‘कोभिड–१९ अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको प्रतिकुल हुनसक्ने’
१९ जेष्ठ २०७७
•
५ मिनेट पाठ
‘कोभिड–१९ अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको प्रतिकुल हुनसक्ने’
अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प पुन निर्वाचित हुने सम्भावनालाई कोभिड–१९ को महामारी तगारो बन्नसक्ने एक सर्वेक्षणले देखाएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको महामारीलाई व्यवस्थापन गर्ने क्रममा चुकेको अमेरिकी नागरिकहरूले सर्वेक्षणका क्रममा बताएका उल्लेख सर्वेक्षण रिपार्टमा उल्लेख छ। कोरोना भाइरसलाई समयमा नै नियन्त्रण गर्न नसक्दा यसको प्रभाव अमेरिकी अर्थतन्त्र तथा नागरिकको दैनिकीमा पनि देखिन थालेकोले ट्रम्पको ख्याति कोरोना भाइरसको महामारीपूर्वभन्दा घटेको निष्कर्ष वासिङ्टन पोष्ट–एबीसी न्यूज सर्वेक्षण प्रतिवेदनको छ।

समग्रमा अमेरिकीहरूले ट्रम्प र जो वाइडेनप्रति मिश्रित प्रतिक्रिया दिएका छन्। डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार चयन हुने विश्वास गरिएका वाइडेनको उम्मेदवारीलाई पनि समग्रमा पहिलेको तुलनामा कम समर्थन मिलेको बताइएको छ।

अमेरिकामा व्यक्तिगत गुणहरूमा वाइडेनलाई राष्ट्रपति ट्रम्पको तुलनामा बढी सम्पन्न मानिन्छ। साथै राष्ट्रपति ट्रम्पका समर्थकहरू ट्रम्पको पक्षमा धेरै बढी उत्साही रहने गरेका छन् र ट्रम्पलाई नै मतदान गर्ने कडा प्रतिवद्धता व्यक्त गर्दछन्। जबकि डेमोक्र्याटिक नेता वाइडेनको पक्षमा उहाँकै दलका समर्थकबीच पनि पार्टीभित्र ट्रम्पजस्तो लोकप्रिय देखिदैनन्।

यसका लागि भर्खरै सम्पन्न निर्वाचनहरूमा बाइडेनले पार्टीभित्रका आफ्ना प्रतिस्पर्धी नेताहरूको आलोचना गर्दै निर्वाचनलाई आफ्नो पकडमा ल्याउने काम गरेकाले पनि डेमोक्र्याटिक नेता तथा कार्यकर्ता रिपब्लिक नेता तथा कार्यकर्ताजस्तो पार्टीभित्र लोकप्रिय बन्न नसकेको ठहर पोष्ट–एबीसी सर्वेक्षणले देखाएको छ।  

गत मे २५ देखि २८ तारिकबीचमा फोनमार्फत आकस्मिक (¥यान्डम) आधारमा राष्ट्रियस्तरमा सूचिकृत एक हजार एक वयस्क अमेरिकी मतदातासँग गरिएको सर्वेक्षणमा बाइडेनले ट्रम्पमाथि ५३ प्रतिशतका विरूद्ध ४३ प्रतिशतले अग्रता लिएका बताइएको छ।

दश प्रतिशत अङ्कको फरकले दुई महिना पहिले यिनै दुई प्रतिस्पधीबीचको सर्वेक्षण रिपोर्टमा निकै तलमाथि पारेको देखिन्छ। दुई महिना पहिले लिइएको सर्वेक्षणमा नेताबीचको प्रतिस्पर्धामा बाइडेनले ४९ प्रतिशत मत पाएका थिए भने ट्रम्पलाई ४७ प्रतिशत मत आएको थियो।

पछिल्लो सर्वेक्षणले सबै बालिगबीच बाइडेन १३ प्रतिशत अङ्कले अगाडी देखिएका छन् अर्थात् ट्रम्पलाई ४० प्रतिशत मत आउँदा बाइडेनलाई ५३ प्रतिशत मत प्राप्त भएको छ।

छोटो समयमा आएको ठूलो गिरावटलाई लामो समयसम्म पनि कोरोनाभाइरस सङ्क्रमणको महामारीलाई नियन्त्रणमा लिन नसक्दा अमेरिकी अर्थतन्त्रमा चट्टानी प्रभाव परेको र फरक प्रसङ्गमा नै भएपनि राष्ट्रका विभिन्न शहरहरूमा हिंसात्मक गतिविधिले स्थान पाउँदा सर्वेक्षणमा यो अवस्था देखिएको अनुमानहरू विश्लेषकहरूले गरेका छन्। तर यसलाई नोभेम्बरमा हुने निर्वाचनको राजनीतिक नतिजा वा यसको असरको बारेमा पूर्वानुमानित गर्नुभने हतार हुनेछ किनकि अझै धेरै समय छ जसमा सन् २०१६ मा जस्तै लोकप्रिय मतको सम्भावित असमानता प्रकट हुन सक्छन्। दुई प्रतिस्पर्धीबीच नतिजालाई आफ्नो पकडमा पार्ने खेलहरू हुन सक्छन्।

दुई महिना पहिलको मूल्याङ्कनमा ट्रम्पलाई उच्च अनुमोदन मिलेको थियो तर पहिलो पटक उनलाई स्वीकार गर्ने वा अस्वीकार गर्नेबीच साँघुरो तर सकारात्मक नतिजा मिलेको छ। पछिल्लो सर्वेक्षणमा ट्रम्पको समर्थनमा ४८ प्रतिशत र विरोधमा ४६ प्रतिशत अङ्क मिलेको छ।यो पटक समर्थनमा ह्रास आउनु कोरोना भाइरस नियन्त्रणका लागि ट्रम्प सरकारले लिएको व्यवस्थापकीय भूमिका जिम्मेवार मानिएको छ।

दुई महिना पहिले सरकारले सङ्क्रमण नियन्त्रण प्रयासका सुरूवाती कामहरू गरिरहेको थियो र यसका कारण राष्ट्रपति सकारात्मक क्षेत्रमा रहेका थिए। त्यतिवेलाको सर्वेक्षणमा ट्रम्पको समर्थनमा ५१ प्रतिशत र विरोधमा ४५ प्रतिशत अङ्क मिलेको छ। आजका दिनसम्म आइपुग्दा नतिजा उल्टिएको छ अर्थात् अनुमोदनको पक्षमा ४६ र विपक्षमा ५३ प्रतिशत अङ्क देखिएको सर्वेक्षण रिपोर्टले देखाएको छ।  

विगतका राष्ट्रपतिहरूले राष्ट्रिय सङ्कटकालमा अनुभव गरेजस्तै केही प्रजातान्त्रिक झुकाव समूह, केही अस्थिर मतदाता र महिलाहरूमाझ सुधारको स्थितिले मार्चमा ट्रम्पलाई उच्च समर्थन मिलेको थियो।

त्यो समर्थन अब कम भएको छ। महामारीको व्यवस्थापन र समग्र मूल्याङ्कनमा कमी आएको छ। उदाहरणका लागि महिलाहरुबीच ट्रम्पले भाइरसको नियन्त्रण गर्नसक्ने पक्षमा र विपक्षमा समान ४८ प्रतिशत अङ्क रहेको थियो। अहिले उक्त विश्वासमा कमी देखिएको छ अर्थात् ३९ प्रतिशतको विश्वास सकारात्मक नै रहेको वा ट्रम्पले नै नियन्त्रण गर्नसक्ने पक्षमा रहेको छ भने ५९ प्रतिशत अङ्क नकारात्मक वा विपक्षमा रहेको छ।

त्यसैगरी अर्थतन्त्रमा ट्रम्पको पक्षमा मुल्याङ्कन सकारात्मक क्षेत्र अर्थात् ५२ प्रतिशत अमेरिकीले सकारात्मक छन् वा समर्थन दिएका छन् भने ४४ प्रतिशत विपक्षमा वा नकारात्मक देखिन्छन् तर मार्चपछिको १९ प्रतिशत अङ्कको गिरावटले ट्रम्पको ख्यातिमा कमी पुष्टि गर्छ। वेरोजगार विमाका लागि चार करोडभन्दा बढी नागरिकले निवेदन दिएका समयमा अप्रिलमा वेरोजगार दर १४।७ प्रतिशत थियो र केही साना व्यवसायहरू स्थायीरूपमा बन्द भएका छन्। यसबाट प्रस्ट हुन्छ कि अर्थतन्त्रको नतिजा सकारात्मक पक्कै छैन।  

सर्वेक्षणमा ३४ प्रतिशत अमेरिकीले वर्तमान् अर्थतन्त्रलाई सकारात्मक मुल्याङ्कन गरेका छन् भने ६५ प्रतिशतले नकारात्मक मुल्याङ्कन गरेका छन्। त्यस्तै २४ प्रतिशत सहभागीले वर्तमान आर्थिक अवस्थालाई ‘कमजोर’ भन्दै वर्तमान् प्रशासनविरूद्ध निकै कडा निर्णय दिएका छन्।

ट्रम्पको अभियानले बाइडेनमाथि विशाल आर्थिक लाभ पाएको छ र यसलाई थप स्पष्टरूपमा नयाँ परिवेश सिर्जना गदै अघि बढ्ने रिपब्लिकन पार्टीको दाउ रहेको छ। सन् २०१६ मा ट्रम्पलाई राष्ट्रिवादी ‘अमेरिका पहिला’ भन्ने नारा ट्रम्पले आगामी निर्वाचनमा पनि प्रयोग गर्ने देखिन्छ।  

डेमोक्र्याटहरू नोभेम्बरमा हुने निर्वाचनमा विजयको लागि सहयोग पु¥याउन उपनगरीय मतदाता र विशेष गरी महिलाहरूको कडा समर्थनमा भर परिरहेका छन्। हालैका उपनगरीय निर्वाचन बाइडेनको पक्षमा बढी अनुकूल देखिएका छन्। सन् २०१६ को निर्वाचनमा क्लिन्टनलाई आएको समर्थनभन्दा बाइडेनलाई उपनगरीय क्षेत्रबाट राम्रो समर्थन आउने देखिन्छ। उपनगरीय निर्वाचनमा बाइडेनलाई ५० प्रतिशत समर्थनप्राप्त रहेको देखिएका ती क्षेत्रमा क्लिन्टनलाई ३८ प्रतिशत मतदाताले मतदान गरेका थिए।
अर्को समाचार
आईसीसी टी-२० विश्वकप क्रिकेटः अमेरिकाविरुद्ध पाकिस्तानले १५९ रन बनायो
२४ जेष्ठ २०८१
•
१ मिनेट पाठ
आईसीसी टी-२० विश्वकप क्रिकेटः अमेरिकाविरुद्ध पाकिस्तानले १५९ रन बनायो
आइसिसी टी२० विश्वकप क्रिकेटमाविश्वकप क्रिकेटमा अमेरिका अमेरिका विरुद्ध पाकिस्तानले १५९  रन बनाएको छ।  

टस हारेर पहिला व्याटिङ  गरेको पाकिस्तानले निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनाएको हो।

पाकिस्तानका लागि कप्तान बाबर आजम ४४ तथा सादाब खानले ४० रन बनाए। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस