कतारलाई ६ विकेटले पराजित गर्दै नेपाल एसीसी यु १९ को फाइनलमा
२५ माघ २०६७
•
३ मिनेट पाठ
कतारलाई ६ विकेटले पराजित गर्दै नेपाल एसीसी यु १९ को फाइनलमा
नेपाल यु १९ विश्वकप छनौटका लागि छानियो-
विनोद पान्डे, बैँकक, माघ २५- कतारलाई ६ विकेटले पराजित गर्दै नेपाल एसीसी यु १९ को फाइनलमा प्रवेश गरेको छ। फाइनलमा प्रवेशसँगै नेपाल यु १९ विश्वकपको छनौट खेलका लागि छानिएको छ। भारत, पाकिस्तान, श्रीलंका जस्ता टेस्ट मान्यताप्राप्त राष्ट्रहरु सम्मिलित यु १९ विश्वकप छनौट खेल आयरल्यान्डमा जुलाईमा हुने लगभग निश्चित भइसकेको छ।


नेपाली फ्यानहरुले यो खुसीको खबरसँगै एउटा दुःखको खबर पनि सुन्नुपरेको छ। नेपाली कप्तान पृथु बाँस्कोटा फिल्डिङ गर्ने क्रममा मैदानमा लडेर गोलीगाँठोमा लागेको चोटका कारण कम्तिमा तीन साता खेल्न नसक्ने भएका छन्। बाँस्कोटालाई खेल कै क्रममा स्थानीय अस्पतालमा लगिएको थियो। पछि उनी मैदानमा फर्किएर नेपाली टोलीसँगै खाना खाएका थिए।

नेपालले आज पनि टस जितेको थियो। बिहानको गिलो विकेटमा फिल्डिङ गर्ने कप्तान बाँस्कोटाको निर्णयलाई उनको अनुपस्थितिमा कप्तानी सम्हालेका राहुल विश्वकर्माले ४ विकेट लिएर सही साबित गरे। कतारलाई ४७ ओभरमा ११३ रनमा समेट्न भुवनले २ विकेट लिए भने अविनाशको नाममा १ विकेट रह्यो।  ३ विकेट रन आउट थिए।

अघिल्ला खेलमा फराकिलो अन्तरले जित हासिल गरेर आत्मविश्वासी बनेका नेपाली खेलाडीविरुद्ध कतारले सुरुवाती ओभरमा नै स्पिन आक्रमण गरेको थियो। स्पिन आक्रमणका कारण नेपालको सुरुवात खराब रह्यो। सुरुवाती ब्याट्सम्यान सुवास खकुरेल २ रनमा आउट भए भने फैजलुर रहमान खान १९ रनमा आउट भए।

नरेश बुढायरको अविजित ५० रन र सागर पुनको ४५ रनले नेपालको विजय सुनिश्चित गराएको थियो। अन्तिम अवस्थामा राजेश पुलामीलाई कतारी खेलाडी डक आउट गर्नुको बदला प्रदीप ऐरीले दुई बलमा छक्का प्रहार गरी लिए। उनको अन्तिम छक्काले नेपालले विजयको औपचारिकता पूरा गरेको थियो।

नेपालले फाइनल बिहीबार अफगानिस्तानसँग खेल्नेछ। 

आजको सेमी फाइनलको नागरिकन्युजले लाइभ अपडेट गरेको थियो। लाइभ अपडेटको आर्काइभ यहाँ क्लिक गरी हेर्न सकिन्छ।
अर्को समाचार
कतारलाई पराजित गर्दै नेपाल एसीसी यु १९ को सेमी फाइनलमा
२४ माघ २०६७
•
१ मिनेट पाठ
कतारलाई पराजित गर्दै नेपाल एसीसी यु १९ को सेमी फाइनलमा
एसीसी यु १९ को सेमी फाइनलमा कतारलाई नेपालले ६ विकेटले पराजित गरेको छ। कतारले राखेको ११४ रनको लक्ष्य नेपालले २० ओभरमा नै हासिल गरेको थियो। नरेश ४१ रनमा अविजित रहे भने अन्तिममा आएका प्रदीप ऐरी दुई छक्का हान्दै १२ मा अविजित रहे। नेपाल र कतारबीचको खेलको लाइभ अपडेटका लागि यहाँ क्लिक गर्नुस्। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस