भारतीय आक्रमणको जवाफमा पाकिस्तानी सेनाले पाँच भारतीय लडाकु विमान र एक ड्रोन खसालेको दाबी गरेको छ।
पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेज पब्लिक रिलेशन्स (आईएसपीआर) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बुधबार जानकारी दिँदै भनेका छन्, ‘शत्रुको आक्रामकताको जवाफमा पाकिस्तानी सेनाले तीन राफेल, एक मिग-२९, एक एसयू विमान र एक हेरोन ड्रोन खसालेको छ।’ उनले थपे, ‘पाकिस्तानी वायुसेनाले रक्षा प्रणाली सक्रिय गरी भारतीय विमानलाई हवाई क्षेत्रमा प्रवेश गर्न रोकेको छ। पाकिस्तानले आफ्नो समय र स्थानमा जवाफ दिनेछ।’
जनरल चौधरीले भने, ‘पाकिस्तानी वायुसेनाले यी जेटहरू खसाल्यो जब उनीहरूले हतियार छोडेपछि मात्र पाकिस्तानमाथि आक्रमण गरे। पाकिस्तानी सेनाले उनीहरूका १० भन्दा बढी विमानहरूमाथि गोली हान्न सक्थ्यो तर हामीले संयम अपनायौं।’
२२ अप्रिलमा भएको पहलगाम आक्रमणमा एक नेपालीसहित २८ पर्यटकको मृत्यु भएको थियो। त्यसले भारत र पाकिस्तानबिचको तनाव बढाएको छ। आक्रमणपछि भारतले पाकिस्तानलाई दोष दिए र बदला लिने वाचा गरेको थियो। सोही अनुसार भारतले मंगलबार राति ‘अपरेशन सिन्दूर’ सुरु गरेको हो।