जापानमा गत वर्ष पहिलो पटक सात लाखभन्दा कम शिशु जन्मिएको सरकारी तथ्यांकले देखाएको छ।
सन् २०२४ मा जापानमा ६ लाख ८६ हजार ६१ नवजात शिशु जन्मिए, जुन सन् २०२३ को तुलनामा ४१ हजार २२७ ले कम हो। यो सन् १८९९ मा तथ्यांक संकलन शुरू भएयताकै सबैभन्दा कम जन्मदर हो।
विश्व बैंकका अनुसार कुल जनसंख्याको आधारमा विश्वमा सबैभन्दा बढी वृद्ध जनसंख्या भएको देश मोनाको हो, जापान दोस्रो स्थानमा छ।
प्रधानमन्त्री शिगेरु इशिबाले यो अवस्थालाई ‘शान्त आपतकाल’ भन्दै लचिलो कार्य घण्टाजस्ता परिवार–अनुकूल उपायहरूबाट यो प्रवृत्ति उल्टाउने प्रतिबद्धता जनाएका छन्।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सन् २०२४ मा जापानको कुल प्रजनन दर (एक महिलाले जन्माउने औसत बच्चाको संख्या) १.१५ मा झरेको छ।
सन् २०२४ मा १६ लाख मानिसको मृत्यु भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १.९ प्रतिशतले बढी हो।
गाउँहरूमा जनसंख्या घट्दै जाँदा वृद्धहरू एक्लिँदै गएपछि प्रधानमन्त्री इशिबाले ग्रामीण क्षेत्रको पुनरुत्थानका लागि आह्वान गरेका छन्।
आन्तरिक मामिला मन्त्रालयका अनुसार जापानमा २० हजारभन्दा बढी समुदायका अधिकांश बासिन्दा ६५ वर्ष वा माथिका छन्।
१२ करोड ३० लाख जनसंख्या भएको जापानले वृद्ध जनसंख्या बढ्दै जाँदा कामदारको अभाव झेलिरहेको छ। कडा अध्यागमन नियमले यो समस्याको समाधानमा राहत दिन सकेको छैन।
छिमेकी दक्षिण कोरियाको सन् २०२४ मा प्रजनन दर ०.७५ छ, जुन विश्वकै न्यूनमध्ये एक हो। तर, विवाहमा भएको वृद्धिका कारण जन्मदरमा सामान्य सुधार देखिएको छ। (एएफपी)