपि नेटोको सहयोगी डेनमार्कले यो बिक्रीको लागि नभएको बताएको छ ।

ग्रिनल्याण्डको रणनीतिक स्थान र धनी खनिज स्रोतहरूले अमेरिकालाई फाइदा पुर्‍याउन सक्छ। यो युरोपबाट उत्तरी अमेरिका जाने सबैभन्दा छोटो मार्गमा अवस्थित छ। जुन अमेरिकी ब्यालिस्टिक मिसाइल चेतावनी प्रणालीको लागि महत्त्वपूर्ण छ।

'हामी तपाईंको भविष्य आफैँ निर्धारण गर्ने अधिकारलाई दृढतापूर्वक समर्थन गर्छौं, र यदि तपाईंले रोज्नुभयो भने, हामी तपाईंलाई संयुक्त राज्य अमेरिकामा स्वागत गर्दछौं,' ट्रम्पले आफ्नो भाषणमा भने।

तर उनले स्पष्ट पारे कि यदि मनाउने प्रयास असफल भयो भने उनी हार मान्ने छैनन् भन्दै उनले भने, 'एक वा अर्को तरिकाले, हामी यसलाई प्राप्त गर्नेछौं।' एजेन्सी
अर्को समाचार
ब्रिक्स देशहरूमा थप भन्सार लगाउने ट्रम्पको चेतावनी
२३ असार २०८२
•
१ मिनेट पाठ
ब्रिक्स देशहरूमा थप भन्सार लगाउने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ब्रिक्सको 'अमेरिकी विरोधी नीति' सँग मिल्ने देशहरूमा थप १० प्रतिशत भन्सार कर लगाइने बताएका छन्।




'ब्रिक्सको अमेरिका विरोधी नीतिहरूसँग मिल्ने कुनै पनि देशलाई थप १० प्रतिशत कर लाग्नेछ। यसबाट कसैलाई पनि छुट दिइने छैन,' उनले ट्रुथ सोसियलमा लेख्दै भने।

यद्यपि, ट्रम्पले आफ्नो पोस्टमा अमेरिका विरोधी नीतिहरूको बारेमा कुनै स्पष्ट वा विस्तृत जानकारी दिएका छैनन् न त उनले यसको कुनै सन्दर्भ नै दिएका छन्।

सन् २००९ मा ब्राजिल, रुस, भारत र चीन मिलेर ब्रिक्स समूह गठन भएको थियो। यसपछि दक्षिण अफ्रिका पनि यस समूहमा सामेल भएको थियो।

२००४ मा इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स र इन्डोनेसिया पनि सदस्यको रूपमा समूहमा सामेल छन्। एजेन्सी
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस