भारतीय रक्षामन्त्री राजनाथ सिंहले पाकिस्तानी भूमिमा गरिएको सैन्य हमलामा केवल भारतीय आम मानिसलाई मार्नेलाई नै मारेको दाबी गरेका छन्। बुधबार एक कार्यक्रममा बोल्दै मन्त्री सिंहले यस्तो बताएको बिबिसी हिन्दीले लेखेको छ।
यस प्रसंगमा रक्षा मन्त्री सिंहले रामायणमा हनुमानले अशोक बाटिकामा गरेजस्तै भारतीय सेनाले आदर्शको पालना गरेको दाबी गरे । ‘हामीले केवल उनीहरुलाई मारेका छौँ, जसले हाम्रा आम मानिसलाई मारेका छन्,’ उनले भने।
रक्षा मन्त्री सिंहले भारतीय सेनाले सटिकता, सतर्कता र संवेदनशीलताका साथ पाकिस्तानमाथि हमला गरेको दाबी गरेका छन्।
‘हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शनमा हाम्रो भारतीय सेनाले सबै भारतबासीको शिर उचो गरेको छ,’ सिंहले भनेका छन्। उनले भारतीय सेनाले इतिहास रचेको पनि दाबी गरेका छन्।
‘तय योजनाअनुसार उनीहरुलाई ध्वस्त गरेका छौँ। कुनै नागरिक स्थल, सर्वसाधारणको बासस्थानमा थोरै पनि प्रभावित नहुनेगरी संवेदनशीलता पनि देखाइएको छ,’ रक्षा मन्त्री सिंहको दाबी छ।
उता पाकिस्तानले भने भारतीय सैन्य हमलामा आफ्ना २६ जना आम सर्वसाधारण मारिएको पुष्टि गरेको छ। जसमा महिला, बृद्धबृद्धा र बालबालिका समेत सामेल छन्।