भारतले शनिबारदेखि बंगलादेशबाट हुने केही वस्तुको आयातमा बन्दरगाह प्रतिबन्ध लगाएको जानकारी दिएको छ। तयारी पोशाक, प्रशोधित खाद्य वस्तु, फल, प्लास्टिक, कपास, रंग र फर्निचरजस्ता वस्तुमाथि रोक लगाइको हो।
भारतकाे वाणिज्य मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) ले यस सम्बन्धमा सूचना जारी गर्दै प्रतिबन्ध तत्काल लागू भएको भनेकाे छ। यसअन्तर्गत, बंगलादेशबाट तयारी पोशाकको आयात कुनै पनि स्थल बन्दरगाह (जस्तै आसम, मेघालय, त्रिपुरा, मिजोरमका बन्दरगाह र पश्चिम बंगालको चांगरबांधा र फूलबारी) बाट गर्न पाइने छैन। यी वस्तुको आयात अब केवल मुम्बईको न्हावाशेवा र कोलकाताको समुद्री बन्दरगाहबाट मात्र गर्न अनुमति दिइनेछ।
डीजीएफटीका अनुसार बंगलादेशबाट माछा, एलपीजी, कुचिएको ढुंगा र खाद्य तेलको आयातमा यी बन्दरगाह प्रतिबन्ध लागू हुँदैन्। तर याे प्रतिबन्ध भारत हुँदै नेपाल र भुटान जाने बंगलादेशी सामानमा लागू हुने छैन। यो कदम बंगलादेशले भारतीय निर्यातमा लगाएको उच्च शुल्क र आयात निरीक्षणजस्ता प्रतिबन्धको जवाफमा उठाइएको बताइएको छ।
साथै, बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनूसले भारतको पूर्वोत्तर राज्यहरूबारे चीनमा दिएको विवादास्पद बयानले पनि यो निर्णयलाई प्रभावित गरेको मानिन्छ। एजेन्सी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो।
आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...