कुकुरको मासु खाने मेला
०८ असार २०७६
•
११ मिनेट पाठ
कुकुरको मासु खाने मेला
बेइजिङ - चीनमा कुकुरको मासु खानु सामान्य मानिन्छ। चिनियाँ बजारमा कुकुरको मासु बेच्न राख्नु ठूलो कुरो होइन। चीनमा कुकुर, बिराला, सर्प, भ्यागुता, गंंगटा, साङ्ला, गोही, गड्यौला, घोडा, गधा, बाँदर, बिच्छी सबै खाइन्छ। चिनियाँले दुईखुट्टेमा चुलैंसी, चारखुट्टेमा खाट, उड्नेमा हवाईजहाज, पौड्नेमा पानीजहाज मात्र खाँदैनन् भन्ने चलन पनि छ। कुकुरको मासु सधैं खाइने भए पनि विशेष गरी हरेक वर्ष जुन २१ देखि ३० तारिखसम्म कुकुरको मासुखाने मेला लाग्ने कुरा चाहिँ अलिक अनौठो छ।




चीनको दक्षिणमा पर्ने क्वाङ्सी प्रान्तको युलिन प्रिफेक्चरमा जुन २१ देखि ३० तारिखसम्म (यो वर्ष असार ६ गतेदेखि १५ गतेसम्म) कुकुरको मासु खाने मेला लाग्छ। यसलाई ‘युलिन कुकुरको मासु मेला’ पनि भनिन्छ। सन् २०१४ अगाडि आयोजना गरिने युलिन मेलामा हरेक वर्ष १० हजारदेखि १५ हजारसम्म कुकुरहरू मारिन्थे। मेलामा चीनका आन्तरिक र बाह्य पर्यटकको भीड लाग्ने गर्दथ्यो। कुकुरको मासु खाने मेलाले युलिनको पर्यटन विकासमा महत्वपूर्ण योगदान पनि दिएको छ।

कुकुरको मासुमा विशेष प्रकारको तागत हुने र गर्मीमा शरीरलाई राम्रो गर्ने मान्यता राखेर जून २१ देखि ३० सम्म मेला लाग्ने गरेको हो। जून २१ तारिख उत्तरी गोलाद्र्धमा सबैभन्दा लामो दिन हो। सौर्य पात्रोअनुसार यो दिन उत्तरी गोलाद्र्धमा कर्कट संक्रान्ति पर्छ। जून २१ पछि सूर्य दक्षिणायन हुने भएकाले दिनहरू क्रमशः छोटा हुन थाल्छन्।

कुकुर स्वामीभक्त हुने र मानिसको सहयोगी हुने हुनाले यसलाई खानु हुँदैन भन्ने मान्यता विश्वव्यापी रहेको छ।

कुकुरको मासु भियतनाममा पनि खाइन्छ। क्वाङ्सी प्रान्त भियतनामसँग जोडिएको चिनियाँ भूभाग हो। सन् २०१४ अगाडिसम्म युलिनमा कुकुरको मासु खाने मेलाको आयोजना औपचारिक रूपमा स्थानीय सरकारको सहयोगमा सञ्चालन हुने गर्दथ्यो। हजारौं वर्षदेखि चीनमा कुकुरको मासु खाने चलनलाई सन् २००९ देखि युलिनको स्थानीय सरकारले सामूहिक रूपमा कुकुर मारेर मासु खाने मेलाका रूपमा सञ्चालन गर्दै आएको थियो। सन् २०१४ अगाडि यो मेलामा १० हजारदेखि १५ हजारसम्म कुकुर मारिन्थे। मेलामा मारिने कुकुरहरू फर्ममा पालिएकादेखि सडकगल्लीका रोगी कुकुर र घरमा पालिएका कुकुर चोरेरसमेत ल्याइन्थ्यो। अहिले पनि मेला अवधिमा युलिन आसपासका घरमा पालिएका कुकुर चोरिने गर्छन्।

युलिनमा कुकुरको मासुखाने मेलाको चीनभित्रै विरोध हुने गरेको छ। चीनका प्रायःजसो ठाउँमा कुकुरको मासु खाइने भए पनि युलिन मेलामा कुकुरलाई क्रुर तरिकाले मारिने भएकाले चिनियाँ पशुअधिकारकर्मीले यसको विरोध गर्दै आएका छन्। युलिन मेलामा कुकुरलाई जिउँदै छाला काड्ने, जिउँदै तातोपानीमा चोबलेर ढड्याउने, फलामको डन्डीले कुटीकुटी मार्ने, जिउँदै झुण्ड्याएर मासु लुछ्ने, सानो पिँजडामा थुनेर घण्टौंंसम्म पानी पनि नदिई लामो यात्रा गराउँदै युलिनमा लगिने जस्ता क्रुर व्यवहार गरिन्थ्यो। चीनलाई विश्वमा बद्नाम गराइएको भन्दै कुकुरको मासु खाने मेलामाथि प्रतिबन्ध लगाउनुपर्ने माग राख्दै लाखौं चिनियाँहरूले हस्ताक्षर गरेर स्थानीय सरकार र केन्द्रीय विधायकसम्म निवेदन दिएका थिए। फलतः सरकारले कुकुरको मासु खाने मेलामाथि प्रतिबन्ध त लगाएन तर सन् २०१४ देखि स्थानीय सरकारले मेलाको आयोजकका रूपमा सहभागी नहुने घोषणा ग¥यो। स्थानीय सरकारले मेलाको आयोजना नगरे पनि स्थानीय मानिसहरूले स्वतस्फूर्त रूपमा मेलाको आयोजना गर्दै आएका छन्। तर सन् २०१४ पछि चाहिँ कुकुरलाई क्रुर तरिकाले मार्न नपाइने भन्दै प्रहरीले कुकुरमाथि गरिने त्यसप्रकारका क्रुर व्यवहारमाथि नियन्त्रण गर्न थालेको छ।

प्रहरीको निगरानी र स्थानीय सरकार मेला आयोजकबाट बाहिरिएपछि सन् २०१५ मा युलिन मेलामा तीन हजारमात्र कुकुर मारियो। त्यसैगरी सन् २०१६ मा एक हजारमात्र कुकुर मारिएको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यद्यपि अहिले पनि कुकुरको मासु खाने मेला युलिनमा चलिरहेको छ। सन् २०१६ मा मेलाबाट एक हजार कुकुरलाई केही चिनियाँ गैर सरकारी संस्थाले उद्दार गरेका थिए। त्यसैगरी सन् २०१७ मा कुकुरले भरिएका ट्रकबाट एक हजार तीन सय कुकुरको उद्दार गरिएको थियो। चिनियाँ प्रहरीका अनुसार त्यसरी ट्रकमा ल्याइएका अधिकांश कुकुरहरू या त चोरेर ल्याइएको थियो या खानका लागि अनुमति लिइएका कुकुर थिएनन्। लाखौं चिनियाँले हस्ताक्षर गरी तत्कालीन चिनियाँ राष्ट्रिय जनकंग्रेसका सदस्य चन स्याओखलाई कुकुरको मासु खाने मेला बन्द गर्न अनुरोध गरेका थिए। कुकरको मासु खाने मेलाविरुद्धमा फान पिङपिङ, छन खुन, सुन ली र याङ मीजस्ता चिनियाँ सेलिब्रिटीहरूले पनि अभियान चलाएका थिए।    कुकुर स्वामीभक्त हुने र मानिसको सहयोगी हुने हुनाले यसलाई खानु हुँदैन भन्ने मान्यता विश्वव्यापी रहेको छ। कुकुरको मासु खानुलाई सभ्यतासँग पनि जोडेर हेर्ने गरिन्छ। त्यसो त सबै चिनियाँले कुकुरको मासु खाँदैनन्। मंगोलियाली अल्पसंख्यक चिनियाँ जातिले कुकुरलाई भगवानको रूपमा पूजा गर्ने हुनाले उनीहरू कुकुरको मासु खाँदैनन्। कुकुरको मासु मुख्य गरेर हान जातिका चिनियाँ बहुसंख्यक जातिले खाने गर्दछन्। चीनमा गरिबी भएकाले कुकुरको मासु खाइन्छ भनिए पनि त्यो कुरा सत्य होइन। किनभने कुकुरको मासु बंगुर अथवा कुखुराको मासुभन्दा महंगो पर्छ।

युलिन मेलामा कुकुरलाई क्रुर तरिकाले मारिएको भनेर पश्चिमा देशबाट विरोध हुने गरेको छ। यो हजारौं वर्षदेखिको एक किसिमको चिनियाँ संस्कृति हो। अन्य जनावर खान हुने कुकुर खान नहुने भन्ने कुरामा चिनियाँको विमति छ। पश्चिमा देशहरूमा पनि व्यापक रूपमा जनावरको सामूहिक हत्या गरिन्छ। अष्ट्रेलियामा हजारौं कंगारुलाई सामूहिक रूपमा मारिने चलन छ। बेलायतमा एकैचोटि १९ लाख पशुलाई क्रुर तरिकाले मारिने गरेको इण्डिपेण्डेन्ट पत्रिकाले लेखेको छ। नेपालको बारास्थित गडीमाई मन्दिरमा पनि हजारौं पशुबली दिने चलन छ। पश्चिमाहरूले आफ्नो आँगको भैसी नदेखेर अरुको आँगमा जुम्रा खोजेको भन्दै केही चिनियाँले चिनियाँ संस्कृतिमाथि पश्चिमाको अतिक्रमण भनेर विरोध पनि गर्दै आएका छन्।

चीनमा वार्षिक एक करोड कुकुर खाइने अनुमान छ। वार्षिक रूपमा चीनमा खाइने कुकुरको अनुपातमा युलिन मेलामा मारिने कुकुर सून्य दशमलब शून्य एक प्रतिशत मात्र हो। सन् २०१७ मा एकसयभन्दा बढी चिनियाँ पशुअधिकारकर्मीहरूले खुला पत्र लेख्दै ‘मासु खानका लागि कुकुर नकिन्नुहोस्’ भन्ने आव्हान गरेका थिए। चीनमा विशेषगरी क्वाङतोङ, क्वाङसी, क्वीचौ प्रान्तलगायत चीनको उत्तरपूर्वी भेगमा कुकुरको मासु बढी खाइन्छ। यतिबेला चीनको क्वाङसी प्रान्तको युलिन प्रिफेक्चरमा कुकुरको मासु खाने मेला लागिरहेको छ। मेला सुरु भएसँगै केही चिनियाँ पशुअधिकारकर्मीहरूले यसपटक पनि कुकुरको मासु खाने मेलाको विरोधमा आवाज उठाउन थालेका छन्।
अर्को समाचार
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
६ घण्टा अघि
•
१ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
सीमांकन (परिसीमन) विधेयकलाई लिएर भारतका विपक्षी दलहरूबिच मतभेद चुलिएको छ।




विधेयकको विरोधमा समर्थन जुटाउन कांग्रेसका शीर्ष नेताहरू चेन्नई पुगे पनि द्रविड मुन्नेत्र कझगम (डीएमके) का प्रमुख एमके स्टालिन आफ्नो अडानबाट पछि हटेनन्।

आइतबार कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको नेतृत्वमा विपक्षी दलका नेताहरूले चेन्नईस्थित स्टालिनको निवासमा उनीसँग भेटवार्ता गरेका थिए। बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए बेबी, कर्नाटकका मुख्यमन्त्री डीके शिवकुमार, केरलका विपक्षी दलका नेता भीडी सतीसन र तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डी सहभागी थिए।

करिब एक घण्टाभन्दा बढी चलेको बैठकमा कांग्रेस नेताहरूले डीएमकेलाई केन्द्र सरकारको प्रस्तावित सीमांकन विधेयकको विपक्षमा उभिन आग्रह गरेका थिए। तर, बैठकपछि स्टालिनले आफ्नो पार्टीले विधेयकलाई समर्थन गर्ने निर्णय परिवर्तन नगर्ने स्पष्ट पारे।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस नेता गान्धीले सीमांकन विधेयक तमिल संस्कृति, भाषा र जनताका साथै भारतीय संघ र भारतकै लागि खतरा भएको बताए।

उनले भने, ‘डीएमकेले के भन्यो वा के गर्‍यो भन्ने मलाई थाहा छैन। हामीले स्टालिनसँग के छलफल गर्‍यौँ र के भन्यौँ भन्ने कुरा म तपाईंलाई बताउँदैछु। हामीले उनलाई यो तमिल संस्कृति, तमिल भाषा, तमिल जनता, भारतीय संघ र भारतका लागि खतरा हो भनेका छौँ। त्यसैले सबै देशभक्तले जस्तै उनी पनि यो खतराविरुद्ध उभिनुपर्छ भनेका छौँ।’

तर, स्टालिनले कांग्रेस नेताहरूको आग्रहपछि पनि आफ्नो अडान परिवर्तन गरेनन्। उनले विधेयक संसदबाट असफल भए तमिलनाडुले अहिले प्राप्त गरेको सुरक्षा पनि गुमाउन सक्ने बताए।

स्टालिनका अनुसार कांग्रेस र उसका सहयोगी दलहरूले विधेयकको विकल्पमा कुनै ठोस प्रस्ताव अघि सारेका छैनन्। यस्तो अवस्थामा तमिलनाडुको राजनीतिक प्रतिनिधित्व जोगाउन विधेयकलाई समर्थन गर्नुको विकल्प नभएको उनको भनाइ छ।

उनले भने, ‘यदि सन् १९७१ को जनगणनाका आधारमा सीमांकन गरियो भने त्यसको तमिलनाडु र सम्पूर्ण दक्षिणी राज्यहरूमा विनाशकारी प्रभाव पर्नेछ। विशेषगरी दक्षिणी राज्यका राजनीतिक दलहरूका लागि यो अस्तित्वकै लडाइँ हो। यस्तो अवस्थामा यो विधेयकलाई समर्थन गर्नुबाहेक अर्को विकल्प छैन।’

उनले संसदमा आफ्नो पार्टीको शक्तिको प्रयोग गरेर आगामी २५ वर्षसम्म तमिलनाडुको राजनीतिक भविष्य सुरक्षित गरेको पनि बताए। यस विषयमा भावनात्मक वा विचारहीन निर्णय गर्न नहुने भन्दै उनले तमिलनाडुको हित आफ्नो पहिलो प्राथमिकता भएको स्पष्ट पारे।

डीएमकेले यसअघि नै संशोधित विधेयकलाई समर्थन गर्ने निर्णय गरेको थियो। पार्टीले तमिलनाडुको लोकसभा सिटमा रहेको ७.१८ प्रतिशत हिस्सा घट्न नहुने र राज्यहरूबिचको संसदीय प्रतिनिधित्वको अनुपात सन् १९७१ को जनगणनाका आधारमा कायम राख्नुपर्ने माग गरेको थियो।

नोभेम्बर २८ मा बसेको डीएमके सांसदहरूको बैठकले संशोधित विधेयकलाई समर्थन गर्ने निर्णय गरेको थियो। पार्टीका अनुसार केन्द्र सरकारले आफ्ना प्रमुख मागहरू नयाँ प्रस्तावमा समेटेकाले समर्थन गर्ने निर्णय गरिएको हो।

केन्द्र सरकारले प्रस्तावित विधेयकमार्फत लोकसभा र राज्यका विधानसभामा सिट संख्या बढाउने तयारी गरेको छ। संशोधित प्रस्तावअनुसार सबै राज्य र केन्द्रशासित प्रदेशमा लोकसभा सिट संख्या ५० प्रतिशतले बढाउने योजना छ। विधेयकमा लोकसभाको अधिकतम संख्या ८५० पुर्‍याउने व्यवस्था प्रस्ताव गरिएको छ। नयाँ व्यवस्थालाई महिला आरक्षण कार्यान्वयनसँग पनि जोडिएको छ।

तर, कांग्रेस नेता राहुलले सिट संख्या बढाउने र निर्वाचन क्षेत्र पुनः निर्धारण गर्ने प्रक्रियाबाट भारतीय जनता पार्टी (भाजपा) लाई राजनीतिक लाभ पुग्न सक्ने भन्दै विरोध गर्दै आएका छन्। उनले लोकसभाको नक्सा आफ्नो अनुकूल परिवर्तन गर्ने अवसर भाजपा र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) लाई दिन नहुने तर्क गरेका छन्।

सीमांकन विधेयकमा डीएमकेले समर्थन जनाएपछि विपक्षी गठबन्धनभित्रै मतभेद देखिएको हो। कांग्रेस र डीएमकेबिचको सम्बन्ध यसअघि नै चिसिएको थियो। सन् २०२६ को तमिलनाडु विधानसभा चुनावपछि कांग्रेसले डीएमकेसँगको गठबन्धन तोडेर अभिनेता जोसेफ विजयको पार्टी तमिलगा भेट्री कझगम (टीभीके) लाई समर्थन गरेको थियो। त्यसपछि कांग्रेस विजय नेतृत्वको सरकारमा सहभागी भएको थियो। यही घटनाले कांग्रेस र डीएमकेबिचको सम्बन्ध थप बिगारेको थियो। अहिले सीमांकन विधेयकमा पनि दुवै दल फरक कित्तामा उभिएका छन्।

सोमबारदेखि संसद्को विशेष अधिवेशन सुरु हुँदैछ। त्यसअघि कांग्रेसले स्टालिनलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरे पनि सफल हुन सकेन। डीएमकेसँग लोकसभामा २२ र राज्यसभामा आठ सांसद छन्।

लोकसभाका ५४० कायम सदस्य सबै उपस्थित भएर मतदान गरेमा विधेयक पारित गर्न दुई तिहाइ अर्थात् कम्तीमा ३६० मत आवश्यक पर्छ। त्यसैले डीएमकेका २२ सांसदको समर्थन विधेयक पारित गराउन महत्त्वपूर्ण हुन सक्छ। संविधान संशोधन विधेयक पारित गर्न उपस्थित भएर मतदान गर्ने सदस्यको दुई तिहाइ समर्थनसँगै सदनको कुल सदस्य संख्याको बहुमत पनि आवश्यक हुन्छ। भारतीय सञ्चारमाध्यमको सहयोगमा
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस