किभमा रूसी मिसाइल आक्रमण : चारको मृत्यु, २० घाइते
२३ जेष्ठ २०८२
•
१ मिनेट पाठ
किभमा रूसी मिसाइल आक्रमण : चारको मृत्यु, २० घाइते
रूसले युक्रेनको राजधानी किभमा गरेको आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले शुक्रबार जनाएका छन्। आक्रमणमा २० जना घाइते भएका छन्। 




रूसले रातभर युक्रेनमा ड्रोन आक्रमण गरेको अधिकारीहरूको भनाइ छ। ‘पटकपटक रूसी युएभी र ब्यालेस्टिक मिसाइलको सिकार भएका किभका उद्धारकर्ताहरूले सहरबाट प्रतिक्रिया दिइरहेका छन्,’ युक्रेनको आपतकालीन सेवाले टेलिग्राममार्फत जनाएको छ। 

किभका नगरप्रमुख भिटाली क्लिट्स्कोले घटनाको पुष्टि गर्दै १६ घाइतेलाई अस्पताल भर्ना गरिएको बताएका छन्। आक्रमणले आवासीय भवन, पूर्वाधारलगायत संरचना क्षतिग्रस्त भएका छन् र ठाउँठाउँमा आगलागी भएको छ। 

युक्रेनको राष्ट्रिय रेलवे सञ्चालकले रेल सेवा ढिलाइ हुने चेतावनी दिँदै किभ क्षेत्रमा रेलमार्ग क्षतिग्रस्त भएको जनाएको छ। पश्चिमी युक्रेनको लुत्स्क सहर र टेर्नोपिल क्षेत्रमा पनि धेरै आक्रमण भएका छन्। 

‘आज, शत्रुले हाम्रो क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको छ। धेरै आक्रमण भएका छन्,’ टेर्नोपिलका क्षेत्रीय सैन्य प्रशासन प्रमुख व्याचेस्लाव नेगोडाले भने। 

आगलागी नियन्त्रण र क्षतिको मूल्याङ्कन सुरु भएको छ। लुत्स्कमा भएको आक्रमणमा पाँच जना घाइते भएका छन्। धेरै निजी घर र शैक्षिक संस्था क्षतिग्रस्त भएको लुत्स्कका नगरप्रमुख इगोर पोलिस्चुकले टेलिग्राममार्फत जनाएका छन्।

पश्चिमी सहर खमेल्नेत्स्कीमा पनि भवन र सवारीसाधन क्षतिग्रस्त भएको क्षेत्रीय गभर्नरले बताएका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले किभले हालै रूसमा गरेको ड्रोन आक्रमणको बदलामा कारबाही गर्ने वाचा गरेका छन्। 

यसैबीच, रूसको पश्चिमी तुला क्षेत्रमा युक्रेनको आक्रमणमा तीन जना घाइते भएका छन्। रूसी हवाई रक्षा बलले मस्कोलाई लक्षित ड्रोनलाई गोली हानेर खसालेको किभका नगरप्रमुखले जनाएका छन्।
एएफपी
अर्को समाचार
ट्रम्प र भान्ससँग जेलेन्स्कीको विवादपछि के भन्दैछन् युक्रेनी ?
१७ फागुन २०८१
•
३ मिनेट पाठ
ट्रम्प र भान्ससँग जेलेन्स्कीको विवादपछि के भन्दैछन् युक्रेनी ?
शुक्रबार अमेरिकी राष्ट्रपति कार्यालयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिच तिब्रस्तरको वादविवाद भयो। युक्रेनसँग रहेको दुर्लभ खनिजमा अमेरिकी पहुँचका लागि सम्झौता गर्न गएका युक्रेनी राष्ट्रपति जेलेन्स्की अमेरिकी व्यवहारबाट भड्किएका थिए।  




त्यसपछि उनी बैठक छाडेर अलग्गै कोठामा गएका थिए। जहाँबाट युक्रेनी प्रतिनिधिमण्डलाई बाहिर जान भनिएपछि उनी जेलेन्स्कीको प्रतिनिधिमण्डल ह्वाइटहाउसबाट बाहिरिएको थियो।  

यो घटनापछि विश्व तरंगित भएको छ। युरोपका सबैजसो नेताले जेलेन्स्कीको पक्ष लिएका छन् भने अमेरिकामै पनि जेलेन्स्कीका पक्षमा सद्भाव देखिएको छ। उता रुस भने उक्त घटनाबाट खुसी देखिएको छ।  

उक्त घटनाको युक्रेनमा के भइरहेको छ ? भन्ने सर्वत्र चासो छ। केही समयअघि अमेरिकी राष्ट्रपतिले जेलेन्स्कीलाई ‘तानाशाह’ भन्दै युक्रेनमा उनको ‘लोकप्रियता घटेको’ टिप्पणी गरेका थिए।  

युक्रेनी के भन्दैछन् ?  

बिबिसीको समाचार सामग्रीका अनुसार युक्रेनमा अधिकतर जेलेन्स्कीको तारिफ  भइरहेको छ। केही विपक्षी नेताले भने आशंका जताइरहेका छन्।  

‘अन्तमा युक्रेनको उद्देश्य प्राप्त भएको छ। यो हाम्रा लागि सहज हुने छैन। तर यो कहिल्यै हाम्रा लागि सहज थिएन पनि,’ युक्रेनी ब्लगर सर्गेइ इभानोभले भनेका छन्,‘हामी कसैलाई हाम्रो मुहारमा थुक्न दिन सक्दैनौँ, भलै कोही त्यो कोसिस किन नगरोस्।’

हाल युक्रेनी सेनामा रहेका पूर्व पत्रकार पेत्रो सुखलिनोभ जेलेन्स्कीको तारिफ गर्दै भन्छन्,‘युक्रेनसँग साथमा हिँड्न सहज छैन। युरोपको सबैभन्दा शक्तिशाली सेना युक्रेनसँग छ। सबैभन्दा शक्तिशाली हाम्रा रचनात्मक जनता छन्, र एक हिम्मतिलो राष्ट्रपति पनि छन्।’ उनले अब ट्रम्प र भान्सलाई जोकर भन्दै निजी तरिकाले चिनिसकेको उनले बताएका छन्। ‘अब या तपाईँ युक्रेनको सम्मान गर्नुस् हामीले जसको क्षति ब्यहोरेका छौँ, अथवा हामी तथ्यका तपाईँसामू ल्याउँछौँ । तपाईँ हामीलाई झुकाउन सक्नुहुन्न,’ सुखलिनोभले भनेका छन्।  

पूर्व पत्रकार सुखलिनोभले अब जेलेन्स्कीले अमेरिकामा नरोकिएर घर फर्किनुपर्ने सुझाव दिएका छन्। ‘यो युरोपसँग कुराकानी गर्ने समय हो, अमेरिकामा अब कोही छैन जो सँग कुराकानी गर्न सकियोस्,’ उनले लेखेका छन्।  

लभिभका गभर्नर मेक्सिम कोजित्स्कीले वासिंगटनमा भएको कुरा आफूले गहन रुपमा हेरेको बताएका छन्। ‘इंग्ल्यान्डमा एक थिए रिचर्ड सिंहको जिगरवाला,’ उनले भनेका छन्,‘र, एक हामीसँग छन्,भोलोदिमिर(जेलेन्स्की), सिंहको जिगरवाला।’  

अर्का ब्लगर अलेक्जेन्डर अरोनेत्सले जसले जे भनेपनि जेलेन्स्की देशको हितको रक्षा गर्न जान्ने बताएका छन्। उनले लेखेका छन्,‘जो जेसुकै भनुन् हाम्रा राष्ट्रपति फलामजस्तै बलिया हिम्मतवाला हुन्। उनी देशको हितको रक्षा गर्न जान्दछन्।’

अर्का ब्लगर मिखाइल स्लाइडर शुक्रबारको दिनलाई ऐतिहासिक दिन भएको दाबी गर्छन्। ‘आज एक ऐतिहासिक दिन हो। युक्रेनको पूरै इतिहासमा जेलेन्स्की एक्लो राष्ट्रपति हुन जो स्टिल जस्तै मजबुत चरित्रवाला देखिन्छन्,’ उनले लेखेका छन्, ‘जसले धर्तीका सबैभन्दा शक्तिशाली व्यक्तिको सामुन्ने पनि आफ्नो शिर नझुकाउने ताकत देखाए।’  

युक्रेनी विश्लेषक लियोनिड सवेत्सले ‘अमेरिका यति तल झरेको कहिल्यै नदेखेको’ बताएका छन्।  

विपक्षी नेता के भन्छन् ?  

युक्रेनी संसद्का विपक्षी सांसद ओलेक्सी होन्चारेन्को ट्रम्पसँग युक्रेनको सम्बन्ध सकिएको देखेको बताएका छन्। ‘यो एकदमै बचपना हो, क्यामरा अगाडि अमेरिकी राष्ट्रपतिसँग यस्तो गर्ने? यो गर्न नि सकिन्छ, गर्नु नि पर्छ तर क्यामराका अगाडि होइन,’ उनले भने। यसको असर धेरै नराम्रो हुनसक्ने उनले बताए।  

स्टारलिंक स्याटेलाइट बन्द हुनेदेखि अमेरिकाले गोप्य सूचना दिनेसम्मका काम बन्द हुनसक्ने चिन्ता उनको छ। यो घटनाले रुसी राष्ट्रपति पुटिन सबैभन्दा खुसी भएको टिप्पणी उनको छ।  

बिबिसीको सहयोगमा  
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस