युक्रेनद्वारा भारत र पाकिस्तानलाई संयम अपनाउन आग्रह
२५ वैशाख २०८२
•
१ मिनेट पाठ
युक्रेनद्वारा भारत र पाकिस्तानलाई संयम अपनाउन आग्रह
युक्रेनको विदेश मन्त्रालयले भारत र पाकिस्तानलाई संयम अपनाउन र कूटनीतिक वार्तालाई प्राथमिकता दिन अपील गरेको छ।




युक्रेनले दक्षिण एसियाको सुरक्षा अवस्थालाई अझ बिग्रन सक्ने त्यस्ता कदमहरूबाट बच्नुपर्नेमा जोड दिएको छ।

मन्त्रालयले विकासक्रमलाई नजिकबाट निगरानी गरिरहेको र यस क्षेत्रमा शान्ति र स्थायित्व सुनिश्चित गर्न अन्तर्राष्ट्रिय पहल र प्रयासहरूलाई समर्थन गर्न जारी राख्ने पनि बताएको छ।

यसैबीच, बेलारुसले पनि भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ, 'उनीहरूले समाधान खोज्न वार्ता र अन्य शान्तिपूर्ण माध्यमहरूको वकालत गर्छन्।' एजेन्सी
अर्को समाचार
युद्ध विरामपछि जम्मु–कश्मीरको अवस्था के छ?
३० वैशाख २०८२
•
२ मिनेट पाठ
युद्ध विरामपछि जम्मु–कश्मीरको अवस्था के छ?
भारत र पाकिस्तानबिच युद्ध विराम भएपछि जम्मु–कश्मीरको जनजीवन सामान्य हुन थालेको छ। मंगलबार श्रीनगर र नियन्त्रण रेखा(एलओसी) आसपासका सबै जिल्लाका विद्यालय, क्याम्पस र विश्वविद्यालयका कक्षा सुचारु भएका छन्। 




श्रीनगर र जम्मु विमानस्थलबाट पनि नियमित उडान सुरु भएको अधिकारीहरूले बताएका छन्। यस्तै मे ४ मा यात्रा भर्नुपर्ने हज यात्रीले बुधवार बिहानबाट यात्रा सुरु गर्ने समाचार आएका छन्। हज यात्रीलाई अतिरिक्त उडानको पनि व्यवस्था गरिएको छ। 

यस्तै सरकारले एलओसी आसपासका गाउँबाट विस्थापित बासिन्दालाई फर्काउन सुरु गरेको छ। अस्थायी शिविरबाट गाउँ फर्कने मानिसका लागि विशेष बसको व्यवस्था गरिएको बताइएको छ। 

चार दिनसम्म चलेको सैन्य तनावका कारण उरी, तंगधार, करनाह, माझिल, चौकी बल समेत कैयौँ सीमावर्ती गाउँमा बमगोला खसेका थिए। त्यहाँ नपड्किएका गोला बारुद निष्क्रिय पार्न सैनिक सक्रिय छ। 

बारामुलाका एसएसपी गुरिन्दर पाल सिंह र कुपवाडाका एसएसपी गुलमा जिलानीका अनुसार पुलिस, सेना र अर्धसैनिक एजेन्सी बम निष्क्रिय दस्तासहित दुवै जिल्लाका दर्जनौँ बस्तीमा पुगेर काम गरिरहेका छन्। प्रहरीका अनुसार उरीमा मात्रै २० गोला भेटिएका छन्। 

जम्मुको पुछ, राजौरी र आरएसका पूरा क्षेत्रमा पनि बारुदी सुरुङ हटाउन र विस्थापित मानिसलाई फिर्ता पठाउने काम चलिरहेको छ। 

यसैबिच जम्मु–कश्मीरका उपराज्यपाल मनोज सिन्हा र मुख्यमन्त्री उमर अब्दुल्लाले क्षतिको आकलन गर्न र प्रभावित परिवारसँग भेट्न सोमबार रजौरीका यात्रा गरेका थिए। 

२२ अप्रिलमा जम्मुको पर्यटकीय क्षेत्र पहलगाममा आतंकवादी हमलामा परी २६ जनाको मृत्यु भएको थियो। जसमा एक नेपाली पनि सामेल छन्। 

त्यसपछि सिर्जना भएको भारत–पाकिस्तान तनाव मे ६ को रातिसम्म पुगेर सीमा पार आक्रमणमा परिणत भएको थियो। 

शनिवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देश बिचको विवादलाई युद्ध विराम गराएका थिए।

बिबिसी हिन्दीको सहयोगमा 
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५५ सेकेन्ड अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस