ट्रम्प र मस्कबिच पानी बाराबार गराउने ‘बिग एण्ड ब्युटिफुल बिल’ के हो?
२४ जेष्ठ २०८२
•
३ मिनेट पाठ
ट्रम्प र मस्कबिच पानी बाराबार गराउने ‘बिग एण्ड ब्युटिफुल बिल’ के हो?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वका धनी व्यक्ति एलन मस्कबिचको विवाद खुलेआम बाहिर आएको छ। सामाजिक सञ्जालमा उनीहरू मात्रै नभएर समर्थकहरूबिच पनि तीव्र वाकयुद्ध चलिरहेको छ।




यो विवाद यतिसम्म चर्किएको छ कि ट्रम्पले मस्कका कम्पनीहरूसँगको संघीय सरकारको ठूलो व्यापारिक सम्झौता खारेज गर्ने धम्की दिएका छन्। जवाफमा मस्कले ट्रम्पविरुद्ध महाभियोगको माग गरेका छन्। साथै आफ्ना कम्पनीहरूको कोष कटौती गर्नु चुनौती दिएका छन्। टेस्लाकाे सेयरमा भारी गिरावट पनि देखिएकाे छ। 

‘बिग एण्ड ब्युटिफुल बिल’ के हो?
‘बिग एण्ड ब्युटिफुल बिल’ ट्रम्प प्रशासनले प्रस्ताव गरेको एक महत्त्वाकांक्षी कर र खर्चसम्बन्धी विधेयक हो। ट्रम्पले यसलाई आफ्नो दोस्रो कार्यकालको प्रमुख आर्थिक एजेन्डाको रूपमा अघि सारेका छन्। 

यो विधेयकले व्यक्तिगत र व्यापारिक करमा ठूलो कटौती, सरकारी सुविधा प्राप्त गर्नेहरूका लागि कडा नियम, र संघीय ऋणको सीमा चार खर्ब डलरले बढाउनेजस्ता प्रावधान समावेश गरेकाे छ। अनुमानअनुसार यो विधेयकले अमेरिकी बजेट घाटालाई २.४ देखि ५ खर्ब डलरसम्म बढाउन सक्छ, जसले दीर्घकालीन आर्थिक स्थिरतामा जोखिम निम्त्याउन सक्छ। 

मस्कले यो विधेयकलाई ‘अमेरिकालाई ऋणको गुलामीतर्फ धकेल्ने’ र अनावश्यक खर्च थोपर्ने ‘घिनलाग्दो’ बिल भन्दै कडा आलोचना गरेका छन्। यो विधेयक मे २०२५ मा हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट कठिनाइका साथ पारित भएको थियो। हाल सिनेटमा विचाराधीन छ, जहाँ यसका प्रावधानहरू संशोधन हुन सक्छन्। अन्ततः यो विधेयक अनुमोदनका लागि राष्ट्रपति ट्रम्पसमक्ष पुग्नेछ। 

ट्रम्प-मस्क विवाद
अमेरिकी सभामुख माइक जोनसनले ट्रम्प र मस्कबिच मेलमिलापको आशा व्यक्त गरेका छन्। सीबीएसका अनुसार जोनसनले भने, ‘यदि सबै कुरा ठीक भयो भने यो पार्टी र देशका लागि राम्रो हुनेछ।’ 

यसैबिच, सीबीएस न्यूजले ट्रम्पले आफ्नो टेस्ला कार बेच्ने योजना बनाएको समाचार प्रकाशित गरेको छ। शुक्रबार ट्रम्प र मस्कबिच कुराकानी हुने सम्भावनाको चर्चा भए पनि ह्वाइट हाउसले बीबीसीलाई ट्रम्पले मस्कसँग कुरा नगर्ने स्पष्ट पारेको छ।

ट्रम्पले विभिन्न अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै मस्कलाई ‘दिमाग गुमाएको व्यक्ति’ को संज्ञा दिए। यो विवाद बिहीबार सामाजिक सञ्जालमा खुलेआम तब बाहिर आएको थियो, जब ट्रम्पले आफ्नो ‘बिग एण्ड ब्युटिफुल बिल’ बारे मस्कको आलोचनाप्रति ‘निराशा’ व्यक्त गरेका थिए।

जवाफमा मस्कले भने, ‘म नभएको भए ट्रम्पले चुनाव हार्थे।’ मस्कले यो विधेयकले अमेरिकालाई ‘ऋणको गुलामी’ तर्फ धकेल्ने र अनावश्यक खर्चको बोझ थप्ने भन्दै सिनेटर र कंग्रेसम्यानलाई ‘यो विधेयक रोक्न’ आह्वान गरेका छन्। त्यसपछि उनीहरू व्यक्तिगत रूपमा पनि एक अर्काको आलोचना गरिरहेका छन्।

पृष्ठभूमि
मस्कले ट्रम्पको २०२४ को चुनावमा करिब २५ कराेड डलर सहयोग गरेका थिए। उनी ट्रम्प प्रशासनमा सरकारी खर्च कटाैती गर्न बनाइएकाे ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी’ (डीओजीआई) को नेतृत्व समेत गरेका थिए। तर यो विधेयकमा विद्युतीय सवारी साधन (इभी) कर छुट हटाइएको र स्टारलिंकलाई हवाई यातायात नियन्त्रणमा प्रयोग गर्न अस्वीकार गरिएको विषयले असन्तुष्टि बढायाे। हालै, मस्कका सहयोगी ज्यारेड इसाकम्यानलाई नासाबाट फिर्ता बोलाएपछि तनाव थप चर्किएको आशंका गरिएको छ। मस्कले यी तमाम विवादपछि डीओजीआईबाट राजीनामा दिएका थिए। 

सम्भावना
यो विवादले रिपब्लिकन पार्टीभित्रकाे मतभेदलाई उजागर गरेको छ। सिनेटमा यो विधेयकको विरोध गर्ने सिनेटरहरू(रान्ड पल र माइक ली) मस्कको समर्थनमा उभिएका छन्। मस्कले सामाजिक सञ्जाल एक्समार्फत विधेयकविरुद्ध अभियान चलाउँदै ‘यो विधेयक रोक्न’ आह्वान गरिरहेका छन्।

अर्कोतर्फ ट्रम्पले यो विधेयकलाई आफ्नो दोस्रो कार्यकालको प्रमुख उपलब्धिको रूपमा अघि सारेका छन्। यसलाई ४ जुलाईसम्म पारित गर्ने लक्ष्य राखेका छन्। यो तनावले ट्रम्प र मस्कको सम्बन्धमा गहिरो दरार ल्याएको छ, जसले ‘बिग एण्ड ब्युटिफुल बिल’ को भविष्यमाथि पनि प्रश्न उठेकाे छ। एजेन्सीको सहयोगमा
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
यो पनि पढौँ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस