नक्कली अन्तरवार्ताले पत्रकारको जागिर गयो
२१ जेष्ठ २०८२
•
१ मिनेट पाठ
नक्कली अन्तरवार्ताले पत्रकारको जागिर गयो
हलिउडका प्रख्यात कलाकार क्लिन्ट इस्टवुडको नक्कली अन्तरवार्ता लिएको भन्दै अस्ट्रियाको एक अखबारले आफ्नी पत्रकारलाई निलम्बन गरेको छ।




कुरियर अखबारमा कहिलेकाहीँ हलिउडका प्रख्यात कलाकारहरूको अन्तरवार्ता लिने काम गर्थिन्। उनले लिएको क्लिन्ट इस्टवुडको अन्तरवार्ता नक्कली भएको प्रमाणित भएपछि यसअघि उनले लिएका प्रख्यात अन्तरवार्ताहरू पनि नक्कली हुनसक्ने आशंका गर्दै अखबारले छानविन शुरू गरेको छ।

भएछ के भने, अस्ट्रियामा रहेको कुरियर नामक प्रख्यात अखबारका लागि पत्रकार एलिसाबेथ सेरेडाले प्रख्यात अभिनेता क्लिन्ट इस्टवुड ९५ वर्ष पुगेको अवसर पारेर एउटा अन्तरवार्ता पठाइछन् । अखबारका सम्पादक मार्टिन गेबहार्टले आठ पटक सो अन्तरवार्ता सम्पादन गर्न आदेश दिएछन् । पत्रकार सेरेडाले पनि भनेअनुसार सम्पादन गरिछन् ।

जब अखबारमा अन्तरवार्ता छापियो, त्यसको चर्चा हलिउडसम्म पुग्यो । पुगेपछि अभिनेता, निर्देशक तथा निर्माता इस्टवुडले आफूसँग भेट नगरी अन्तरवार्ता तयार पारेको भन्दै अखबारको झाँको झारेछन् ।

यी पत्रकार पनि कम चर्चित भने होइनन् । हलिउड फरेन प्रेस एसोसिएसनकी सदस्य भएकीले उनी गोल्डेन ग्लोबमा मतदान दिने अधिकारसमेत राख्छिन् ।

तर इस्टवुडको कडा प्रतिक्रियापछि पत्रकार सेरेडालाई निलम्बन गरिएको र आइन्दा कुरियरमा लेख्न नदिने प्रतिक्रिया दिएका छन् ।

गार्डियन अखबारका अनुसार, उनलाई सम्पर्क गर्न खोजे पनि यस घटनाबारे उनी केही बोल्न चाहिनन् ।

पछि इस्टवुडले डेडलाइन पत्रिकासँग कुरा गर्दै भनेका छन्, 'अखबारमा यदि म ९५ पुगेको लेखेको हो भने, त्यो सत्य हो भन्न चाहन्छु । अन्तरवार्ता दिएको सोध्नुहुन्छ भने त्यो सत्य होइन भनी प्रस्ट्याउन चाहन्छु ।'

इस्टवुडका गुड ब्याड एन्ड अग्ली, अनफरगिभन, डर्टी ह्यारीजस्ता प्रख्यात चलचित्रमा अभिनय गरेका छन् भने मिलियन डलर बेबीजस्ता फिल्ममा अभिनयसँगै निर्देशन पनि गरेका छन् । गएको वर्ष ज्युरर नम्बर २ फिल्म निर्माण तथा निर्देशन गरेका थिए ।
अर्को समाचार
ट्रम्पले विदेशी फिल्ममा लगाए सय प्रतिशत कर
२२ वैशाख २०८२
•
१ मिनेट पाठ
ट्रम्पले विदेशी फिल्ममा लगाए सय प्रतिशत कर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब विदेशी चलचित्रहरूमा पनि कर लगाउने घोषणा गरेका छन्। उनले विदेशी फिल्महरूमा १०० प्रतिशत कर लगाएका छन्।




आफ्नो ट्रुथ प्लेटफर्ममा यो घोषणा गर्दै ट्रम्पले लेखे, 'अमेरिकाको फिल्म उद्योग धेरै छिटो मर्दै छ। अन्य देशहरूले हाम्रा फिल्म निर्माताहरू र स्टुडियोहरूलाई अमेरिकाबाट टाढा लैजान हरेक सम्भावित प्रोत्साहन दिइरहेका छन्।'

उनले यो अन्य देशहरूद्वारा संगठित प्रयास भएको र त्यसैले यो 'राष्ट्रिय सुरक्षाको लागि खतरा' भएको बताएका छन्।

ट्रम्पले विदेशी चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने प्रक्रिया सुरु गर्न वाणिज्य विभाग र अमेरिकी व्यापार प्रतिनिधिलाई अधिकार दिइरहेको बताए।

'हामी फेरि अमेरिकामै बनेका चलचित्रहरू चाहन्छौं,' उनले लेखे।

जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु भएदेखि नै ट्रम्पले विश्वभरका देशहरूमा कर लगाएका छन्।

उनले करले अमेरिकी उत्पादकहरूलाई प्रोत्साहन दिने र रोजगारी बचत गर्ने बताउँदै कर लगाएका छन्। तर उनको निर्णयले विश्व अर्थतन्त्रमा उथलपुथल निम्त्याएको छ। एजेन्सी
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस